सिँजादर्पण, काठमाडौँ । रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमिअर लीग ९एनपीएल० को उपाधि जितेको छ।
कीर्तिपुर क्रिकेट मैदानमा उपस्थित १२ हजार बढी समर्थकका माझ सम्पन्न फाइनल खेलमा चार बल बाँकी छँदै १८५ रनको लक्ष्य पूरा गरेर जनकपुरले पहिलो संस्करणको एनपीएल उपाधि जितेको हो।
जितसँगै जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग लीग चरण र क्वालिफायर एकमा भोगेका हारको सुखद् बदला लिन सफल भएको छ।
जनकपुरको यो जित यस्तो खेलमा आयो जतिखेर टोलीले उपाधि पनि चुम्न सफल भयो।जनकपुरका लागि उत्कृष्ट ब्याटिङ गरेका ओपनर लाहिरु मिलान्थाले ८७ रन जोडेर टोलीको जित सहज बनाएका थिए।विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख रुपैयाँ पुरस्कार पाउनेछ।
