सिँजादर्पण काठमाडौँ । एमसीसीको विरोघमा नेकपासहित ६ राजनीतिक पार्टी र २ मोर्चाले निरन्तर रुपा सडक संघर्ष गदै आएका छन । संसदमा पास हुने भएपछि एमसीसीविरुद्ध झन चिडिएका ५ दलहरु निकै आक्रामक रुपमा अघिवढने सैत देखा परेकोछ । यसैलाइ लिएर ६ पार्टी र २ मोर्चा मिलेर आज काठमाडौँको खुलामञ्चमा संयुक्त विरोधसभा गरेका छन । कार्यक्रलाइ विधिवत रुपमा संञ्चालन गर्न नेकापाका प्रवक्ता प्रकाण्ठडले कार्यक्रम लाइ संञ्चलन गर्नु भएको छ । कार्यक्रनमा अध्यक्ष नेपकपा क्रान्तिकारी माओपवादीका अध्यक्ष माहनपैद्य किरण ले गर्नु भएको छ । अतिथि हरुमा प्रमुख नेकपाका महासचिव विप्लप , अतिथि सिपि गजुरेल , नेकपा वैज्ञानिक समाजवादीका अध्यक्ष आहुतीे नेकापाका अध्यक्ष ऋषि कटेल, समाजवदी केन्द्रका अध्यक्ष कणजित वुढाथोकी , शहिद परिवारको तर्फवाट खमा सुवेदी ले अअतिथीको सिट आसन ग्रहण गरेका छन । कार्यक्रमा वक्ता हरुले एमसीसीको विरोधमा संसदवादि हरुको खोइरो खन्दै अमेरिकाको जुठो कलो खान पनि पछिन पर्ने देश द्रोहीको समेत आरोप लगाएका छ ।

जनसभामा सम्बोधन गर्दै महासचिव विप्लवले भने, ‘फागुन १५ गते पुस १ गतेजस्तै कालो दिन हो । लेन्डुप दोर्जेले जस्तै राष्ट्रघात गर्ने नेपालको संसद्को औचित्य सकिइसकेको छ । हामी एमसीसी लागू हुन दिँदैनौँ ।संसद्ले बचाउन नसकेको देश हामी बचाउँछौँ ।’महासचिव विप्लवले सबै देशभक्त कम्युनिस्ट र वामपन्थीहरू एक भएर देशलाई बचाउनुपर्ने पनि बताए । प्रजातन्त्रको चिह्न बोकेका, कम्युनिस्टको फित्ता बाँधेका संसद्वादीहरूले नेपालको राष्ट्रिय स्वाधीनतामाथि गद्दारी गरेर कालो दिनको छाप छोडेर गएको भन्दै उनले साह्रा देशभक्त, राष्ट्र र क्रान्तिकारी जनतालाई स्तब्ध बनाएर, सडकमा रगतको खोलो बगाएर पारित गरिएको एमसीसी राष्ट्रघाती रहेको नागरिकको मनमस्तिष्क र घरघरमा भएकाले यो कुनै पनि हालतमा लागू हुन नसक्ने पनि प्रस्ट पारे । महिला, श्रमिक, जनजाति, मधेस, पहाड सबै क्षेत्रका नागरिकको दिमागमा एमसीसीले भय उत्पन्न गराइदिएकाले पनि यो राष्ट्रघाती प्रमाणित भइसकेको उनको भनाइ थियो ।
एमसीसी नेपाल राष्ट्र र नेपाली जनतामाथिको घात भएकाले एमसीसी पारित भएको कालो दिन र एमसीसी लाद्ने राष्ट्रघाती काला मान्छेका विरुद्ध जनसभा आयोजना गरिएको महासचिव विप्लवले प्रस्ट पारे । एमसीसी २१ औँ शताब्दीको भूमण्डलीकृत साम्राज्यवादको नयाँ आयाम रहेकाले डलर र सहयोगका नाउँमा नेपालको राष्ट्रियता सामाप्त पार्न आएको साम्राज्यवादलाई परास्त गर्न शिरमाथि कफन बााँधेर विद्रोहमा उत्रिएको भन्दै विद्रोह रगतबगाउने युवाको प्रशंसा गरे । ‘युवा र देशभक्तहरू आफ्नो देशमाथि घात हुँदा मृत्युको परबाह नगरी लडे । सहिदको बलिदानको रगतमा उभिएर सत्तामा पुगेका कम्युनिस्ट भनिनेहरू, एमालेका नेताहरू, माओवादी केन्द्रका, एकीकृत समाजवादीका नेताहरू देशलाई संसद्बाट बेचिरहेका छन् । नेपाली जनतालाई कदापि यो सह्य हुनेछैन’, महासचिव विप्लवले भने ।
‘अजको दिनमा सबैभन्दा हेर्न लायक अनुहार प्रचण्डको र बाबुरामको छ’, महासचिव विप्लवले भने, ‘सहिदहरूले रगत नबगाएको, सहिदले नभरिएको कुनै पाखा र गाउँ छैन । तर तिनै सहिदको बलिदानको जगमा सत्तामा पुगेको प्रचण्ड–बाबुरामहरूको अनुहार राष्ट्रघातका कारण घिनलाग्दो बनेको छ । उनीहरू साम्राज्यवादको नोकरचाकरमा बदलिएका छन् । अब घरघरबाट जनताले राष्ट्रघातीहरूलाई थप घृणा र तिरस्कार गर्नेछन् ।’नेपालका देशभक्तहरूले एमसीसीलाई अनुदान नभएर घातक आक्रमण र अतिक्रमणका रूपमा बुझिरहेकाले त्यसका विरुद्ध निरन्तर लडिरहेको प्रस्ट पार्दै महासचव विप्लवले भने, ‘यो अनुदानको सबाल होइन । नेपालका मुक्तिगामी जनताको यात्रामा अतिक्रमण र हस्तक्षेप हो । यसले नेपालका प्राकृतिक स्रोत र साधन मात्र होइन, क्रान्तिकारी कम्युनिस्ट आन्दोलन नै समाप्त पार्न चाहन्छ ।’
उनले अगाडि भने, ‘जनमत पनि कहिलेकहीँ क्रान्ति हुन्छ । दुई तिहाइ कम्युनिस्ट जनमतलाई साम्राज्यवादले क्रान्ति देखेको छ । त्यसैले ऊ अनेक बहानामा नेपालभित्र घुस्न चाहन्छ । नेपालको परिवर्तनकारी आन्दोलन, समाजवादी आन्दोलनलाई विभिन्न बहानामा सिध्याउन चाहन्छ । यो २१ औँ शाताब्दीको साम्राज्यवादी नीति हो । हिजोको तोपगोलाको नीतिभन्दा पनि खतरनाक नीति हो । यसलाई सम्पूर्ण क्रान्तिकारी शक्ति मिलेर समाप्त पारिदिनुपर्छ ।’ साम्राज्यवाद अनुदानको बहाना बनाएर नेपालको रातो झन्डा समाप्त पार्ने, क्रान्ति समाप्त पार्ने, भूगोल नियन्त्रण गर्ने उद्देश्यसहित आएकाले साम्राज्यवादविरुद्धको राष्ट्रिय मुक्तियुद्धले साम्राज्यवादका पक्षधरहरूसमेत समाप्त पारिदिने महासचिवको भनाइ थियो ।
प्रचण्ड, बाबुरम, माधव नेपाल वा बाबुरामहरू सत्ता र कुर्सीको दास बनेपछि देश र जनतालाई बिर्सिएको र सत्ताको, पैसाको, कुर्सीको, साम्राज्यवादको पिछलग्गु बनेको धारणा पनि उनले राखे । त्यहाँ रुमल्लिएर बसेकाहरूलाई विद्रोह गर्न पनि उनले आह्वान गरे । ‘केपी वलीमा सत्ताको अन्धत्व थियो । केपीको भन्दा पनि घटिया, केही सांसद, मन्त्री, पैसा र चुनावलाई हेरेर प्रचण्डहरूले देश र जनतालाई बिर्सिएका छन् । राष्ट्रघाती एमसीसी पारित गरेर देश र जनतामाथि गम्भीर धोका दिएका छन् । इतिहासले उनीहरूलाई माफ गर्नेछैन’, उनले भने ।
प्रचण्डहरू एमसीसी पास गरेपछि हामी बाँच्छौँ, मन्त्री पाइन्छ, केही धनाढ्य जन्माउन पाइन्छ भन्ने लोभ र भ्रममा फसेको तर त्यो उनीहरूको मूर्खता र दिवास्वप्नसिवाय केही नभएको उनको भनाइ थियो ।‘एमसीसी पारित गरेर उनीहरूले सहिद र जनतालाई कुर्सीसँग साट्ने षड्यन्त्र गरेका छन् । हामी त्यसो हुन दिनेछैनौँ’, महासचिव विप्लवले भने, ‘बरु श्रीलंकाका पुँजीवादी पार्टी, अफ्रिकाका पुँजीवादी पार्टीले देश र जनताका विरुद्ध रहेको एमसीसी फिर्ता गर्ने हिम्मत गरे । तर नेपालमा विचित्र देखियो । कम्युनिस्ट नाउँ भँजाएर संसद्मा गएकाहरूले लत्रिएर एमसीसी पारित गरे ।
तिनले देश र जनताको शिर झुकाउन मालिकहरूका सामुन्ने नाक रगडे ।’
साम्राज्यवादविरुद्ध संसारकै राष्ट्रवादीहरूबीच ध्रुवीकरणको आवश्यकता खट्किएको प्रस्ट पार्दै महासचिव विप्लवले मालीलगायत देशमा दलाल नेता र सरकारविरुद्ध सेनाले पनि विद्रोह गरेको र त्यो अवस्था नेपालमा पनि आउनसक्ने बताए । उनले भने, ‘२–४ जना मुठीभर मन्छेहरूले देश बेच्ने हैसियत राख्छन् रु राख्दैनन् । यो अस्वीकार्य छ । युगौँयुग मुलुकलाई प्रभावित पार्ने निर्णय तिनले गर्न सक्तैनन् । नेपालमा नेपाल कम्युनिस्ट पार्टी, यो मोर्चा र नागरिक रहुन्जेलसम्म तिनको सपना पूरा हुन दिइनेछैन ।’
नेकपा क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्यको अध्यक्षता र नेकपाका प्रवक्ता प्रकाण्डको सञ्चालनमा सम्पन्न विरोधसभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती र जनक्रान्तिका महान् सहिद परिवार सङ्गठनकी अध्यक्ष खुमा सुवेदीले पनि एमसीसीका विरुद्ध बोलेका थिए ।
