सिँजादर्पण, जुम्लाको जारी मत गणनामा राप्रपाका ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीले फराकिलो मतान्तर कायम गरेका छन् । शाहीले २६०० मत ल्याएर अग्रता कायम गर्दा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले १०५० मतसहित उनलाई पछ्याइरहेकी छन् । त्यस्तै एमालेका रतननाथ योगीले ४४७ मत ल्याएका छन् भने नेमकिपाका डिल्ली काफ्लेले ६५ मत पाएका छन्
