सिँजादर्पण, काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले एकाध बाहेक मन्त्रीहरूको कामबाट सन्तुष्ट नभएको ब्रिफिङ गरेका थिए ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले जनताले महसुस गर्ने खालको काम हुन नसकेको बताएका थिए । ुसरकार बनेको ५ महिना बितिसक्दा पनि जनताले महसुस गर्ने खालको काम नभएको उहाँले बताउनुभयो, ती मन्त्रीले भने । त्यसो त प्रधानमन्त्री ओलीले राम्रो काम नगरे मन्त्रिपरिषद् पुनर्गठन गर्ने चेतावनी दिँदै आएका छन् ।
