पर्वत, १८ भदौ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँंग जोडने जिल्लाको मालढुंगा –बेनी सडक दैनिक साढे सात घण्टा बन्द गरिने भएको छ । यही भदौ १९ गतेदेखि पुरानो समयतालिका परिवर्तन गरी दैनिक साढे सात घण्टा बन्द गरिने भएको हो । यसअघि आठ घण्टा बन्द गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सर्वपक्षीय बैठकले सडक बन्द हुने समयतालिका परिर्वतन गर्दै दैनिक साढे सात घण्टा मात्रै सडक बन्द गर्ने निर्णय गरेको हो । यही भदौ १९ गतेदेखि २६ गतेसम्म बिहान ७ः०० देखि ९ः०० बजे र त्यसपछि बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म सडक बन्द गरिनेछ ।
दिउँसो २ः०० बजेदेखि अपराह्न ४ः३० बजेसम्म कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक बन्द हुनेछ । यसअघि यही भदौ ५ गतेदेखि बिहान १०ः०० देखि दिउँसो ४ः०० बजेसम्म सडक बन्द गरिँदै आएकामा दिउँसो १ः०० देखि २ः०० बजेसम्म एक घण्टा सडक सञ्चालन गर्ने निर्णय भएको थियो ।
