कञ्चनपुर, १८ भदौ । पुनःस्थापनमा परेका मुक्त हलिया परिवार घर निर्माणका लागि दोस्रो किस्ताको रकम नपाउँदा मर्कामा परेका छन् । दोस्रो किस्ताको रकम नपाउँदा १५५ ‘क’ श्रेणीको परिचयपत्र पाएका मुक्त हलिया परिवारको घर निर्माणकार्य ठप्प छ ।
घर मर्मतका लागि ‘ख’ श्रेणीका ४२३ र ‘ग’ श्रेणीका १२ परिवारले समेत दोस्रो किस्ताको रकम नपाएको राष्ट्रिय मुक्त हलिया समाजका जिल्ला अध्यक्ष सिवी लुहारले बताउनुभयो ।
उहाँका अनुसार रु आठ करोड ४२ लाख आठ हजार ५०० रकम दोस्रो किस्तावापत मुक्त हलिया परिवारले पाउन बाँकी छ । पुर्नवास नगरपालिका–९ का मुक्त हलिया बलबहादुर चुनाराले दोस्रो किस्ताको रकम नपाउँदा घर निर्माणकार्य पूरा हुन नसकेको बताउनुभयो । आव २०७४/७५ मै सरकारले सबै मुक्त हलियालाई पुनःस्थापन गरिसक्ने भनेको थियो ।
