Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बलात्कार प्रतिकार गर्दा देवरबाट भाउजूको क्रूर हत्या


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार १६, २०७९

बलात्कार प्रतिकार गर्दा देवरबाट भाउजूको क्रूर हत्या

सिँजादर्पण,१६ असार, काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बारिलकी गोमतीकुमारी खडायत २५ जेठको बिहान ४ बजेतिर उठ्दा घरमा आमा अनिभा थिइनन् । बरु आमा खोज्दै हिँड्दा उनले काका नाता पर्ने भोजराज खडायत हस्याङफस्याङ गर्दै घरतिर आइरहेको देखिन् ।

अरुबेला पनि घरमा आइराख्ने भएकाले उनले काकालाई आमाबारे सोध्न खोजिन् । हातमा मोबाइल लिएर आमाको नम्बरमा डायल पनि गरिरहेकी थिइन् । ‘तर मोबाइल देख्ने वित्तिकै उनले गोमतीलाई लखेट्न थालेछन्’ जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डीएसपी प्रतिक विष्ट भन्छन्, ‘केहिबेर खेदाउँदा पनि समात्न सकेनछन्, नजिकै रहेको दशरथ खडायतको घरतर्फ जाने बाटो हुँदै खोलातिर पुगेपछि फर्किएर फेरि माथि आएछन् ।’

गोमतीले चाहिँ अलि तल पुगेपछि माथि घर छेउमा आगो बलिरहेको देखिन् । काका पनि त्यतै गएकाले उनको मनमा चिसो पस्यो, छिमेकीलाई पनि बोलाइन् र आगो बलेतिर लगिन् ।

त्यहाँ पुगेर हेर्दा घरबाट ५० मिटर पर मकैबारीमा खरले आधा जलेको अवस्थामा आमा अनिभाको शव देखिन् । छेवैमा पुरुषको कट्टु, दुईवटा ढुंगा र छरिएका खरका त्यान्द्राहरु थिए ।

बलात्कारको प्रतिकार गर्दा हत्या

स्थानीवासीले प्रहरीलाई दिएको बयान अनुसार भाउजू अनिभा र देवर भोजराजबीच पहिल्यैदेखि एकअर्काको घरमा आउजाउ भइरहन्थ्यो ।

अनिभाका श्रीमान् सात वर्ष पहिल्यै बितेका थिए । उनका तीन छोरी र एक छोरा छन् । तीमध्ये एक छोरीको बिहे भइसक्यो । छोरा वैदेशिक रोजगारीमा छन् । बाँकी रहेका दुईजना घरमै थिए । भोजराज चाहिँ स्थानीय चमेली जलविद्युत् आयोजनामा सुरक्षागार्डका रुपमा काम गर्थे । उनी केही समय भारतमा रोजगारी गरेर गाउँ फर्किएका थिए ।

भोजराजलाई सार्वजनिक गर्दै प्रहरी

घटनाको अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका भोजराजको बयान अनुसार घटना भएको दिन बिहानपख २ बजेतिर उनी काम सकेर घरतिर फर्किंदै थिए । बाटोमा पर्ने भाउजूको घरको आँगनमा पुगेपछि उनले भित्रतिर बत्ती बलिरहेको देखे ।

‘घरको मूल ढोका खुल्ला थियो, कोठाभित्र लाइट पनि बलिरहेको थियो’ उनले प्रहरी समक्ष बयान दिँदै भनेका छन्, ‘सुत्ने कोठामा केही सामान खोजेजस्तो गरेर उभिएको देखेपछि मैले भाउजूलाई बोलाएको थिएँ ।’

त्यतिबेला आफूसँग भाउजू गफ गर्न पनि तयार नभएपछि डर, त्रास देखाएर बाहिर बोलाएको उनले बयान दिएका छन् । त्यसरी उनले नजिकै रहेको अम्मर खडायतको बारीमा भाउजूलाई लगेको दार्चुलाका डीएसपी विष्ट बताउँछन् ।

त्यतिबेला उनले भाउजुसँग शारीरिक सम्बन्ध राख्ने प्रस्ताव पनि गरेको प्रहरी बताउँछ । ‘तर प्रतिकार गर्दै गालीगलौज गर्न थालेपछि भोजराजले एक्कासी त्यहीँ रहेको ढुंगा समातेर टाउकोमा प्रहार गरेका थिए,’ दार्चुला प्रहरी प्रमुख विष्टले भने, ‘एकपटक हान्दा कराउन थालेपछि पुनः सोही ढुंगाले प्रहार गरेको देखिएको छ ।’ प्रहरीका अनुसार त्यसरी घाइते बनाएपछि उनले भाउजू अनिभालाई जबरजस्ती करणी गरेका थिए ।

करणी गर्नुअघि नै भाउजू अनिभा घाइते भइसकेकी थिइन्, पछि झनै गम्भिर अवस्थामा पुगिसकेकी थिइन् । तर देवर भोजराजको ध्यान चाहिँ अनिभाले दुवै कानमा लगाएको सुनको बाला र नाकमा लगाएको नथियामा थियो ।

प्रहरीलाई बयान दिँदै भोजराज स्वयंले पनि भनेका छन्, ‘सुन लगेपछि केही पर ओढारमा रहेको सुकेको खर र गहुँको नल ल्याएर अनिभाको शरीर छोपेको थिएँ ।’

त्यसबेला उनको खुट्टामा एउटा मात्र चप्पल थियो, अन्धकारमा अर्को भेटेनन् । ‘एउटै चप्पल लगाएर के गर्ने भनेर मैले बाँसको झाडीबाट तलतिर फ्यालिदिएँ, सर्ट चाहिँ भाउजुको कोठामा छुट्यो कि भनेर मोबाइल बालेर त्यतातिर गएँ’ उनले भनेका छन् ।

तर घर आँगनमा रहेको पानीको ड्रममा रगत लागेको हात धोएर अगाडितिर जाँदै गर्दा भाउजूकी छोरी गोमती आमा खोज्दै थिइन् । उनले मोबाइल चलाउँदै गरेको देखेपछि घटनाबारे थाहा पाएर प्रहरीलाई खबर गर्न लागेको जस्तो महसुस भएको उनले बयान दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn