Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

गठबन्धन तोडेर अघि बढ्ने कांग्रेस–एमालेको भद्र सहमति


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, फाल्गुन २२, २०७८

गठबन्धन तोडेर अघि बढ्ने कांग्रेस–एमालेको भद्र सहमति

सिजादर्पण ,काठमाडौं । यही फागुन १४ गते बिहान ‘प्रचण्डले एमसीसीमा मतदान गर्छौं’ नभनेका भए सम्भवतः त्यही दिन वा अर्कोदिन सत्ता गठबन्धन भंग भइसकेको हुने थियो । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदनका लागि गठबन्धन भंग गरेर एमालेसँग नयाँ गठबन्धनका लागि तयार भइसकेका थिए । अनि एमाले पनि एमसीसी अनुमोदनमा सघाउने मात्र होइन देउवा सरकारको निरन्तरताका लागि संसदबाट विश्वासको मत दिनसमेत तयार भइसकेको थियो । यसको संकेत सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि केन्द्रीय समिति बैठकमा गरिसकेका छन् । उनले एमसीसीको समर्थनमा माओवादी केन्द्र नउभिएको भए सभामुखको पद जाने माधव नेपालसहितका १४ सांसदहरुको पद पनि नरहने अवस्था आएको बताएका छन् ।

“एमसीसीका पक्षमा हामी उभिएकाले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने सुनिश्चितता भएको छ,” केन्द्रीय समितिमा दाहालले भनेका थिए, “एमसीसी पारित भएसँगै सभामुखको र माधव नेपालसहित नेकपा एसका १४ सांसदको पनि पनि जोगिएको छ ।” उनले सत्ता गठबन्धन तोडेर फेरि असंवैधानिक यात्रा रोकिएको र फेरि प्रतिगमतको जोखिम पनि टरेको दाबी गरेका छन् ।प्रचण्डले गरेको यस्तो दाबी शतप्रतिशत सही नभए पनि एमसीसीका कारण सत्ता गठबन्धन टुटेको भए कांग्रेस एमाले सहकार्यको अवस्था भने बनिसकेको नेताहरु बताउँछन् । अन्तिम घडीमा प्रचण्डले ‘गठबन्धन जोगाऔं, एमसीसी अघि बढाऔँ’ भन्ने प्रस्ताव लिएर बालुवाटार पुगेपछि सत्ता गठबन्धन जोगिएको थियो । र, प्रधानमन्त्रीले एमालेलाई ‘तत्काल सहयोग नचाहिने’ भयो भन्दै जानकारी गराएका थिए । एमसीसीमा माओवादी केन्द्र र नेकपा एसले पनि समर्थन गरेपछि सत्ता गठबन्धन निरन्तर छ ।

तर, उच्च तहमै छलफल गरेर एउटा समझदारीमा पुगेका कांग्रेस एमाले त्यसपछि कुनै वार्तामा छैनन् । आफैँले ‘परमादेशको सरकार’ भनिरहेको नेकपा एमाले सरकार जोगाइदिने जिम्मा लिन तयार भएको थियो भने केपी ओली नेतृत्वको सरकारका विषयमा प्रतिपक्षमा बसेर कडा टिप्पणी गरिरहेका कांग्रेस उही एमालेको सहयोगमा अघि बढ्ने तयारीमा पुगेको थियो । त्यति उच्च तहमा समझदारी गरेर अघि बढ्न तयार भएका कांग्रेस र एमालेबीच अबका दिनमा कस्तो सहकार्य होला भन्ने प्रश्न भने उठिरहेकै छ । कांग्रेस र एमालेका नेताहरु उच्च तहमा दुई दलबीच भएको समझदारी तत्काल सत्ता निर्माण र संचालनमा प्रयोग नभए पनि दीर्घकालीन राजनीतिमा प्रयोग हुने बताउँछन् । राजनीतिमा मुख्य प्रतिस्पर्धी यी दलबीचको समझदारी दीर्घकालीन राजनीतिमा कहाँ प्रयोग होला त रु

कांग्रेस नेताहरु दुईदलबीच भएको समझदारी राष्ट्रिय मुद्दा र परराष्ट्र मामिलामा सहकार्य गर्ने समझदारी भएको भन्दै त्यसले दीर्घकालीन राजनीतिमा धेरै ठूलो अर्थ लाग्ने बताउँछन् ।“एमाले हाम्रो ९कांग्रेसको० स्थायी प्रतिस्पर्धी हो । राष्ट्रिय मुद्दा र अन्तर्राष्ट्रिय मामिलामा साझा धाराणा बनाउनुपर्छ भन्ने विषयमा एमालेसँग एउटा उच्चस्तरको समझदारी भएको छ,” दुईदलीय वार्तामा समेत सहभागी एक कांग्रेस नेताले भने, “जुनसुकै विषयमा राजनीति गर्ने र देश विकास र हितलाई प्रभावित पार्ने अभ्यासलाई यो समझदारीको पालनाले निस्तेज बनाइदिन्छ ।” ती नेताका अनुसार एमसीसीमा माओवादीको द्वैध चरित्र देखिएपछि सुरु भएको कांग्रेस एमाले वार्ताले एउटा दीर्घकालीन राजनीतिको कोर्ष तयार परेको छ ।

“जसरी ०५१ सालपछि सूर्यबहादुर र लोकेन्द्रबहादुर चन्दले अरुलाई फूटाएर लाभ लिएका थिए, त्यसरी नै अहिले पुष्पकमल दाहालले कहिले एमाले त कहिले कांग्रेसलाई प्रयोग गरेर आफूलाई निर्णायक बनाइरहेका छन् भन्ने विषयमा दुई दलबीच साझा बुझाई बनेको छ,” ती नेताले भने, “यो बुझाईले दुवै दललाई निर्वाचनमा प्रचण्डसँग गठबन्धन नगर्ने बाटोमा पुर्‍याउने छ ।” विगत निर्वाचनमा ‘वाम एकता’ भनेर रातारात गठबन्धन गरेको एमाले त्यही गठबन्धनबाट बनेको सरकार सञ्चालनका क्रममा माओवादीबाटै असहयोग भएको र अब फेरि गठबन्धन गर्दा पूरानै रोग बल्झिने निष्कर्षमा पुगेको छ ।नेकपा एमालेका एक पदाधिकारीले पनि कांग्रेस र एमालेको समझदारी दीर्घकालीन राजनीतिक सुधारको रुपमा रहेको बताउँछन् ।

समझदारी राम्रो भएर पनि त्यसको पालना नभए समस्या हुने बताँउदै पालना भए त्यसले समग्र राजनीतिमा सुधार हुने बताउँछन् । उनी विगत चुनावबाट ‘वाम एकता’ औचित्यहीन भएको भन्दै माओवादीलाई लिएर गठबन्धन नगर्ने समझदारी भएको बताउँछन् । “आन्तरिक राजनीतिमा त कांग्रेस र एमाले प्रतिस्पर्धी हौं । माने पनि नमाने पनि एमालेको प्रतिस्पर्धा कांग्रेससँगै छ । कांग्रेसको प्रतिस्पर्धा एमालेसँग नै हो,” ती नेताले भने, “तर, यी प्रमुख दलहरुबीच राष्ट्र  विकास र परराष्ट्र मामिलामा साझा बुझाई भयो भने त्यसले देशलाई सही गन्तव्यमा अघि बढाउन सकिन्छ ।” उनले दुई दलबीच काम र विचारको मात्र प्रतिस्पर्धा भए च्याँखे राजनीति समाप्त हुने बताए ।

“कांग्रेस र एमालेले गठबन्धन नगरी आफू–आफू चुनावमा गए ‘च्याँखे राजनीति’ समाप्त हुन्छ,” एमालेका पदाधिकारीले बाह्रखरीसँगको अनौपचारिक कुराकानीका क्रममा आइतबार भने, “त्यस्तो गर्ने हो भन भोलिका दिनमा अहिलेको निर्वाचन प्रणाली अनुसार एउटै दलको बहुमत नआउने अवस्थाको पनि अन्त्य हुन्छ । अहिले प्रमुख दलले आत्मविश्वास नदेखाएर च्याँखे थाप्ने दलहरुलाई बोक्न पुगे त्यसले वर्षौंसम्म राजनीतिक खिचातानीका लागि मैदान बनाइदिन्छ ।” उनले कांग्रेसले चाहे कुनै दलसँग पनि गठबन्धन नगरी एक्ला एक्लै निर्वाचनमा जान लिखित समझदारीका लागि पनि एमाले तयार रहेका बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn