कनकासुन्दरी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी, कार्यालयको काम छोडेर भ्रमणमा स्सेवाग्राहि भने मारमा
टेक वहादुर हमाल
सिँजादर्पण जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा कार्यालयको कामकाज वन्द गरि जनप्रतिनिधि हरु अध्यक्ष ,उपा अध्यक्ष लागायत पालिकाका विभागिय प्रमुख कर्मचारि हरु जाडो छल्ने वाहनामा पुर्वका नमुना पालिकाको भ्रमण गर्ने भन्दै जम्वो टोली पालिकाका जनता हरुलाइ दिने सेवा ठप्प पारि अवलोकन भ्रमणको यात्रामा निस्केको स्थानिय सेवा ग्राहि हरुले वताए ।
दैनिक रुपमा पालिका वाट दिने सेवा भने स्थानिय जनता हरुले पाउने कुरै भयन टाढा वाट आयका सेवा ग्राहि फर्केर जानु पर्ने वाध्य अवस्था छ । प्रमुख प्रशासनिय अधिकृत नैनासिङ बुढा सरुवा भयको र उनको पालामा भयका विकासे कामकाज हरु भने अलपत्र छोडेर गयको स्थानियको गनासो छ । जनप्रतिनिधि हरुको कार्यकाल सकिन लाग्दा मनमानि ढंगले पालिकाको वजेट प्रयोग गरेर भमण गर्न गयको स्थानियको भनाइ छ ।
जनप्रतिनिधि र कर्मचारीको भ्रमण खर्च:
पालिकाको भ्रमण टोली ले रु रु१० लाख रुपैयाँ जति वजेट छुटायर एक हप्ते भ्रमणमा निस्केका छन । गाउँपालिका भने सुनसान छ । गाउँ कार्यपालिका सदस्य र विभागीय शाखाबाट गरेर २० जनाको टोली भ्रमणमा निस्केपछि स्थानीय आक्रोशित छन ।जनप्रतिनिधिले अन्तिम कार्यकालको फाइदा उठाउदै गाउँपालिकाको बजेटको दुरुपयोग गरेको भन्दै भ्रमण उपलब्धिविहिन हुने स्थानीयले बताएका छन ।
पुर्वाञ्चल क्षेत्रका गाउँपालिकाले गरेका राम्रा कामका अनुभव आदान प्रदान गर्ने, नमुना पालिकाले स्वास्थ्य ,शिक्षा ,कृषि ,पशु, तथा कानुन निर्माण, आन्तरिक आय बृद्धिका क्षेत्रमा गरेका उदाहरणीय कामहरुको अनुसरण गर्ने लक्ष्यले भ्रमण अवलोकनमा गएको उपाध्यक्ष उर्मिला भण्डारीको भनाइ छ ।आर्थिक वर्ष २०७६र०७७ मा १० लाख रुपैयाँ भ्रमणको लागि छुट्याइएको ले समय अनुकुल नभयकोले भ्रमणमा जानपाएको उनको भनाइ छ । गाउँपालिकाको वजेट दुरुपयोग गरेर भ्रमण गर्नुले स्थानिय नागरिक हरु जनप्रतिनिधि हरुका यस्ता क्रियाकलापले उदाससिनता वढदै गयको छ।
