सिँजादर्पण, काठमाडौँ । मुग्लिन : अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन(मलेखु सडक अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना (४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो। अहिले पहिरो पञ्छाउने काम भइरहेको छ, उनले भने। प्रहरी निरीक्षक भण्डारीले चुम्लिङटारमा खसेको पहिरो पन्छाइसकेको बताए।
