काठमाडौँ– कलाकार जयनन्द लामाको ६६ वर्षको उमेरमा निधन भएको छ। भक्तपुरको मध्यपुरथिमी नगरपालिका १ लोकन्थली सचेत मार्ग बस्ने लामा बुधबार बिहान आफ्नै घर अगाडि मृत भेटिएका हुन् ।प्रहरीका अनुसार उनी फागुन ११ गते मंगलबार ९हिजो० बेलुका ७ बजे बौद्धमा बैठक छ भनी घरबाट निस्केका थिए। उनी बुधबार बिहान घर अगाडि आफ्नै गाडीमा मृत भेटिएका हुन् ।
मारुती सुजुकी गाडीमा खुट्टा र तल भुईँमा शरीर तथा टाउको जोतिएको अवस्थामा बिहान ७ बजे आफन्तले लामालाई देखेका हुन् । घटनाबारे जानकारी पाए लगत्तै प्रहरी पुगेको थियो । लामो टाउकोमा चोट देखिएको छ।
