काठमाडौ । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको केन्द्रीय सदस्यका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता लिएका छन् । उनी महाधिवेशनमा महामन्त्री वा सहमहामन्त्री बन्न चाहन्थे । तर उम्मेदवारी दर्ता गर्ने क्रममा उनी सरप्राइज भएपछि उम्मेदवारी फिर्ता लिएका हुन् । देउवाको प्यानलवाट पदाधिकारीमा उम्मेदवारी दिन खोजेका मिनको नाम केन्द्रिय सदस्यका उम्मेदवारीमा देखिएको छ ।
महामन्त्री वा सहमहामन्त्रीका आकाङ्क्षी रहेका उनले आफ्नो उम्मेदवारी नै अरु कसैले दर्ता गराइदिएको बताएका छन् । आफुले उम्मेदवारी नै नदिएको स्थानमा नाम देखेकाले आश्चर्य परेको उनको भनाइ छ । ‘मेरो पनि नाम केन्द्रीय सदस्यमा दर्ता भएको देखिएकोमा त्यो पदमा उम्मेदवारी दिने मेरो कुनै मनसाय नरहेकाले उम्मेदवारी फिर्ता लिएको अनुरोध साथ मेरो नाम सूचीबाट हटाइ दिनुहुन यो लिखित निवेदन पेस गरेको छु,’ विश्वकर्माले लेखेका छन् । उनले लिखित पत्र सहित सबैलाई त्यसवारे जानकारी गराएका छन् ।
विश्वकर्मा सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् । तर देउवा समूहको प्यानलमा आफू नपरे पछि उनले असन्तुष्टि जनाउँदै आएका थिए । विश्वकर्माले खुल्ला दलिततर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिए । यस्तै, उनले अब आफू सभापति देउवाको समर्थनमा रहने पनि बताएका छन् ।
