पाटन स्वाथ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत डा.उमाकन्त तिवारीसँग सिंजादर्पण अनलाइनका के.बी. गाउँलेले गरेको कुराकानी
तपाई जुम्ला जस्तो भौगोलिक रुपमा अति विकट ठाउँमा जन्मेर पनि डक्टर बन्न कसरी सफल हुनु भयो ?
जतिबेला जनयुद्ध सुरु भयो त्यस बेला हाम्रो परिवार कैलालीतिर झरियो गाँउमा बस्ने अवस्था सहज थिएन । कैलालीमा ७/८ वर्ष बसियो २०५८ सालतिर डेढ् वर्षपछि कैलालीबाट मेरो आर्दिर्णय काका डिल्ली तिवारीको शिक्षामा निकै प्रेरणदायी सुजाब रहेको थियो । म काकासंगै काठमाडौं लागे २०६९ सालमा काठमाडौं आउँदा किर्तिपुरको जनसेवा मा.बि.मा स्कुलको पढाई सुरु गरे । जुम्लामा पढेको मान्छे अगे्रजी निकै गाहे लागथ्यो । निकै मेहनत गर्नु पर्ने । ६÷७ कक्षा कैलालीमा पढे् । ८ ९,र,१० काठमाडौं जनसेवा मा.वि. किर्तिपुरमा पढे् । कक्षा ८ बाट प्रथम स्थान ओगड्दै आय । त्यो समय मेरा लागि निकै महत्व थियो दुःख कष्ट गरी पढ्ने बानीको बिकास गर्नु पर्छ भन्ने भावनाबाट अग्रसर भए मिहनतले मानिसलाई दुर्गम सुगम ठाँउ भुगोलले कुनै फरक नपर्ने हुँदा अन्तिममा यो स्थान सम्म पुगे ।
तपाईको यो क्षेत्रमा लाग्न प्रेरणा दिने विषेश भूमिका कसको थियो ?
म मेरो आर्दणिय बुबाबाटै पढाईमा अगि बढे बुवा धेरै पढ्न नपाएको पिडाले हामीलाई पढाउन पर्छ भन्ने बुवाको मनमा गढे्को रहेछ । उँहाबाटै मेरो अदर्णिय काका पनि पढाइमा प्रवेश गुर्न भयो र बुवाले काकालाई पढाउने सन्र्दभसगैं काका मेरो अर्को पे्ररणका पात्र बन्नु भएको छ । उँहा मलाई निकै सहयोग रह्यो । उँहाले नै मलाई शिक्षा क्षेत्रमा प्रवेष गराई डाक्टर बन्न सफल पार्नु भएको हो । बाजेको निधन हुँदा मेरो बुवा रामाकान्त तिवारी १७ वर्षको हुनुहुन्थ्यो । काका ३ वर्षका मात्रै बुवालाई निकै दुःख प¥यो । आफुले पढ्न पाउनु भाएन सानो अवस्था निकै पिडा भएको स्थितिलाई समाल्दै भाईलाई जसरी हुन्छ पढाउछु भन्ने भयो र त्यस पछि काकाले मलाई निकै मेहनत गर्ने बानीको बिकास गर्नु भयो र उहाँले काठमाडौंबाटै उच्च शिक्षा हाँसिल गर्नु भई आफ्नै गृह जिल्लामा सामाजिक सेवा गरि रहेको अवस्था छ । सिंजा रेडियो सञ्चालन गर्नु भएको छ । मेरो एक भाई दुई बहिनी छन । भाई इन्जिनिएर र बहिनी टोखा न.पा. मा नासु छन । बाबाले घुम्ती व्यापार व्यबसाय गरि हाम्रो भाई बहिनीलाई तपाई सम्म पु¥यानु भयो । शिक्षा हाँसिल गर्ने प्रेरणदायी हुनुहुन्छ । मेरो काका र म सामाजिक काममा सल्लाह गरेरै अहिले पनि सेवा गर्नु पर्छ भन्ने भावनाबाट अगाडी बढेका छौं ।
तपाई एक युवा चिकित्सक हुनुहुन्छ । नेपालका आम युवाहरुलाई के सुझाव दिनुहुन्छ ?
म कामको सर्दभमा ५०÷६० जिल्ला घुम्ने अवसर प्राप्त भयो तर हाम्रो ठाँउ जुम्लालाई नै हेर्दा अगि किन बढेन भन्ने चिन्ताले पिरोल्छ यो ठाँउ किन पछि प¥यो भन्ने कारण खाज्दै जादा सहयोग र मेलमिलापको कमी भएको पाइन्छ । एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति छ त्यो मानसिक्ताबाट माथी उठ्न पर्छ आम सिंजा क्षेत्रको बिकास गर्नका लागि आफ्नो मान्छे अगाडी बढाउनु पर्छ आफ्नो मानिसले आफ्नो क्षेत्रको बिकास गर्नका निम्ती एक जुट हुनु पर्छ सागुरो सोच र चिन्तनबाट ग्रसित समाजलाई बदल्नु पर्छ भन्ने मरो सोच हो । म स्कुल पढदा पनि जुम्ली समुदायलाई निकै माया गर्थे नेत्रित्व वर्गालाई अवसर दिनु पर्छ संकिर्ण मानसिकता माथी उठ्नु पर्छ असम्भव भन्ने कुरा केहि छैन । सिंजा क्षेत्रका युवालाई यो सिकाइको सन्देस दिन चाहान्छु ।
सिंजाको एक युवा अहिल राज्यको ठूलो स्वास्थ्य प्रतिष्ठान पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानमा काम गरिरहनुभएको छ । तपाईकै जुम्लामा अहिले कर्णाली स्वाथ्य बिज्ञान स्थापना भएको छ । यसलाई कसरी हेरिरहनुभएको छ ?
उ बेला पहल गर्ने र त्यसको नेत्रित्व गर्नेमा मा.नरेश भण्डारीलाई श्रेय जान्छ की उँहाले निकै प्रयास गर्नु भएकोछ । व्यवस्थित तरिकाले सञ्चालन गर्नुमा सबैले जोड दिनु पर्छ । अहिले भष्टाचारका कुरा सुनिन्छन केहि समय पहिले भवनमा आगलागि पनि भई भौतिक पुर्वाधारमा क्षती पुग्नु पु¥यानु राम्रो होइन । कर्मचारी काम गर्ने उच्च अधिकारी पनि पराधिनको मानसिकताबाट ग्रसित छन जो जसबाट नियुक्ति पाए नेतालाई रिजाउन भष्टाचार गर्ने मानसिकताले जुम्ली जनताले उठाएको पैसाबाट मोज गर्ने जो सोच भएका कर्मचारीहरु त्यामा बदलाव आउनु पर्छ । काठमाडौंमा घर बनाउनु गरिव निमुखा जनताले स्वाथ्य उपचार पाउदैन्न यो दुःख लाग्छ । प्रतिष्ठान व्यस्थित गर्नु हामी सबैको दायित्व हो भन्ने तरिकाले चलाउनु पर्दछ ।
तपाईले जाँच गरेका विरामीको तपाई प्रति राम्रो धारणा पाइन्छ । तपाईले फरक तरिकाले उपचार गर्नु हुन्छ भन्ने उनीहरुबाट सुनिन्छ । कर्णालीमा उपचार नपाएर मानिसहरुको मृत्यु हुने गरेको कुरा निकै चर्चामा आउने गर्छ । तपाई यसलाई कसरी हेर्नुहुन्छ ?
मलाई बिरामी प्रति माया लाग्छ कोही गरिव असायह होलान, कोहि कर्णाली दुर्गमबाट आएको होलान कोहि आर्थिक स्थिति ककमजोर भएका होलान त्यस्ता बिरामीलाई माया गर्नु पर्छ अरु भन्दा थप समय दिने मेरो स्वभाव छ । समय बढी दिनु र बिरामीको मनको कुरा बुज्नु मेरो स्वभाव हो जस्तो लाग्छ । समयले भ्याए सम्म सहयोग गर्ने मेरो बानी नै हो ।
तपाई कर्णालीको छोरा आफै कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा गएर सेवा गर्ने बारे कतिको सोच्नुहुन्छ ?
जाहेज कुरा सोध्नु भयो मलाई तपाई चाहाना छ म त्यहाको हेड भएर जिम्मेवारी समाल्न सक्छु । मैले भैरवा मेडिकल कलेजमा अध्यानसगै काम गरेँ बिभागिय प्रमुखसंग पनि काम गरेँ कालीकोटमा गएर पनि दुर्गम क्षेत्रको सेवा गरेकोछु ९ महिना सेवा गरेँ, त्यस पछि कैलालीमा पनि काम गरेँ, उ बेला करारमा पनि सेवा गरेँ तर गृह जिल्ला जुम्लामा गएर सेवा गर्ने मन निकै छ ति राजनितिक अस्थिरता छ आवश्यता महसुस भएको बेला समयले को माग गरे हेरौँ के हुन्छ । जनरल प्रक्टीस मेडिसिन्सको बिषयमा बिज्ञ सेवा दिने मेरो बिषय हो ।
देशको समग्र स्वाथ्य सेवालाई प्रभावकारी बनाउन सरकारले कस्तो नीति अपनाउनु पर्छहोला ?
सरकारले स्थायी समस्याको खोजी गर्नु पर्छ पुर्वाधार र इकुमेन्टको उपलव्धता हुनु पर्दछ ।
दाता भए पनि कम्पनी सरकारले भ्यालु दिदैन । डाक्टरले सेवा प्रदान गर्ने वातावरण सरकारले गर्नु पर्छ पारिश्रमिकलाई उचित र व्यवस्थित गर्नु पर्छ कर्णाली जस्ता दुर्गम जिल्लामा गएर काम गर्ने बातावरण तयार गर्नु पर्छ
विश्वका धेरै देशमा स्वास्थ्य सेवा निःशुल्क छ । नेपालमा पनि नागरिकलाई स्वाथ्य सेवा निःशुल्क गर्न के सम्भव होला ?
विश्वमा धेरै देशमा स्वाथ्य सेवा र शिक्षा निःशुल्क छ । हाल नेपालमा यो प्रयास भरखर लागु भएको छ । विमा कार्यक्रम वापत २५०० तिरेर एक लाख बराबरको सेवा निशुल्क गर्ने व्यस्था अहिले सरकारले गरेको छ । नेपाल राजनिति स्वार्थमा प्रेरित हुँदा उ बेला बिमाको प्रमुख डा. गुणराज लोहानी हुनुहुनथ्यो उहाँ त्यो बिमाको स्टारन्डरलाई माथी उठाउँनु भयो तर राजनिति खिचातानीले उँहालाई अन्त सरुवा गरे पछि बिमामा त्यत्ति राम्रो परिवर्तन हुन सकेन बिमित कम कम हुँदै गए त्यो स्थिति कमजोर हुन थाल्यो सरकारले फ्रि बढाए पछि फ्रि काम गर्नु पर्छ भन्ने होइन आफ्ना हाम्रा मान्छे भन्ने चलन छनी ? स्वाथ्यको भने पछि लागु गर्न नसक्ने सरकारको कमजोरी राजनितिक अदुरर्दशिता हो त्यो लागु हुनु पर्छ । अरु मुलुकबाट पनी नेपाल सरकारले बुज्नु पर्छ मन्त्रालय बिभाग प्रदेश गम्बिर हुनु पर्दछ ।
अन्तमा, तपाईको केही थप भनाई छ कि ?
जनतालाई दिने कुनै पनि सेवा प्रभावकारी हुनुपर्दछ । क्षमतावान मान्छेलाई सम्मान गर्नु पर्दछ र अवसर दिनु पर्दछ । क्षमताको कदर गरिनुपर्दछ । शिक्षाको सम्मान गर्नुपर्छ । नागरिकलाई पूरै अधिकार प्रत्याभूत गरिनुपर्छ । राज्यप्रति नागरिकले गर्व गर्ने वातावरण राज्यले निर्माण गर्नुपर्छ । त्यसो भयो भने नागरिक आफै राज्यप्रति वफादार हुन्छन र आफ्नो कर्तव्य पनि खुसी भएर पालना गर्दछन् । खासगरी नागरिकलाई खुसी बनाइयो भने सबै कुरा व्यवस्थित हुन्छ । दक्ष जनशक्तिलाई योजनाबद्ध विकास गरिनुपर्छ । सबैको क्षमताको कदर गर्नुपर्छ ।
