सिँजादर्पण जुम्ला ।। जुम्लाको कानकासुन्दरी गाउँपालिका वडान ४को हाटसिँजामा एकदिवशिय मानवअधिकार तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएकोछ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय विरेन्द्रनगर सुर्खेतको आयोजनामा उक्त कार्यक्रम भएको कानुन सचिव शंखर वहादुर केसीले वताए । कार्यक्रममा मानवअधिकार प्रवद्धन शाखा प्रमुख देविलाल सापकोटा , नवराज शर्मा ,यम प्रर्साद गौतम ,विनोद श्रेष्ठ लगाएत अधिकारी हरुकोे सहभागिता भएको छ ।

कनकासुन्दरी ४का वयवृद्ध , दलित ,महिला ,जनजाती गरि करिव १सय जना कार्यक्रममा सहभागी भएका थिए । मानव अधिकार तथा वालअधिकार जेष्ठनागरिक हलाइ कानुनी अधिकारका वारेमा जानकारी दिने उद्देश्यले एकदिने कार्यक्रम भएको कर्णाली प्रदेश सरकारका कानुन सचिव केसिले सहभागि लाइ कलास दिने क्रममा वताएका हुन ।

