सिँजादर्पण, काठमाडौँ । पैदलयात्रुहरुलाई आउजाउ गर्न सहज होस् भनेर पञ्चायतकालमा बनेको नेपालको एक मात्र भूमिगत मार्ग हो, भोटाहटी सब(बे । तर पछिल्लो समय प्रवेशद्धार नै छाकिने गरी पसल कबलहरु राखेकाले यो व्यापारिक थलो झै बनेको थियो । पैदलयात्रीलाई हिड्नै गाह्रो थियो । आइतबार कारठमाडौं महानगरपालिकाले अबैध संरचना बनाएर राखेको पलसहरु हटाएको छ । प्रवेशद्धारमा बनाइएका अनाधिकत संरचनाहरु हटाएको छ । सब(वेको मुखमा फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचनाबारे ब्रिफिङ गरेलगत्तै मेयर बालेन साहले यो संरचना हटाउन निर्देशन दिएका थिए ।
