सिँजादर्पण,तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिलाई अर्थमन्त्रालयले अर्कै महिनाको सीसीटीभी फुटेज उपलब्ध गराएको छ।बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति अनधिकृत व्यक्तिहरुलाई प्रवेश गराएर करका दर हेरफेर गराएको विषयमा छानबिन गर्न बनेको समितिलाई मन्त्रालयले शुक्रबार सीसीटीभी फुटेजको हार्ड डिस्क दिएको थियो।
तर, उक्त हार्ड डिस्कलाई शुक्रबार र शनिबार हेर्दा असार महिनाको पाइएको छानबिन समितिका एक सदस्यले जानकारी दिए।अर्थमन्त्री शर्माले बजेट भाषण गर्नु अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिहरुलाई मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप छ।यसबारे बनेको संसदीय विशेष छानबिन विशेष समितिले जेठ महिनाभरको सीसीटीभी फुटेज मागेको थियो। तर अर्थमन्त्रालयले असारको चाहिँ फुटेजसहितको हार्डडिस्क दिएको छ।अर्थमन्त्रालयले सूचना माग्न गएका एक व्यक्तिलाई सीसीटीभी फुटेज डिलिट भएको जवाफ दिएको थियो।
अर्थमन्त्रीको योजनामा फुटेज मेटाइएको भन्दै संघीय संसदले छानबिन समिति बनाएको होतर, उक्त समितिलाई पनि जेठको हार्ड डिस्क उपलब्ध गराएको छैन।‘हामीले मागेको जेठ महिनाभरको थियो, तर, अर्थमन्त्रालयले असार महिनाको दिएको छ,’ ती सदस्यले भने, ‘बजेट निर्माणमा जेठ १४ गते असम्बन्धित व्यक्ति प्रवेश गरेको भन्ने छ।’छानबिन विशेष समितिले शनिबार अर्थसचिव, राजस्व सचिव, मन्त्रालयका विभिन्न विभागका महानिर्देशकसँग बयान लिएको छ।
तर, अहिलेसम्म समितिले कुनै महत्वपूर्ण क्लु भेटाउन सकेको छैन।२२ असारमा गठन भएको विशेष समितिमा एमालेबाट ४, कांग्रेस, माओवादी केन्द्रबाट २र२, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा० लोकतान्त्रिक समाजवादी पार्टी ९ लोसपा० बाट १र१ गरी ११ जना छन्। समितिलाई १० दिनको समय दिइएको छ।
