काठमाडौ । राप्रपा हुँदै एमाले प्रवेश गरेकी गायीका समेत रहेकी कोमल वलीले राजनीतिमा छलाङ मा रेकी छन् । कलाकारीतावाट राम्रो पहिचान बनाएकी वलीले एकैपटक एमालेको सांसद, केन्द्रीय सदस्य बन्ने मौका पाइन् । नेकपा एमालेको गत आइतवार र सोमबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले नेताहरुको कार्यविभाजन गरेको छ। जसमा वलीले पनि महत्वपुर्ण जिम्मेवारी पाएकी छन् ।
अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट उपमहासचिव विष्णु रिमालले गरेको प्रस्ताव अनुसार नेताहरुको कार्यविभाजन गरिएको हो। एमालेले केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य र पदाधिकारी सबैको जिम्मेवारी बाँडफाँट गरेको हो।
एमालेमा लागेको छोटो समयमै केन्द्रीय सदस्य बन्न सफल उनले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङ सह इन्चार्जको जिम्मेवारी पाएकी छन्।
वली पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग नजिक छन् । ओलीले आफूनिकट र संकटका बेला साथ दिएका नेताहरुलाई गतिलो जिम्मेवारी दिने क्रममा यी दुई जनाले पनि छोटो समयमै महत्वपूर्ण भूमिका पाएका हुन्।
चितवनमा भएको दसौँ महाधिवेशनपछि बसेको उक्त बैठकका निर्णयसहित एमालेले बिहीबार जारी गरेको पहिलो अन्तरपार्टी निर्देशनमा कार्यविभाजन सम्बन्धी विवरण उल्लेख छ। त्यसअनुसार एमालेले माओवादीबाट आएका ओखलढुंगाका नेता बालकृष्ण ढुङ्गेललाई स्कुल विभाग सदस्यको जिम्मेवारी दिइएको छ।
उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख रहेको स्कुल विभागमा एमाले पोलिटब्युरो सदस्यसमेत रहेका ढुंगेलले सदस्यको जिम्मेवारी पाएका हुन्। त्यस्तै एमालेले उनलाई लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल तथा सम्वद्ध संगठनको इन्चार्जको जिम्मेवारी दिएको छ।
त्यस्तै झापाका व्यवसायी दुर्गा प्रसाईले पनि केन्द्रीय सदस्यमा मनोनित भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति विभागको उपप्रमुखको भूमिका पाएका छन्।
एमालेलाई थापाथलीस्थित पार्टीका कार्यालय उपलब्ध गराउने उद्योगी मोतीलाल दुगडले उद्योग, वाणिज्य तथा आपूर्ति विभागका प्रमुखको भूमिका पाएका छन्।
