सिँजादर्पण काठमाण्डौँ ।।कांग्रेसको यतिवेला महासमितिको वैठक बसेको छ देशै भरिवाट प्रतिनिधि हरु उपस्थिति भएका छन । बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई निरन्तर सहयोग गर्दै ूराष्ट्रहितमा काम गर्न प्रोत्साहित गर्ने दायित्व आफ्नो पार्टीको भएकोू बताएका छन्।आफ्नो पार्टीको महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले सरकारप्रतिको प्रतिबद्धता दोहोर्याएका हुन्।सत्ता गठबन्धनबारे अनेक अडकलबाजी हुन थालेका बेला देउवाको अभिव्यक्तिलाई महत्त्वका साथ हेरिएको छ।आउँदो चुनावमा पार्टीले गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने राजनीतिक प्रस्तावले तरङ्गित बनेको कांग्रेस महासमिति बैठक विभिन्न प्रस्तावहरू पारित गर्दै बिहीवार सकिएको छ।महा मन्त्री गगन थपाले भने आगामी चुनाव एक्लै लड्ने वताय । उनको प्रस्तावले सत्ता गठबन्धनलाई अप्ठेरोमा पर्ने विश्लेषण तीव्र बनाइदिएको थियो।तर सभापति देउवाले भने, नेपाली कांग्रेस वर्तमान सरकारको प्रमुख घटकको रूपमा मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन सरकारलाई निरन्तर सहयोग गरेर राष्ट्रहितमा काम गर्न प्रोत्साहन गर्ने हाम्रो मुख्य दायित्व हो।महामन्त्री गगन थापाले महासमिति बैठकले पारित गरेको आफ्नो साङ्गठनिक प्रस्तावका विशेषताबारे किटानी रूपमा चर्चा गरेनन्।उनले भने ूअबको चार वर्षभित्रमा अहिले भएको कांग्रेसको समर्थकमा कम्तीमा १२ लाख नयाँ समर्थक थपेर नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा बढी मत प्राप्त गरेको पार्टी कांग्रेस एक्लै बन्न सक्छ, बनाउन सकिन्छ। त्यो आत्मविश्वास बोकेर यो हलबाट बाहिर जाने हो। त्यो हुती राखेर जाने हो। यो सङ्गठनको तागतमा भर पर्ने हो।महासमिति बैठकले अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव पनि पारित गरेको छ।उनले त्यसको एउटा विशेषता सुनाउँदै भने, अब यो देशको कसैले पनि राष्ट्रपति पदको शपथग्रहण एक पटकभन्दा बढी दोहोर्याएर गर्ने छैन।
