Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रविको मुद्दा १० दिनभित्रै बुझाइने, सम्पत्ति शुद्धीकरण र ठगीमा के भेटियो प्रमाण ?


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, मंसिर २५, २०८१

रविको मुद्दा १० दिनभित्रै बुझाइने, सम्पत्ति शुद्धीकरण र ठगीमा के भेटियो प्रमाण ?

सिँजादर्पण, काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध, कीर्ते र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको कास्की प्रहरीले १० दिनभित्र मुद्दा बुझाउने तयारी गरेको छ ।

नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी बञ्जाडे (छवि)लाई पक्राउ गरेको मंगलबार ८० दिन पुगेको छ । प्रहरीले छविसँगै रविविरुद्ध पनि सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अनुसन्धान गरिरहेको छ । रविविरुद्ध पटक–पटक अदालतबाट म्याद थप भएपनि एउटै प्रकरण भएकाले छविकैमा गणना हुँदा अब १० दिनभित्र मुद्दा बुझाउनुपर्ने भएको हो ।

सम्पत्ति शुद्धीकरण मुद्दाको म्याद ९० दिनसम्म रहन्छ । गत असोज ६ गते छविलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसआधारमा अबको १० दिन भित्र कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिसक्नुपर्छ । पूरक जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा कास्की अदालतले रवि र छविसहितका १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो, जसमध्ये प्रहरीले रवि, छविसहित केहीलाई मात्रै नियन्त्रणमा लिएको थियो ।

कात्तिक २ गते पक्राउ परेका रविलाई छविकै म्याद थपका आधारमा सहकारी ठगीसहित चारवटै मुद्दाको मिसिल बनाउने कार्य अन्तिम चरणमा पुगेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले लोकान्तरलाई बताए । प्रहरीले रविले शुरूदेखि विभिन्न टेलिभिजनमा काम गरेबापत पाएको तलब, सांसद हुँदा पाएको तलब, उपप्रधान एवं गृहमन्त्री हुँदा पाएको तलबलाई आधार मानेर उनको सम्पत्तिको आयव्यय विवरण निकालेको छ ।

स्रोतले भन्यो, ‘रविले विभिन्न बैंकमा खोलेका खातापाता, श्रीमतीको नाममा रहेको सम्पत्ति र अन्य सम्पत्ति जोड्दा आम्दानीभन्दा सम्पत्ति धेरै रहेको प्रमाण फेला परेका छन् । केही अचल सम्पत्ति खरिदको पुस्ट्याइँ आम्दानीले गर्दैन ।’ प्रहरीले रवि र उनकी श्रीमती निकिताको बैंक खातामा करोडौं रुपैयाँको शंस्कास्पद कारोबार भेटेको छ ।

सूर्यदर्शन सहकारी ठगीमा कास्की प्रहरीले यसअघि नै पहिलो चरणको अनुसन्धानमा जीबी राईसहित १९ जनाविरुद्ध १ अर्ब ११ करोड बिगो मागदाबी लिएर अदालतमा मुद्दा बुझाइसकेको थियो । रविको हकमा भने सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको विषयमा मात्रै सम्बन्धित रहेर मुद्दा दर्ता हुने प्रहरीले जनाएको छ ।

रविले सूर्यदर्शन सहकारीबाट गोरखा मिडियामा रकम आएको विषय आफूलाई थाहा नभएको बयान दिएका थिए । तर, गोरखा मिडियाबाट रविका नाममा पेस्की तथा ऋणबापत २ करोड प्रवाह भएको देखिन्छ । सहकारीको रकम निजी कम्पनीमा लगेर उक्त कम्पनीले व्यक्तिलाई ऋण प्रवाह गरी अपचलन गरेको तथ्य मिसिलमा प्रहरीले पेश गरेको छ ।

सूर्यदर्शनबाट ब्याज पुँजीकृत गरिएको ३९ करोड २२ लाख बराबरको कर्जा विवरणमा कर्जा खाता नम्बर ००१–००१–११६–०००४४५६ मा मिति २०७९ असार मसान्तमा १४ लाख ७५ हजार १ रुपैयाँ र २०८० असार १३ मा १६ लाख १३ हजार ७ सय १३ रुपैयाँ रवि लामिछानेको नाममा गएको देखाइएको छ ।

रविले यसलाई इन्कार गरेपनि तेस्रो व्यक्ति खडा गरेर सहकारी ठगीबाट बच्न प्रपञ्च रचेको दाबीसहित केही तथ्य प्रहरीले मिसिलमा राखेको छ । सूर्यदर्शनबाट गोरखा मिडियामा साढे ५ करोड गएको देखिन्छ ।

छविले पनि गोरखा मिडियाबाट ५ करोड ५५ लाख २२ हजार ७१४ रुपैयाँ ऋण तथा पेश्कीबापत लिएका छन् । सूर्यदर्शनको ऋण गोरखा मिडियामा ल्याएर खर्च गर्दा जीबी राई, रवि, छविलगायत व्यक्तिहरूको संलग्नता देखिएकाले संगठित अपराध ठहर्ने दाबी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले गरेका छन् ।

रवि आफैंले पनि गोरखा मिडियामा प्रबन्ध निर्देशकका हैसियतमा काम गर्दा भटाभट २२ करोड रुपैयाँभन्दा बढीको चेक काटेका थिए । उक्त चेकमार्फत भुक्तानी भएको रकमलाई प्रहरीले सहकारीको ऋणमार्फत आएको रकम हो भनी मिसिलमा दाबी गर्ने तयारी गरेको छ ।

‘गोरखा मिडियामा विभिन्न सहकारीबाट ६५ करोड रुपैयाँ बढी भित्रिएको छ । रवि पदमै रहँदा चेक काटेर दिएका छन् । चेकमार्फत भुक्तानी हुने सहकारीबाटै जम्मा भएको रकम हो भनेर हाम्रो दाबी रहन्छ,’ कास्कीका एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘जसमा जीबी, छवि र रविको कम्पनी भएकाले संगठित मुद्दा बलियो हुने देखिन्छ ।’

रविले गोरखा मिडियामा पाएको भनिएको ‘स्वेट शेयर’लाई नै प्रहरीले कीर्तेको रूपमा मानेर मिसिलमा राख्ने तयारी गरेको छ ।

‘गोरखा मिडिया नेटवर्क प्रालिलगायतका कम्पनीहरूमा शेयर खरिदबिक्री गर्दा कानूनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई कीर्ते कागजकै आधारमा खरिदबिक्री भएको पाइएको छ,’ कास्की प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘कम्पनीबाट बिदा हुने बेला शेयरबापत १ करोड ८० लाख रुपैयाँ बुझेको भन्दै रविले औंठाछापसहितको कागज पनि कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाएका थिए । कीर्ते कागज बनाएर रकम लेनदेन गरेको आधार यसैलाई बनाइन्छ ।’

पर्साबाट फर्काइएको केही दिनमै मुद्दा बुझाइने

पर्सास्थित सानोपाइला सहकारी संस्थाको रकम अपचलनमा बयान लिन रविलाई पर्सा लगिएको छ । जिल्ला सरकारी वकिल कार्यालय पर्सामा बयान सकिएपछि रविलाई पुनः कास्की लगिनेछ । सबै तथ्यरप्रमाण जुटाएर मिसिल तयार गरेपछि सरकारी वकिल कार्यालय कास्कीमार्फत जिल्ला अदालत कास्कीमा मुद्दा बुझाउने तयारी प्रहरीको छ ।

कास्की जिल्ला अदालतमा थुनछेकको बहस चल्नेछ । रविलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउने वा कुनै आदेश आएको खण्डमा अन्य प्रहरी कार्यालयले मुद्दा छिनोफानो गर्न रविलाई सम्बन्धित जिल्लाका अदालतमा पेश गर्नुपर्ने हुन्छ । प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले १० दिनभित्र रविको मुद्दा कास्की अदालतमा बुझाउने तयारी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn