
सिँजादर्पण पोखरा ।। अव दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुद परिषद्को पोखरामा बसेको बोर्ड बैठकले तय गरिसकेको छ।समापन समारोहमा कर्णाली प्रदेशले १० औँ राष्ट्रियको आयोजनाको झण्डा लिइसकेको छ।विसं २०८१ सालको मंसिर महिनामा खेल हुने तय गरिएको छ।
त्यसका निम्ति पूर्वाधार निर्माणको काम धमाधम हुन थालेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ।परिषद्का सदस्यसचिव विश्वमित्र सञ्ज्याल भन्छन्,हामीले नवौँलाई नजिकबाट नियाल्यौँ। यसमा भएका कमी कमजोरीलाई दशौँ अध्यायमा सच्च्याएर आयोजना गर्छौं। केन्द्रीय सरकार र प्रदेश सरकारको समन्वयमा हामीले कर्णाली प्रदेशका जनताहरूको साथसहित बृहत् खेलको आयोजना गर्नेछौँ।
