चितवन, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताउनुभएको छ ।
भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
छिटोभन्दा छिटो विकास चाहेका जनताले विकासले गति लिएको देख्न नपाए उनीहरूमा बेचैनी बढेर जाने उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “हामीले छिटोभन्दा छिटो ‘एक्सन’द्वारा जनतालाई आश्वस्त पार्न जरुरी छ । नेताहरु विकासको नयांँ युगतिर जानुपर्छ ।”
