सिजाँदर्पण काठमाण्डौ ।। मुगुमा लामो समय पछि अर्को गाडि दुर्घटना भएकोछ । छारानाथ रारा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही नगरपालिका– १३ रुघाका बर्ष ३५ को लोकेन्द्र लावड रहेको प्रहरीले जनाएको छ। उनको घटना स्थलमै मृत्यु भएको हो ।प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेका अनुसार दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । आइतबार बिहान ८ः५० बजेतिर कर्णाली नदीबाट बालुवा लोड गरी बाम तर्फ जादै गरेको लु ४ त ७७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
