सिँजादर्पण, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेका मन्त्रीहरूमा व्यवसायीलाई ब्ल्याक मेल गर्ने गरेको आरोप लगाएका छन् ।आइतबार एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको वर्तमान आर्थिक अवस्थासम्बन्धी छलफल कार्यक्रममा ओलीले मन्त्रीहरू व्यवसायीलाई थर्काएर जे भन्यो त्यही गराउने खोजेको आरोप लगाएका हुन् ।
अहिलेको सरकारका मन्त्रीहरूमा ब्ल्याक मेलरका रूपमा कसैसँग पैसा माग्यो, नदिए तिमीलाई यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भनेर थर्काएर, उसकोमा ताला लगाएर, छापा मारेर, अरू उद्यमी व्यवसायीहरूलाई तर्साएर जे भन्यो त्यही गराउन सकिन्छ भन्ने प्रकारका प्रवृत्तिहरू देखिए,ु उनले भने ।
पहिला राज्यभन्दा बाहिर बसेर गर्ने गतिविधिहरूले अहिले सरकारमै बसेर गर्ने गरेको उनको आरोप छ । उनले यस्तो प्रवृत्ति अर्थतन्त्रको भविष्यका लागि धेरै गम्भीर, नकारात्मक र खतरनाक कुरा हुने बताए ।
