सिँजादर्पण काठमाण्डौ । कर्णाली वासिको मुख्य पेसाहो जडिवुटि संकलन विक्रीवितरण गर्ने हो । अहिले कर्णाली का स्थानिय गाउँका मनिसहरु मुगूम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि आइतबारदेखि प्रवेश खुल्ला गरिने भएपछि खुसि भएकाछन। गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका का लागि खुल्ला गर्न लागिएको हो ।गाउँपालिकाको वडा नं। २ मा पर्ने विभिन्न पार्टन रिमार, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायत वनमा यार्सागुम्बा पाइने गरेको छ ।

वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले शुल्क लिने र शुल्क बुझाएका संकलकले १५ गते बिहान प्रवेश गर्न पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले जानकारी दिए ।यार्सा संकलन गर्न जानेले मुगुका बासिन्दाले २ हजार र बाहिरी जिल्लाकाले २ हजार ५०० शुल्क तिर्नु पर्ने उनले बताए ।गाउँपालिकाले यार्सा संकलनका क्रममा वातावरणमा असर पार्ने काम नगर्न आग्रह गरेको छ ।
यार्सा संकलनका क्रममा पाटन क्षेत्रमा सिसा, प्लाष्टिकजन्य वस्तु नफाल्न, जथाभावी रुख बिरुवा नकाट्न, कुनै चोरी नगर्नसमेत संकलकलाई गाउँपालिकाले आग्रह गरेको छ । यार्सा संकलनका क्रममा लुटपाट चोरी हुने भएकाले सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । यार्सा संकलन गर्ने क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गस्ती समेत गर्ने छ । कणालीका हिमाली जिल्ला मुगु ,डोल्पा र जुम्लाका लेक तिर यार्सा पइने गर्छ ।
