सिँजादर्पण चितवन ।।
चितवनमा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारी चयनमा सहमति जुट्न नसके पछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।
आइतबार दिनभरि सहमतिको प्रयास गरिएको बताइएको थियो।यही प्रयासका कारण बन्द सत्र पनि राती १० बजेपछि मात्र सुरु गरिएको थियो।बन्द सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ३०१ केन्द्रीय सदस्य र १९ जना पदाधिकारीहरूको नाम प्रस्ताव गरेकोका थिए। तर सो प्रस्तावमा अध्यक्षका दाबेदार भीम रावलले आपत्ति जनाएपछि ओली निर्वाचनमा जान सहमत भएका हुन्।
ओलीको भनाइ उद्धृत गर्दै एक महाधिवेशन प्रतिनिधिले भने, सहमतिका लागि नामहरू प्रस्ताव गरिएको छ। सहमति नगर्ने हो भने चुनावमा जान पाइन्छ।
राती प्रकाशन गरिएको निर्वाचन कार्यतालिका अनुसार सोमवार बिहान ८ बजेदेखि निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुनेछ भने साँझ ९ बजे निर्वाचन सुरु हुनेछ।
ओलीले प्रस्ताव गरेका पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा विष्णु पौडेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलाई प्रस्ताव गरिएको छ।
त्यस्तै महासचिवमा शङ्कर पोखेरललाई प्रस्ताव गरिएको छ भने उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाललाई प्रस्ताव गरिएको छ।
सात जना सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महाशेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई प्रस्ताव गरिएको छ।महाधिवेशन निर्वाचन आयोगले सोमवार राती ९ बजेदेखि अर्को दिन बिहान ३ बजे सम्म नर्वाचन गर्ने कार्यतालिका निकालेको छ।महाधिवेशन प्रतिनिधिहरूका लागि होटेल तथा बासको व्यवस्था भने सोमवार बिहान सम्मको लागि मात्र गरिएको।त्यसैले राती हुने मतदान प्रक्रियामा प्रतिनिधिहरू सहभागी हुन्छन् वा हुन्नन् भन्ने अझै निश्चित नभएको महाधिवेशन प्रतिनिधिहरू बताउँछन्।
अध्यक्षमा भीम रावलले दर्ता गरे उम्मेदवारी दर्ता ः
निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका थिए ।महाधिवेश उद्घाटनअघि नै अध्यक्षमा उम्मेदवार दिने घोषणा गरेका रावलले सहमतिको प्रयास भए पनि चुनावी मैदानमै हुन् । रावलको प्रतिस्पर्धा केपी ओलीसँग हुने
