जुम्ला, चन्दनाथ बहुउदेश्य शहकारी संस्था २०३१ सालमा स्थापना भई शहकारीको माध्यमबाट बैंकिङ्ग कारोवार गरि रहेको छ । यस संस्थाको पुजी ३० करोड रहेको छ । संस्थाको सदस्य संख्या हाल सम्म १५७६० जना रहेका छन । कार्यक्रम कर्णाली प्रदेशका ६ वटा जिल्लामा सञ्चालन गरिएको छ । मुख्य कार्यालय जुम्लाको सदरमुकाम खलङ्गामा रहेको छ ।
२०६८ सालमा लघु बित्त कार्यक्रमको सुरुवात भएको र ८२ जना प्रत्यक्ष रोजगारमा लाभान्वित रहेका छन । हाल शहकारीका आफ्नै २ वटा वोडिङ्ग सञ्चालनमा रहेका छन । धितालिहिन र २ अक्रो वोडिङ्ग कनकासुन्दरि को गोठिजिउलामा रहेको छ । जुम्लाको सबै कृषि अर्गानिक उत्पादनहरुलाई सुर्खेतमा राखेको र त्यहाँबाट बजारमा पुग्ने कार्यालय प्रमुख पाण्डेले बताएका छन ।
यस संस्थाका समुहमा रहेका सदस्यहरुलाई बिरामी भएको बेला उपचार गर्ने उदेश्यले २ जना स्वाथ्य कर्मी राखेको छ । जसमा अनमी १ जना एच ए २ जना रहेका छन । उपचारका लागि कर्मचारी सबै समुहमा चेक जाँच गर्ने गर्दछन । यो आफ्नो फरक पहिचान हो र दुर्गममा यस्ता सेवा दिने अरु संस्था नभएको समेत पाण्डेले बताए । उहाका अनुसार हाल शहकारी सञ्चालक ९ जना सबै विषय विज्ञ रहेको बताए ।
ब्यावसाय गर्न सदस्यहरुका लागि शिखर ईन्सोरेन्सबाट बिमाको पनि व्यावस्था रहेको छ । शहकारीमा हाल सम्म ८६ करोड सम्म लगानी छ । उत्पादन मुखी लगानीमा जोड दिने गरेका छौै । जुम्लामा कृषि भैसी पालन भेडा पालन फ्रेस हाउस म.म. व्यवसायीमा लगानी गरिएको छ । १५७६० घर परिवारसंग प्रत्यक्ष जोडिएर काम गरेका छौ । बचत ऋणमा पनि नियमितता रहेको पाण्डेले बताउछन । जुम्लाका १३२ शहकारी मध्ये अग्रस्थानमा हामो्र संस्था पर्छ । जुम्लामा १९ वटा क वर्गका शाखा बैंक ११ वटा लघु बित्त संस्था २ वटा विकास वैंक कार्यरत छन ।
हाल संस्थाले बिना धितो ३ लाख ऋण दिने व्यवस्था छ । हाल सम्म ३० करोडको कारोवार गरिरह्ेको छ । व्यवसाय गर्ने उद्यमिका लागि व्यावसायिक योजना बनाएर ऋण दिदा वैज्ञानिक हुने पाण्डेले बताए । यसैले गर्दा चन्दनाथ बहुउदेश्य सहकारी संस्थाको तिव्र गतिमा अगि बढेको उनले बताएका छन । अर्का शाखा प्रमुख हेमराज आर्चायले हाल महिला सदस्यहरुको बचत गर्ने बानिको विकास भएको पनि बताए । यस शाखामा २३०८ जना महिला सदस्यहरु रहेको छन।७२५ जना सदस्यलाई ऋण लगानि गरिएको छ । ।
