Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कुलमान घिसिङको बर्खास्तीका बारेमा संसद्‍मा के भने प्रधानमन्त्री ओलीले ?


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, चैत्र १८, २०८१

कुलमान घिसिङको बर्खास्तीका बारेमा संसद्‍मा के भने प्रधानमन्त्री ओलीले ?

सिँजादर्पण, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वभाविक भएको बताएका छन्। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा प्रतिपक्षले संसद अवरोध गरेपछि आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारीसँग सरकारले स्पष्टीकरण माग्न सकिने जानकारी गराएका हुन्।

ओलीले चित्त नबुझ्ने पक्षले कानुनी उपचारको हक राख्न पाउने जानकारी गराए। ‘केही दिनयता संसद अबरुद्ध छ। सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वभाविक छ। सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन हो। तर अहिले विषय सामान्य छ, एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ। सदन अबरुद्ध छ, महत्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ। राष्ट्रसेवक कर्मचारीहरुको गुणरदोष टिप्पणी गर्ने स्थल चाहिँ यहाँ हो भन्ने मलाई लाग्दैन। त्यसको प्रक्रिया छ। राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ।’ कुलमानको नाम नलिइ ओलीले भने, ‘सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफुप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम गर्दैन। विभागीय मन्त्रीको फिलिङ सहि कि गलत, त्यसको पनि परीक्षण होला। हुने ठाउँमै होला।

त्यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टिकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्ने सम्मका काम गरिन्छ। यो अहिलेको सरकारले मात्रै हैन, जहिलेको सरकारले पनि गर्छ। अहिले पनि भएको छ, जहिले पनि भएको छ। चित्त नबुझ्ने पक्षले कानुनी उपचारको हक राख्छ, त्यो पनि हुने गरेको छ। भइरहेको छ। प्रधानमन्त्री ओलीले अहिले यस विषय सम्मानित अदालतमा विचाराधीन रहेको बताए। ओलीले भने, ‘अहिले यस विषय सम्मानित अदालतमा विचाराधीन छ। यसमा थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुन्न भन्ने यस सम्मानित सदनलाई जानकारी नै छ। त्यसैले यस विषयमा मलाई लाग्छ थप बहस नगरौं, अहिलेको परिस्थितिमा ससाना विषयहरुमा ठूलो बहस विवाद चलाउने परिस्थिति पनि होइन, अवस्था पनि छैन।’

सामाजिक मर्यादामा बसौं

अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरुको रक्षा, लोकतन्त्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय भएकाले त्यसका लागि सिंगो सदन एक हुनुपर्ने आवश्यकता रहेको उनको भनाई छ। ‘हामीले सुनेका छौं, व्यवस्थाका विरुद्ध, प्रणालीका विरुद्ध, लोकतन्त्रका विरुद्ध, संविधानका विरुद्ध लर्लकारेर त्यसलाई नै अस्वीकार गर्ने र त्यसका निम्ति विभिन्न प्रकारका असंवैधानिक, गैरकानुनी र समाजलाई नोक्सान पुग्ने गम्भीर अपराधिक क्रियाकलाप गर्नेसम्मका क्रियाकलापहरु भइराखेका छन्। यस्तो बेलामा सिंगै समाज गम्भीर हुनुपर्दछ’ उनले भने।

संविधानको सपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने कुरा सपथ विपरीतको कुरा भएको उनले बताए। ‘नेपालको संविधानको सपथ हामी सबैले उभिएर लिएका हौला। संविधानको सपथ लिने, अनि संविधानको खिलाप लिने, संविधानभन्दा माथि सपथ कसैले देश र जनताका नाममा लिएका हौला, कसैले इश्वरका नाममा लिएका हौला। इश्वरका नाममा सपथ लिएर संविधानको सपथ लिएर, इश्वरका नाममा सपथ खाएर त्यस विपरीत चल्न मिल्छ नैतिकताले रु त्यसो भएर म सबैको ध्यानाकर्षण गर्न चाहन्छु, हामी एउटा थिति, एउटा मर्यादा, एउटा सामाजिक मर्यादामा बसौं’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn