सिँजादर्पण, काठमाडौं ।वर्गसंघर्षमा पनि हामी वृहतखालका अवरोध झेल्दै लड्दै आएका छौ र पार गर्दैपनि आएका छौ । कुनै वेला मन्द र कुनै वेला तिव्र अन्तरसंघर्षपनि गर्दै आएका छौ । योे वेला हाम्रो पार्टी जीवनमा तिखोखाले अन्तरसंघर्ष पनि गर्नुपर्यो । यसको प्रभाव तपाईहरुमा पनि पर्यो होला रु तर , अरुभन्दा पत्रकारको केन्द्रीय समितिमा कम प्रभाव परेको देखिन्छ । यो केन्द्रीय समिति पनि लड्नु भन्योत्यसैले यो संगठनमा निकै कम क्षति हुन गएको छ । सिंगो केन्द्रीय समिति एकीकृत जनक्रान्तिको मोर्चामा उभिएको छ । यो केन्द्रीय समितिलाई विशेष धन्यवाद दिन चाहान्छु । यो जिम्मेवारी वोधको कुरा हो, महत्वको कुरा कुरा हो । तपाईहरुले मिडियावाट विसर्जनवादको विरुद्ध , अराजकतावादका विरुद्ध,फुटवादका विरुद्ध लडेर सफलता हासिल गर्नु भएको छ । पुनस् धन्यवाद छ ।
अर्कोकुरा देश यतिवेला समस्याको विचवाट गुज्रिनु पगेको छ, त्यसैले तपाईहरु पनि समस्यामा हुनुहु्न्छ । तपाईहरुको मोर्चा क्रान्तिको साधन हो , जुनसुकै कोणवाट हेर्दा पनि यो लडाईको मोर्चा हो, यो मोर्चामा केही चुनौतीहरु छन । तर, तपाईहरुले अगाडिको सम्भावना हेर्नु भएको छ । देश यतिवेला संवेदनशील अवस्थामा छ । हामी यो समयमा पूर्वदेखि कर्णाली हुदै सेति महाकालीसम्म पुग्यौ । जनता बुद्धिजीवी ,राजनैतिक दलका नेता, कर्मचारीलगायत सवै संग छलफल भइरहेको छ । अहिलेसम्मको निचोड एउटै छ ,देश असफल हुने बाटोमा गयो । श्रीलंका हुने होकी भन्ने धेरैको चिन्ता छ । त्यस्तो ठाउँमा पुगेको छ , यसलाई निकास दिनुपर्ने वहस छ । त्यो वहसमा हामी पनि छौ । सवैका आ(आफ्नै दृष्टिकोणहरु छन । मुलतस् निकासको वहस संसदीय पश्चगामी पुरानो कोण र क्रान्तिकारी अग्रगामी नयाँ कोणवाट भईरहेको छ । हाम्रो क्रान्तिकारी तरिकावाट निकास खोज्ने प्रयत्न छ । निकास के हो त रु भन्ने वारे हामीले लगातार भनिरहेका छौ कि प्रणालीमा खोज्नु पर्छ । यो कुनै व्यक्ति र पात्रमा खोजेर हुदैन । सम्पूर्ण राज्यसत्ता र प्रणालीमा खोज्नुपर्छ भनेर हामीले बहस चलाएका छौ र यो चलिरहेको छ । यसमा कोही सहमत छन त कोही सहमत छैनन् । तर पनि यसको वहस जारी छ ।
नेपालमा सवभन्दा पेचिलो वर्गसंघर्ष केही पार्टीले भोग्दै छन , यतिवेला हाम्रो पार्टीले पनि भोगेको छ । अन्तरसंघर्ष र वर्गसंघर्ष संग( संगै पेचिलो भयो । वर्गसंघर्षको उचाई र महत्व वढेको वेला नचादा नचाहादै पनि अन्तरसंघर्षको उचाई पनि वढयो र केही साथिहरु पार्टी छोडेर वाहिर गए । तपाई हामीले यो यो वुझनु पर्छ,तपाई हामी अमेरिकाविरुद्ध लडिरहेका छौ । चाहे एमसीसी होस चाहे एसपीपी होस चाहे एनसेलमाथिको कारवाही होस यो अमेरिकाविरुद्धको लडाई हो । वैदेशीक हस्तक्षेपविरुद्ध हामीले लगातार प्रतिरोध गरिरहेका छौ । यो सामान्य कुरा हो र रु यो त गर्वका साथ भन्नुपर्छ । हामीले कुनै व्यक्तिगत स्वार्थ राखेर लडेका छैनौ । यो देशको भविष्य र देशको स्वाधीनताको लागि लडिरहेका छौ । हाम्रै संघर्ष र आन्दोलनका कारणले अपर कर्णाली रोकिएको छ ,अरुण तेस्रो अस्तव्यस्त छ । हाम्रै कारणले विराटनगरको भारतीय कार्यालय उठेर जानु परेको छ । हाम्रै पार्टीले लिपुलेख,कालापानी, लिम्पियाधुरा नेपालको हो र नेपालवाट भारतीय सेना हट्नु पर्छ भनेर माग राखेर संघर्ष गर्दै नेपाल वन्दसम्म गर्यो । यो स्वाधीनताको संघर्ष हो , राजनैतिक संघर्ष हो र चलिरहेको छ । हाम्रो पार्टीको आठौं महाधिवेशनवाटका सम्पूर्ण संघर्षहरुलाई एउटै सेटमा हेर्नुपर्छ ।
वम पड्किदा क्रान्ति जस्तो ठान्ने,राजनैतिक संघर्ष र संगठनको काम हुदा क्रान्ति नठान्ने त्यो सहि होईन । दलाल र भ्रष्टहरु हामीवाट रिसाएका छन । हामी ठीक ठाउँवाट लडिरहेका छौ । यो वर्ग संघर्षको उचाई हो । दुश्मनले पनि यो वेला घेरावन्दी गर्छ । हामी अन्तरसंघर्षमा लड्नु नपरोश भन्न चाहान्थ्यौं तर, त्यो हुन सकेन । वर्गसंघर्षसंगै अन्तरसंघर्ष पनि जोडिएर आएको हु्न्छ । अन्तर संघर्ष भनेको विभिन्न अवसरवादविरुद्धको लडाई हो, विचलनकारीविरुद्धको लडाई हो । हामी अन्तरसंघर्षलाई छल्न खोजेका थियौ , तर छल्न सकेनौ । रुपान्तरणका लागि अन्तिमसम्म प्रयास गरियो , पार्टी विभाजन नहोस भनेर नै हो । कमजोरीको पनि सीमा नाघेपछि कञ्चन र सुदर्शनलाई कारवाही गर्नुपर्यो । अवसरवादले वाटो हेरेर वसेको रहेछ , चुनावको प्रयोगको विषयलाई राम्रो मौका ठानेर कार्यकर्तामा पार्टी र नेतृ्त्वविरुद्ध भ्रम छर्दै वाम लफ्फवाजी विसर्जनवादी वाटोमा लाग्यो । अवसरवाद विभिन्न रुपरंगवाट आउछ । पार्टी वर्गसंघर्षमा एकीकृत मोर्चावाट लड्यो । तर अन्तरसंघर्षका वेला भने केही साथिहरु धर्मराए । अवसरवादको भ्रममा भ्रमित हुन पुगे । कञ्चन सुदर्शनले विभिन्न समयमा आर्थिक हिनामिना गरेकै थिए । एनसेललगायत अरु पनि विषयहरु उठेकै थिए । तर हाम्रो रुपान्तरणमा जोड थियो, त्यो हुन सकेन । अवसरवाद ढुकेर अवसर हेरेर वस्यो , मौका आउछ भेनेर वस्यो , आफ्नो कमजोरी ढाकछोप हुने गरी क्रान्तिकारी जस्तो देखिने गरी अवसरवादले हमला गर्यो । अवसरवाद पार्टी कव्जा गर्न चाहान्छ त्यो भएन भने निस्कन्छ । अवसरवादको समस्या यहाँमात्र होइन रुस,चीनमा पनि खास (खास समयमा देखा परेको छ , यहाँ पनि देखा पर्यो । अवसरवाद खास – समयमा अनिवार्य हुन्छ ।
आफ्ना कमीकमजोरी ढाकछोप गरेर वामपन्थी लफ्फा अवसरवाद आयो , कञ्चन र सुदर्शनको खोक्रो वामपन्थी अवसरवाद हो । पहिलो दक्षिणपन्थी अवसरवाद देखा परेको थियो भने अहिले खोक्रो वामपन्थी अवसरवाद देखा परेको हो । यो अराजकतावाद र विसर्जनवाद हो । यो यहाँमात्र होइन ,यो संसारभर चल्छ । रुसमा लेनिनले सन १९०५ मा विद्रोहको घोषणा गर्नु भयो । विद्रोह त भयो तर सफल भएन । सन १९०६ मा संसदीय चुनाव आयो,यो चुनाव वहिष्कार गर्नुभयो । तर पार्टीमा शक्ति संचय गर्न र जनतासंग जोडिएर संगठन वनाई विद्रोहको तयारी गर्न सन् १९०७ मा हुने चुनावमा पार्टी सहभागी हुने निर्णय गर्नुभयो । लेनिनको चुनावमा भाग लिने निणर्यको पार्टीभित्रका अवसरवादीले विरोध गरे र पार्टी तीन टुक्रामा विभाजन भयो । एकथरीले वहिष्कार भने एकथरी विसर्जनवादी भएर भागे र लेनिनले प्रयोग गर्नुपर्छ भन्नु भयो । यस्तै लेनिनले विद्रोहको तयारीको लागि फेरी सन १९१२ को संसदीय चुनाव प्रयोग गर्नु पर्छ भन्नुभयो । लेनिनलाई संसदवादीको आरोप लगाउदै ट्राटस्किहरुले अर्को गुट वनाए । के लेनिनमाथि संसदवादको आरोप लगाउनेहरुले क्रान्ति गरे रु कहाँ गए चर्को भाषण गर्नेहरु रु लेनिनले वहिष्कार पनि गर्नु भयो,प्रयोगपनि गर्नु भयो र अक्टोवर क्रान्तिपनि गर्नु भयो । अक्टोवर क्रान्तिको नेतृत्व गर्दै रुसमा समाजवाद स्थापना गर्नु भयो । त्यसैले हाम्रो पार्टीमा लेखिएको कञ्चन( सुदर्शनको ट्राटस्की जस्तै अवसरवाद हो , यो कहिलै सफल हुदैन र हुनेपनि छैन । अवसरवादले मौका हेरेर ठाउँ लिन्छ । अझै कमजोर चेतनामा अवसरवादले ठाउँ लिन्छ , किनकी छिटो भ्रमित पार्न सकिन्छ ।
हामीले वुझ्ने कुरा के हो भने १६ करोड रसियनहरुमा ४० हजार वोल्सेभिकहरुले उथलपुथल पारेका थिए । इच्छाशक्ति भएका मान्छे चाहिन्छ , ज्यूदो मान्छे चाहिन्छ । वन्दुकलाई मात्र क्रान्ति देख्ने,घुमेर गर्ने कामलाई क्रान्ति नदेख्ने गर्नु हुदैन । अध्यारोमा हेरेर टाउको फुटाउनु हुदैन । चुनावको वारे हामीेले नीति राम्रो होइन भन्ने थाहा पाउदा( पाउदै चुनावमा गएका हौ । योपनि एकीकृत जनक्रान्तिको संघर्षको मोर्चा थियो । यो कुरा अवसरवादले वुझेरपनि वुझ पचाउदै क्रान्तिविरुद्ध र नेतृत्वविरुद्ध साम्राज्यवादको गोटी भएर निस्कियो । अवसरवाद छकक्याउने गरेर आउछ । उनीहरुलाई भात खुवाउनुभन्दा वरालिएको मान्छेलाई खुवाउनु पर्छ । लड्न पनि तयार नहुने , पछाडि फर्किन पनि तयार नहुने कुरा अवसरवाद हो ।
हामीले सबचिज गर्न सक्छौँ तर आफ्नो उद्देश्यबाट टसमस हुनुहुदैन । दलालहरुको विरुद्ध अन्तिमसम्म लड्नुपर्छ । नेपालमा वैज्ञानिक समाजवाद ल्याउनु पर्छ , त्यसका लागि सबै साधनहरु तयार हुनपर्छ । हामी उत्साहित भएर लाग्यौँ भने सबै कठिनाईहरुलाई झेल्दै क्रान्ति सफल पार्न सक्छौँ । अहिले मिडियाको क्रान्ति अग्रमोर्चामा छ । यो बेला हाम्रो पार्टीभित्रको अवसरवादसँगै रातोखबर ९कमाण्डर० ढलिसक्यो र तपाईँहरुले चलाएका मिडियाहरुले लडिरहनु भएको छ । सबै तर्फबाट मोर्चा खोल्नुभएको छ । रातो खबरलाई जस्तो सोचेको हो, त्यो भएन ढल्यो । उनिहरु डिप्रेसन भएर हिडेका मान्छे जस्ता छन् , हवाई फायर गरिरहेका छन् । आफ्नो गल्तिको ढाकछोप गर्न जति कराए पनि केही हुनेवाला छैन । जे सही हो, त्यही नै हुन्छ । हाम्रो अन्तीम क्रान्तिको लागि जनतालाई अपिल गर्ने शक्ति पुगेको छैन । त्यो तयारी गरी पुरा गर्नुपर्छ । फुटेर गएकाहरु औचित्यहिन भएका छन । जिम्मेवारीबोध छैन , बेईमानी गरिरहेका छन । उनीहरुको फुटेको कुरालाई जनताले मन पराएका छैनन् । माओले चीनमा जनयुद्ध गर्नुपर्यो भन्दा वाङमिङले पार्टी नै फुटाए । तर पनि माओले आफ्नो क्रान्तिलाई समाजवादसम्म पुर्याए । अहिले यिनीहरु ९कन्चन÷सुदर्शन०को यान्त्रिक भौतिकवादले काम गरेको छ । साम्राज्यवाद र पुँजीवाद जहाँ पुगेको छ, त्यहाँ नयाँ तरिकाले लड्नुपर्छ भन्ने ज्ञानको अभाव छ । हामीले लड्ने तरिका नयाँ बनाउनैपर्छ । नेपालको क्रान्तिबारे मेरो दिमागमा एउटा नयाँ चित्र छ, जित्ने ग्यारेन्टी सहित क्रान्तिको तयारी गर्नुपर्छ ।
क्रान्तिको सशक्त मोर्चा संचारको मोर्चा हो , यो मोर्चा सशक्त पारेर जानुपर्छ । मिडियाबाट जनताको पक्षमा, राष्ट्रको पक्षमा बोल्न जरुरी छ । देशैभरी हाम्रा दर्जनौ अनलाइन छन् ।ति सबैवाट एकैपटक बन्दुकबाट फायर गर्नुहोस् । एक किसिमले मिडियाको मोर्चा बन्दुकै त होइनन्, तर बन्दुतभन्दा शक्तिशाली छ । दुश्मन कसरी गल्र्याम( गुर्लुम ढल्नेछ त्यो जनताले देख्नेछन् । त्यसकारण चारैतिर सत्यकुरा दिनुहोस् । यो सबैकुरा सफल गराउन मोर्चा सुदृढ गर्नुपर्छ । संगठित भएर लड्नुपर्छ । अब मिडिया मोर्चाको कमाण्डर जनपत्रिका डटकमलाई बनाउँदैछौँ । त्यसको वरिपरी सबै मिडिया मोर्चा लाग्नुहोस् । सम्भावित क्रान्ति नेपालमा छ , तपाईँहरु रक्षात्मक होइन आक्रमक बन्नुपर्छ । अर्काले भनेको कुरामा नबरालिनुहोस् । पत्रकारहरु अहिले मुख्यगरी कहाँ ध्यानदिनुहोस् भन्दा एउटा वर्गसंघर्षलाई राजनीतिक संघर्षका रुपमा लिनुपर्छ । अर्को पार्टीको ९औँ महाधिवेशनलाई पनि ध्यान दिदै विचार राजनीति संश्लेषणमा पनि ध्यान दिनुपर्छ । यी दुईवटा कुरालाई प्रचार (प्रसारको काममा विशेष ध्यान दिनुहोस् । सबै संगठनले संघर्षलाई रिजर्व राख्नुहुदैन, तयारीमा राख्नुपर्छ । जस्तो (अर्घाखाँचीको सानै भएपनि एउटा मोडेल हो । मसाल जुलुसलगाउँदा एउटा विद्यार्थी भाईलाई प्रहरीले समात्यो, र बजारका मान्छेले खोसेर ल्याए । यिनले उठाएको कुरा ठिक हो भनेर जनताले भनेको छ । यस्ता घटनाहरुलाई मिडियाहरुवाट हाइलाइट गर्नुहोस् । जनक शिक्षक सामग्री केन्द्रको हाकिमलाई कालोमोसो दलिएको छ । यसलाई पनि हाइलाइट गर्नुहोस् । कहि भष्ट्राचारीहरुलाई लखेटिएको छ , कहि झण्डा गाडिएको छ , संघर्ष चलिरहेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी कुनैपनि हालतमा कार्यान्वयन गर्न दिनु हुँदैन् । यसका विरुद्ध पनि संघर्ष चलिरहेको छ । यस्ता विषयलाई हाइलाइट गर्नुहोस् । मिडियाबाट अभियान छेड्नुहोस्, सामाजिक विभेद महङ्गीविरुद्ध पनि लाग्नुहोस । हामीले दृष्टिकोणमा परिवर्तन आउने गरेर लड्नुपर्छ । पत्रकारहरुले पनि समाजमा भएका मानिसहरुको दृष्टिकोणमा परिवर्तन आउनेगरी सूचना सम्प्रेषण गर्नुपर्छ । तपाईँहरुको राष्ट्रिय सम्मेलन हुँदैछ , त्यसका लागि पुरै तयारीमा लाग्नुहोस् । नेपाल पत्रकार महासंघको सदस्यता बारेपनि अहिल्यैदेखि तयारी गर्नुहोस् । आफ्नै खुट्टामा आफै उभिने संगठन बनाउनुपर्छ , तपाईँहरु पुरै काममा लाग्नुपर्छ ।
अन्तमा पार्टीले एउटा सहकारी बनाउन खोजेको छ । त्यसमा सबैले आ–आफ्नो खाता खोली बचत गरौँ । पत्रकारले पनि त्यसमा सहभागी बनौँ । पार्टीले दुई सय बढी रोपनीमा कृषि खेति गरिरहेको छ । पार्टीसमेत आत्मनिर्भर हुने प्रयासमा छ । यो संगठन पनि उत्पादन कार्यमा जोडिदै आत्मानिर्भर हुनुपर्छ । त्यसका लागि पार्टी संगठनले गर्ने आवश्यक सहयोग गर्नेछ ।
