Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

युद्धग्रस्त गाजामा बालबालिकाको बिचल्ली


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, पुस १७, २०८१

युद्धग्रस्त गाजामा बालबालिकाको बिचल्ली

सिँजादर्पण , काठमाडौँ — करिब १५ महिनाअघि प्यालेस्टिन समूह हमासले इजरायलमाथि आक्रमण गरेसँगै दुई पक्षबीच युद्ध सुरू भयो । सन् २०२३ अक्टुबर ७ मा हमासले उत्तरी इजरायलमा आक्रमण गरी कम्तीमा १२ सयको ज्यान गएको थियो । त्यसका साथै, हमासले करिब २ सय ५० जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये ९६ जना अझै हमासको नियन्त्रणमा छन् ।

युद्धका कारण ४५ हजारभन्दा बढी प्यालेस्टिनीका ज्यान गइसकेको छ । ज्यान गुमाउनेमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । प्यालेस्टिनी अधिकारीका अनुसार अक्टुबर ७ यता मारिने बालबालिकाको संख्या १८ हजार छ । यसको अर्थ हरेक ३० मिनेटमा एक बालबालिकाले ज्यान गुमाउने गरेका छन् । मारिएकामध्ये सबैभन्दा बढी ६ देखि १२ वर्ष उमेर समूहका छन् । एक वर्षमुनिका ७ सय, एकदेखि तीन वर्ष उमेर समूहका १८ सय, चारदेखि पाँच वर्ष उमेरका १२ सय, ६ देखि १२ वर्षका ४२ सय र १३ देखि १७ वर्षका ३४ सयभन्दा बढी बालबालिकाको ज्यान गएको छ ।

संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार १५ महिनाको अवधिमा १४ हजार ५ सय बालबालिकाले ज्यान गुमाएका छन् । राष्ट्रसंघका अनुसार गाजा पट्टी हजारौं बालबालिकाको चिहान बनेको छ । युद्धग्रस्त क्षेत्रमा बालबालिकालाई भग्नावशेषबाट निकाल्दा उनीहरू घाइते र एक्लै भेटिने गरेका राष्ट्रसंघले जनाएको छ । अनुमानित १७ हजार बालबालिक बेपत्ता भएका वा हेरचाह गर्ने परिवारका सदस्यहरूबाट अलग भएका छन् । कम उमेरका कतिपय बालबालिकालाई आफ्नो नाम समेत थाहा छैन । जसका कारण उनीहरूको पहिचान समेत हुन सकेको छैन । संयुक्त राष्ट्रसंघीय एजेन्सी युनिसेफले जम्मा ६३ बालबालिकालाई उनीहरूका आमाबाबु वा अभिभावकहरूसँग पुनर्मिलन गराउन सफल भएको जनाएको छ ।

अक्टुबर ७ मा हमासले आक्रमण गरेपछि इजरायली सेना ९आईडीएफले० ले उत्तरी गाजामा आक्रमण गर्ने संकेत गर्दै ११ लाख मानिसहरूलाई दक्षिणतिर जान आदेश दिएको थियो । त्यसलगत्तै गरेका आक्रमणमा लाखौं विस्थापित भए । घर छाडेर जानसक्ने अवस्थामा नरहेका हजारौं मारिए र बेपत्ता भए ।

बेपत्ता भएकाहरूको खोजीका लागि धेरै मानिसहरूले रेड क्रसको अन्तर्राष्ट्रिय समिति ९आईसीआरसी० लाई गुहार्ने गरेका छन् । समितिले बेपत्ताहरूको विस्तृत विवरण लिएसँगै अस्पतालको सूची र फिर्ता गरिएका बन्दीहरूको नाम लगायत आफ्नो पहुँचमा रहेका स्रोतमा सम्पर्क गर्ने गर्छ । आईसीआरसीले हालसम्म ८ हजार ३ सय भन्दा बढी आवेदनहरू प्राप्त भइसकेका जनाएको छ । तर तीमध्ये करिब २१ सय मात्र बन्द गरिएको छ । २१ सयमा निकै थोरैको मात्र पारिवारिक पुनर्मिलन सम्भव भएको आईसीआरसीले जनाएको छ ।

आवेदनहरू दिनेहरूलाई थाहा छैन कि उनीहरूको परिवारको सदस्य जीवित छ वा छैनन्,ु आईसीआरसीकी सारा डेभिस भन्छिन्, ुउनीहरू घाइते भएर अस्पतालमा छन् वा भग्नावशेषमा फसेका छन् केही थाहा छैनन् ।ु कतिपय अवस्थामा अस्पतालका डाक्टर तथा कर्मचारीहरूले पनि बिरामीहरूलाई प्रियजनहरूसँग सम्पर्क गराउने गरेका छन् ।

करिब एक वर्षअघि बीबीसीले इजरायली हवाई आक्रमणमा ज्यान गुमाएकी आमाको पेटबाट निकालिएकी नवजात शिशुबारे समाचार सार्वजिनक गरेको थियो । अपरेशनपछि चिकित्सकहरूले ती शिशुलालाई ुहन्ना अबु अम्शाकी छोरीु भने र आफन्तहरूले उनको खोजी गर्न सक्ने आशामा उनको बारेमा जानकारी सार्वजनिक गरे । देर अल(बलाहको अल(अक्सा सहिद अस्पतालको नर्सरीमा रहेकी ुहन्ना अबु अम्शाकी छोरीु लाई उनका बुबालाई हस्तान्तरण गरिएको बीबीसीले जनाएको छ ।

चिसो बढेसँगै पछिल्लो समय बालबालिका थप समस्या परेका छन् । प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय निकाय प्रमुखले गाजामा चिसो मौसम र आश्रयस्थलको अभावका कारण चिसोले बालबालिकाको मृत्यु हुने गरेको चेतावनी दिएका छन् । ुगाजाका बच्चाहरू चिसो मौसम र आश्रयको अभावका कारण चिसोले मरिरहेका छन्,ु फिलिप लाजारिनीले शुक्रबार समाजिक सञ्जाल एक्समा लेखेका थिए । ऋजष्मि बदगकभ ष्ल धबच(तयचल न्बशब

बिहीबार, गाजाको स्वास्थ्य मन्त्रालयका महानिर्देशक मुनिर अल(बार्शले अनादोलुलाई भने कि गत हप्तामा चिसो तापक्रमका कारण तीन प्यालेस्टाइनी बालबालिकाको अस्थायी विस्थापन शिविरमा मृत्यु भएको थियो ।

गत बुधबार खान युनिसको अल(मवासीमा रहेको विस्थापित शिविरमा दुई साताकी सिला महमूद अल(फसीहको चिसोको कारण मृत्यु भएको थियो । डिसेम्बर २० मा आइशा अदनान अल(कसासको मृत्युपछि त्यही शिविरमा मर्ने उनी दोस्रो शिशु थिइन् ।

युद्धका कारण विस्थापितहरू महिनौंदेखि घर फर्कने स्वीकृतिको पर्खाइमा रहेका तर इजरायलले घर फर्कन नदिएको उनको भनाइ छ । इजरायली नाकाबन्दी अमानवीय भएको लाजारिनीको भनाइ छ । संयुक्त राष्ट्रसंघले गाजामा तत्काल युद्धविराम गर्न द्वन्द्वरत पक्षलाई बारम्मबार आह्वान गर्दै आएका छन् ।

दुई साताघि इजरायल र हमासबीचको युद्धविराम वार्ता हालसम्मकै निकट पुगेको जनाइएको थियो । हमास र दुई अन्य प्यालेस्टिनी लडाकु समूहहरूले इजरायलसँगको गाजा युद्धविराम सम्झौताका लागि ुपहिले भन्दा नजिकु पुगेको बताएका थिए ।

हमास, प्यालेस्टाइन इस्लामिक जिहाद ९पीआईजे० र वामपन्थी पपुलर फ्रन्ट फर लिबरेसन अफ प्यालेस्टाइन ९पीएफएलपी० ले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलले नयाँ सर्त नराखे युद्धविराम हुने जनाएका थिए । ुशत्रुले नयाँ सर्तहरू नलगाएको खण्डमा युद्धविराम र कैदी आदानप्रदान सम्झौता टुंगोमा पुग्ने सम्भावना पहिलेभन्दा नजिक पुगेको छ,ु विज्ञप्तीमा जनाइएको थियो ।

केही साताअघि अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा भएका वार्तामा प्रगति भएको थियो । तीन तीन देशको मध्यस्थतामा कतारको दोहामा इजरायल र हमासबीच भएको अप्रत्यक्ष वार्ता सहमतिमा पुग्नै लागेको जनाइएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले युद्धविराम सम्झौताका लागि आफू आशावादी रहेको बताएका थिए । बन्धकहरूको रिहाका लागि पनि युद्धविराम सम्झौता आवश्यक भएको उनको भनाइ थियो । ुयो हुनुपर्छ । यो हुनु आवश्यक पनि छ । हामीले मानिसहरूलाई घर पुर्‍याउन आवश्यक छ,ु उनले भनेका थिए ।

हमासले इजिप्टोको कायरोमा भएको बैठकमा दुई पक्षबीच युद्धविरामका साथै इजरायल र हमासबीच बन्धक रिहाईका विषयको वार्ता ९० प्रतिशत पूरा भएको जनाएको थियो । हमासका अनुसार केही मुद्दामा भने सहमति हुन बाँकी थियो । ‍जुन कुरा अवस्था यथावतै छ र त्यसयता थप प्रगति भएको कुनै समाचार सार्वजनिक भएका छैनन् ।

खासगरी फिलाडेल्फी करिडोरमा इजरायली सेनाको उपस्थितिका विषयमा सहमति हुन सकेको छैन । फिलाडेल्फि करिडोर इजिप्ट र दक्षिणी गाजाको सीमामा पर्ने रणनीतिक रूपमा महत्त्वपूर्ण भूमि हो । उक्त क्षेत्र हाल इजरायली सेनाको नियन्त्रणमा रहेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बारम्बार फिलाडेल्फी करिडोरबाट इजरायली सेना फिर्ता गर्न नचाहेको बताउँदै आएका छन् । त्यस्तै, युद्धपछिको गाजाको शासनको विषयका कारण पनि सम्झौता टुंगोमा पुग्न नसकेको बताइएको छ । प्यालेस्टिनी नेतृत्वमा समेत यो मुद्दा निकै विवादास्पद बनेको छ । इजरायली अधिकारीहरूले पनि त्यस क्षेत्रमा सैन्य उपस्थिति कायम रहने बताएका छन् ।

यी मुद्दाहरू समाधान भएपछि मात्र युद्धविराम सम्झौता हुने र तीन चरणमा कार्यान्वयन हुने बताइएको छ । पहिलो चरणमा रिहा गरिने प्रत्येक महिला सैनिकका लागि २० प्यालेस्टिनी कैदीहरूको आदानप्रदान गरिने, इजिप्ट र कतारको निगरानी प्रणालीअन्तर्गत उत्तरी गाजाका सर्वसाधारणलाई घर फर्काइने र अन्तिम चरणमा १४ महिना लामो युद्धको अन्त्य गरिने र गाजा क्षेत्रलाई यसअघि कुनै पनि राजनीतिक आवद्धता नभएका विज्ञहरूको एक कमिटिले निरीक्षण गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn