Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्रहरीको कडा सुरक्षा घेराभित्रै बास्कोटाको घरमा कसरी पड्कियो बम


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, फाल्गुन २८, २०७६

प्रहरीको कडा सुरक्षा घेराभित्रै बास्कोटाको घरमा कसरी पड्कियो बम

काठमाडौं । भक्तपुरको लोकन्थली पुलबाट करिब दुई सय मिटर दक्षिणमा पुगेपछि पूर्वतिर छिर्ने बाटो आउँछ । करिब ५० मिटर अगाडि बढेपछि निवर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा पुगिन्छ ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि १० फागुनमा बास्कोटाले राजीनामा दिएका थिए । त्यसलगत्तै प्रहरीले उनको पुरानो तर, निर्माणाधीन घरमा सुरक्षा दिन थालेको थियो ।

प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सर्वसाधारणको मत आकर्षित गर्न भ्रष्टाचारमा मुछिएका व्यक्तिविरुद्ध कारबाही गरिरहेको सन्दर्भमा राजीनामापछि बास्कोटा थ्रेटमा रहेको सुरक्षा संयन्त्रणको विश्लेषण थियो ।

त्यहीअनुसार नेपाल प्रहरीले एकजना हवल्दार र जवानलाई २४ सै घन्टा बास्कोटाको घरमा खटाएको थियो । त्यहाँ सशस्त्र प्रहरीले पनि नायव निरीक्षक (सई) को नेतृत्वमा नियमित गस्ती गर्दै आएको थियो । राष्ट्रिय अनुसन्धान विभागका सादा पोशाकका अधिकृतले पनि यो ठाउँका निगरानी गरिरहेकै थिए ।

प्रहरी सुरक्षाको चौघेरामा रहेका बेला बुधबार बिहान सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठाउने गरी बास्कोटाको घरमा बम विष्फोट भयो । बिहान ७ः४० बजे रिमोट कन्ट्रोलबाट प्रेसर कुकर बम विष्फोट गराइएको अनुसन्धानबाट खुलेको छ ।

घटनामा कुनै मानवीय क्षति त भएन तर, छिमेकी कपिलदेव घिमिरे र शारदा बस्नेतका घरमा समेत लाखौं बराबरको भौतिक क्षति पुगेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङलाई पक्राउ पनि गरेको छ ।

प्रहरी चिया खान जाँदा घटना, सुरक्षा संयन्त्रको क्षमतामाथि प्रश्न

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार बिहान ७ बजेतिर घरमा काम गर्ने मजदुरलाई प्रहरी जवानले नै उठाएका थिए । मजदुरलाई उठाएर चिया खान गएका बेला विष्फोट भएको ड्युटीमा रहेका जवानले वयान दिएका छन् ।

बस्नेत र घिमिरेको घरको बीचमा रहेको खाली ठाउँबाट छिरेर ७ः३० देखि ७ः३५ को बीचमा प्रेसर कुकर बम राखिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी बताउँछ । बम राखेको ५ मिनेटको अवधिमा विष्फोट गराइएको पाइएको प्रहरी दाबी छ ।

छिमेकीले पनि घिमिरेको घर पछाडि पट्टि थुपारिएको गिटी छेऊ एक व्यक्ति उभिएको देखेको वयान दिएका छन् । त्यही ठाउँबाट बम विष्फोट गराउन प्रयोग भएको रिमोट पनि बरामद भएको थियो ।

अपराधस्थलमा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि बरामद भएकाले अनुसन्धानको सुई विप्लव समूहतर्फ सोझिएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी सविन प्रधान बताउँछन् ।

प्रधानले रिमोट थिचिएको स्थान नजिकै उभिएर सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै भनेका छन्, ‘पूर्वसञ्चार मन्त्रीज्यूको घरचाहिँ अलिकति थ्रेटमा छ भन्ने महसुस गरेर हामीले २४ सै घण्टा ड्युटी तैनाथ गरेको अवस्था पनि थियो ।’

एसपी थापाले बास्कोटाको घरमा यस्तो घटना हुन सक्ने पूर्वानुमान प्रहरीलाई रहेको बताउँदै भनेका छन्, ‘हामीले नियमितरुपमा कुनै पनि ठाउँमा कुनै प्रकारको घटना हुन्छ भन्ने अनुमान पनि गर्छौं र त्यही अनुमानको आधारमा सर्टेन एरिया कभर गरिराखेको हुन्छ ।’

एसपी प्रधानले घटनाको पूर्वाभास भएको दाबी मात्र गरेका छैनन्, त्यहाँ २४ सै घण्टा ड्युटीमा प्रहरी तैनाथ गरिएको पनि बताएका छन् । तर, बुधबार बिहान पौने ८ बजे बम पड्किएपछि मात्रै ‘२४ सै घण्टा ड्युटीमा रहेका’ प्रहरीले विप्लव समूहको आक्रमणबारे पत्तो पाए ।

त्यति मात्र होइन, बास्कोटाको घर जाने बाटो र वरपर क्लोज सर्किट (सीसी) क्यामरा समेत नभएको अध्ययन गरेर विप्लव कार्यकर्ताले खुलेआम प्रेसर कुकरको झोला बास्कोटा निवासको पूर्वपट्टी रहेको पर्खालमा राखेका छन् ।

यो घटनाले मुलुकको फ्रन्टलाइन सुरक्षा संयन्त्रको चुनौति विश्लेषण र परिचालन क्षमतामाथि गम्भीर प्रश्न उठाइदिएको छ । प्रहरीका लागि यो लज्जास्पद घटना पनि हो ।

तीन जिल्लाको प्रहरी परिचालनको जिम्मेवारी लिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेल भन्छन्, ‘प्रहरीबाट कहाँ ल्याप्सेस भयो भन्ने विषयमा पनि अनुसन्धान हुन्छ ।’

सञ्चारमन्त्रीबाट राजीनामा दिइसकेपछि बास्कोटाले बालकोटस्थित केपी ओलीनिवास छाडने चर्चा चलेको थियो । तर, उनले आफू बस्ने घरको व्यवस्थापन गर्न नभ्याएकाले सो घरमा सर्न ढिलाइ भएको थियो । उनी त्यहाँ सरिसकेको भए मानवीय क्षति पनि हुन सक्थ्यो ।

तर, घर पुनर्निर्माण नसकिएका कारण उनी दुई महिनापछि यहाँ सर्ने योजनामा थिए । तर, बिस्फोटको घटनापछि उनको बालबोक बसाइ थप लम्बिने देखिएको छ ।

छिमेकीहरुका अनुसार पूर्वमन्त्री बास्कोटाले सो घर १५ वर्ष पहिले नै बनाएका हुन् । मन्त्री हुनुपूर्व उनको परिवार त्यही घरमा बस्थ्यो । तर, एकतले घर साँघुरो भएको भन्दै पुरानो घरमा दुईतला थप्ने कार्य भइरहेको थियो । थपिएका तल्लामा ३/३ वटा गरी ६ वटा नयाँ कोठाहरु निर्माणाधीन छन् ।

पौने ४ आनामा घर बन्दाखेरि यो ठाउँ नगरपालिकाभित्र पर्दैनथ्यो । दिव्यश्वरी गाविस हुँदाखेरि सो फाँटमा बास्कोटाको सहित त्यसबेला ५/६ वटा घरहरु मात्र थिए । सुरुमा बाटोसमेत थिएन । गाविस भएकाले नक्शा पाससमेत नगरी त्यहाँ ६ वटा घरहरु बनेको स्थानीयबासी बताउँछन् । पछि यहाँ अरु ठूला घरहरु थपिएको स्थानीयको भनाइ छ ।

बास्कोटामाथि छानविन खोई ?

पूर्वमन्त्री बास्कोटा ७० करोडको कमिसन प्रकरणमा विवादमा मुछिएका व्यक्ति हुन् । सुरक्षण मुद्रण खरीद प्रकरणका बिचौलिया विजयप्रकाश मिश्रसँग कमिसनको कुराकानी भएको अडियो टेप बाहिरिएपछि बास्कोटा यतिबेला सर्बत्र आलोचनाका पात्र बनेका छन् । बास्कोटाले नैतिकताका आधारमा राजीनामा त दिएका छन् । तर, उनीमाथि छानविन र कारवाही अघि बढेको छैन ।

कमिसनको विवादमा मुछिएका बास्कोटामाथि छानविन हुनैपर्छ र दोषी प्रमाणित भएमा उनी जेल जानैपर्छ । सत्ता र शक्तिको आडमा बास्कोटामाथि छानविन नगरिकन उनलाई उन्मुक्ति दिन मिल्दैन । तर, यसको अर्थ उनको घरलाई लक्षित गरेर छिमेकीको घरमा समेत क्षतिपुग्ने अनि स्थानीयबासीलाई आतंकित बनाउने जुन कार्य विप्लव समूहले गरेको छ, यो जघन्य हिंसात्मक कार्यलाई समर्थन गर्न सकिँदैन ।

मन्त्रीबाट राजीनामा दिइसकेपछि पनि अहिलेसम्म बास्कोटामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदीय समिति वा उनीसम्वद्ध पार्टी नेकपाले पनि कुनै छानविन अगाडि बढाएको छैन । बास्कोटामाथि छानविन नगरिनु र मौनता साँधिनु सम्वद्ध निकायहरुको गम्भीर लापरवाही हो ।

अख्तियारले बास्कोटामाथि अविलम्व छानविन अगाडि बढाउन र सोको जानकारी सर्वसाधारणलाई दिन जरुरी देखिएको छ । तर, भ्रष्टाचारको मुद्दामाथि कारवाही चलाउनुपर्ने निकायहरुले कानमा तेल हालेर बसेकै बेला ‘पब्लिक सेन्टिमेन्ट’ आफूतिर तान्ने नियतले विप्लव समूहले जसरी भक्तपुरमा सर्वसाधारणलाई आतंकित पार्ने गरी बम बिस्फोट गरायो, यो निन्दनीय घटना हो ।

वर्षभरि रोकिएन हिंसा

बुधबार विप्लव समूहमाथि प्रतिबन्ध लगाइएको एक वर्ष पूरा भएको छ । यो अवधिमा नेपाल प्रहरीले एकजना स्थायी समिति सदस्यसहित तीन हजार २ सय ९८ जना विप्लव समूहका नेता, कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयले उपलब्ध गराएको विवरण अनुसार तीमध्ये दुई हजार ९ सय ४२ जनाविरुद्ध विभिन्न कसूरमा मुद्दा दर्ता भएको छ । प्रहरीले ३ सय ५२ जनालाई सोधपुछपछि छाडेको छ भने २ हजार ७ सय १६ जना मुद्दा दर्ता भइसकेपछि छुटेका छन् । यद्यपि, विप्लव समूहको हिंसात्मक गतिविधि रोकिएको छैन ।

सरकारले विप्लव समुहमाथि प्रतिवन्ध लगाएको ठीक एक वर्ष पुगेकै दिन पूर्वमन्त्रीको घरमा बम बिस्फोट भएको छ । यो घटनाले काठमाडौं उपत्यकाभित्रै पनि ओली सरकारले शान्ति सुरक्षा कायम गर्न सकेको छैन भन्ने उजागर गरिदिएको छ । यो एक वर्षको अवधिमा प्रहरीले विप्लव समूहलाई निस्तेज पारेको दाबी गरिरहँदा भक्तपुरको यो घटनाले गृह प्रशासनको दाबीलाई खण्डन गरेको छ ।

कलंकीबाट २३ साउन २०७५ मा समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गिरफ्तारीपछि प्रहरीले विप्लव समूहको गोप्य डायरी बरामद गरेको थियो, जसमा हालका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतलाई सेबोटेज गर्ने भनिएको थियो । साथै, कारबाही गर्ने तयारी गरिएका व्यक्ति र संस्थाको सूची पनि डायरीमा समावेश गरिएको थियो ।

त्यसयता डायरीमा उल्लेख गरिएको तयारी अनुसार परिचालन भएको छनक दिने गरी श्रृंखलावद्ध विष्फोटन एवं हिंसात्मक गतिविधि भए । नख्खुस्थित एनसेल प्रा.लि.को मुख्यालयमा १० फागुनमा लमजुङका सिंहप्रताप श्रेष्ठको ज्यान जाने गरी विष्फोट भयो ।

त्यसलगत्तै विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको थियो । यो अवधिमा प्रहरीसँग भएको मुठभेडमा विप्लव समूहका ३ जना नेता मारिएका छन् भने नेपाल प्रहरीतर्फ पहिलो पटक २५ असारमा भोजपुरमा जवान सञ्जिव राई मारिएका छन् ।

विप्लव समूहले सुरक्षा निकायमाथि आक्रमण गर्ने कुनै नीति नभएको बताइरहे पनि हिंसात्मक गतिविधि रोकिएका छैनन् । समूहले १३ जेठका लागि आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा अनामनगर र वसुन्धारामा भएको ‘आत्मघाती’ विष्फोटमा पार्टीकै ४ जना कार्यकर्ताहरु मारिएका थिए । विस्फोटमा परेर ज्यान गुमाउनेमा समूहको सैन्यतर्फका विभुराम भनिने दीपेश बिक, गोकुल राना मगर, निरन्तर मल्ल र प्रज्वल शाही थिए ।

त्यसैगरी धनगढीमा २ साउनमा भएको विष्फोटमा पनि पूर्वलडाकू समेत रहेका विप्लव समूहकै कार्यकर्ता राम सिंहको मृत्यु भएको थियो । प्रहरीको गोलीबाट विप्लव समूहका नेता कुमार पौडेलको ‘गैरन्यायिक हत्या’ भएको छ । मानव अधिकार आयोगले प्रकरणमा संलग्न प्रहरी अधिकृतविरुद्ध कारबाही गर्न निर्देशन दिए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

प्रतिवन्धको सुरुवाती दिनमा समूह आक्रमक देखिएको थियो । तर, एक वर्षे अवधिपछि उसको संगठन छिन्नभिन्न बनेको प्रहरीको दाबी छ । यो समूह रक्षात्मक मोडमा उभिएको सरकारी दाबी छ ।

जनमत आफूतर्फ आकर्षित गर्न गरिएका कारबाहीमा आफ्नै नेता, कार्यकर्ता र लडाकुको मृत्यु हुनुले संगठनका सदस्य भयमा छन् । समूहका ९ सय ७३ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सुरक्षा निकायबाट पक्राउ परेका अधिकांश व्यक्ति पार्टी छाड्दै थुनामुक्त हुने गरेका छन् ।

पछिल्लो पटक नेत्रविक्रम चन्द निकट मोहन कार्की उर्फ जीवन्त प्रतिबन्ध पार्टी छाडेर २६ पुसमा सत्तारुढ नेकपा प्रवेश गरेका छन् । कार्की पार्टीभित्र वार्ताका पक्षधर नेताका रुपमा चिनिन्थे । विप्लवसँग कार्यदिशा नभएको उनको विश्लेषण छ । पहिले प्रचण्डसँग भेटेर छलफल गर्ने बताए पनि बीचमा भेट्न नमानेर आफ्नै अडानबाट विप्लव पछि हटेको कार्कीको आरोप छ ।

सरकारले लगाएको प्रतिबन्धपछि महासचिव विप्लव र दोस्रो वरियताका प्रवक्ता प्रकाण्डबीच पनि विवाद चुलिएको चर्चा चल्यो । आर्थिक विभागको समेत जिम्मेवारी लिएका प्रकाण्डले हिसाब–किताब पारदर्शीपूर्ण ढंगले नराखेको विप्लव पक्षधरहरुको आरोप थियो ।

सार्वजनिक यातायातमा चढ्न निषेध गरे पनि निर्देशन नमान्दा प्रकाण्ड पक्राउ परेको विप्लवको निष्कर्ष थियो । त्यसैले समूहको आन्तरिक सूचना चुहाएको आरोप लगाउँदै प्रकाण्डलाई प्रवक्ताबाट हटाइएको थियो ।

विभिन्न क्षेत्रमा भएका विष्फोटनबारे जिल्ला र स्थानीय स्तरका नेतालाई पनि जानकारी नदिइएको भन्दै समूहभित्र असन्तुष्टि सिर्जना भयो । नख्खु विष्फोट भइसक्दा पनि जीवन्त र माइला लामाहरुलाई थाहा थिएन । समाचार पढेर मात्र विष्फोटबारे थाहा पाएपछि उनीहरुले असुन्तष्टि जनाएका थिए ।

केही महिनाअघि सिन्धुलीमा भएको केन्द्रीय कमिटी बैठकमा पनि अधिकांशले विष्फोटन र युद्धको बाटोबाट लक्ष्य प्राप्त हुन नसक्ने बताएका थिए । बैठकमा वार्ता तयारीबारे प्रश्न उठे पनि विप्लवले स्पष्ट जवाफ दिएका थिएनन् । त्यसपछि पार्टीभित्रको विवाद झन् बढेको थियो ।

आन्तरिक विवाद बढ्दै जाँदा अहिलेसम्म समूहका ९८३ जनाले पार्टी परित्याग गरिसकेका छन् । पार्टी त्याग गर्नेमा प्रदेश नं. १ का १ सय ३९, २ का २४, ३ का १ सय ९६, गण्डकी प्रदेशका ७६ जना, ५ नं. प्रदेशका १ सय ३१, कर्णाली प्रदेशका ६८ र सुदुर पश्चिम प्रदेशका १ सय ७८ जना रहेको सरकारी तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn