सिँजादर्पण ,जुम्ला । फागुन २१ गते कनकासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा दलित सेवा संघ को प्रशिक्षक कार्यक्रम उद्घाटन भएको छ । कार्यक्रममा सभापती धन वड कामी, प्रमुख अथिती गाउँपालिका का अध्यक्ष नरविर रावत, उर्मिला भण्डारी, डिल बहादुर महत , राम बहादुर नेपाली ,नर घर्ती लगायतका सम्पुर्ण दलित संघहरु उपस्थित भएका थिए ।

दलित छुवाछूत र भेदभाव मुक्त जनचेतना मुलुक कार्यक्रमका साथै दलित भवनको उद्घाटन पनि आज भएको छ । सोही वडाका का अध्यक्ष जग्गी प्रसाद आचार्यले भने छुवाछुत अन्त्य गर्नका लागि पहिला आफु बाटै सुरु गर्नुपर्छ । दलितको बिहेमा बिवाह भोज भतेरमा वामन लाई छुट्टै र दलितलाई छुट्टै भान्सा गरिन्छ र खाए खाओस् नखाए नखाओस भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । साथै कार्यक्रमको संयोजकत्व कनका सुन्दरी गाउँपालिका विराट र आयोजक दलित सेवासंग प्रसाखा रहेको थिए ।

