Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

११३७ मा फोन गर्नुस्, खाद्यान्न आउँछ


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, चैत्र १२, २०७६

११३७ मा फोन गर्नुस्, खाद्यान्न आउँछ

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन्।

मन्त्री, सचिव, सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय एवं निजी क्षेत्रसँग नियमित फोन संवाद गर्ने, आवश्यक सहयोग गर्ने र सहज तरिकाले अत्यावश्यक मालवस्तुको आयातमा सरकार २४ सै घण्टा परिचालित भइरहेको मन्त्री भट्टले राससलाई जानकारी दिए। उनले भने ‘दैनिक उपभोग्य वस्तुदेखि औषधि तथा पेट्रोलिमय पदार्थको आयातका लागि सबै व्यवस्था मिलाइएको छ ।’

उपत्यकामा दुईदर्जन मिनीट्रक तयारी अवस्था

सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको उनले जानकारी दिए। काठमाडौँ उपत्यकाको हकमा अत्यावश्यक वस्तु पुराउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको छ । काठमाडौँमा १५, ललितपुर र भक्तापुरमा सात/सात मिनीट्रक तयारी अवस्था छन् । ‘ती मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु पुर‍‍्याइने छ’, मन्त्री भट्टले भने, “जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यहाँ पुराउँछौ‌‌‍।’

त्यसका लागि मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । “कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नुपर्छ”, उनेले भने , ‘तत्कालै अत्यावश्यक वस्तुसहितको सरकारी टोली त्यहाँ पुग्छ । अहिले हामी त्यसको तयारीमा छौँ ।’

कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा पुराउने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको उहाँको भनाइ थियो । “त्यो स्थितिको सामाना गर्न हामी तयार हुनुपर्छ”, मन्त्री भट्टले भने ।

जनताको भान्छामा अत्यावश्यक वस्तुको अभाव हुन नदिन भाटभटेनी, बिगमार्ट, सेल्सवेरीलगायत ठूला व्यापारिक प्रतिष्ठानलाई आफ्ना ग्राहकलाई नियमित सामान पुरायाउने व्यवस्था गर्न भनिएको उनले बताए। ‘टेलिफोन तथा अनलाइनबाट ग्राहकसँग आफ्नो अर्डर लिने र घरघरमा पुराउन पनि सहजीकरण गरिरहेका छौँ’, उनले भने ‘त्यस्ता कम्पनीको ‘मोबाइल टिम’ तथा ‘भ्यान’लाई लकडाउनको समयमा निर्वाध सञ्चालनमा ल्याउन दिनका लागि विशेष पासको व्यवस्था गर्दैछौ ।”

सम्बन्धित जिल्ला प्रशासनले पास जारी गरिदिने उनको भनाइ छ । “सङ्कटको समयमा जसरी भए पनि सेवा दिने मनस्थिति बनाएर बस्न उनीहरुलाई आग्रह गरिएको छ”, उनले भने । काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोटलगायत जिल्लाबाट उपत्यकाका लागि तरकारी तथा दूध बोकेर आउने सवारी साधनलाई निर्वाध प्रवेशको व्यवस्था मिलाइएको छ ।

विपद्का समयमा अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै व्यवधान आउन नदिन सरकार प्रत्येक क्षण सचेत अवस्थामा रहेको भन्दै उहाँले ढुवानीका साधन नियमित सञ्चालन होउन् भनेर ट्रक व्यवसायी महासङ्घसँग छलफल गरेको बताए।

‘मैले ट्रक व्यवसायी महासङ्घको अध्यक्ष र महासचिवलाई मन्त्रालयमा बोलाएरै छलफल गरेको छु’, उनले भने ‘कुनै पनि हालतमा ढुवानीका साधन रोकिनु हुँदैन भनेर भनेको छ।’

मङ्गलबार रातिदेखि लागू हुने गरी भारतले २१ दिने ‘लकडाउन’को घोषणा गरेसँगै ग्यासको अभाव हुन नदिन सरकारले विशेष पहल गरिरहेको बताए।

‘नेपालमा ग्यास लिएर आउने भारतीय चालकले बुलेट चलाउन नमानेको अवस्थामा के गर्ने भन्ने विषयमा सरकार गम्भीर छ । हामीले त्यहाँको सम्बन्धित पक्षसँग कूटनीतिक पहलबाट छलफल गर्ने तयारी गरेका छौँ ‘ उनले भने ।

आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न नेपाल र भारतका वाणिज्य सचिवबीच नियमित कुराकानी हुने व्यवस्था मिलाइएको उनले बताए। अहिलेसम्म भारतबाट आयात हुने कुनै पनि वस्तुमा अवरोध नभएको उनको भनाइ थियो।

तीन जिल्लामा खाद्यान्न पठाइयो

अहिले करिब छ महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ । उपत्यका बाहिर खाद्यान्न उपलब्धताको स्थिति के हो भनेर अध्ययन थालिएको मन्त्री भट्टले बताए। ‘ती जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत के कति खाद्यान्नको आवश्यकता हुने हो, अभाव के छ त्यसका बारेमा ‘रिपोर्ट’ पेश गर्न भनेका छौँ, वाणिज्य कार्यालय भएको क्षेत्रमा कार्यालयलाई सक्रिय पारेका छौँ। अनुगमन पनि गरिरहेका छौँ’, उनले भने।

मङ्गलबार साँझसम्म प्राप्त रिपोर्टअनुसार जाजरकोट, पश्चिमरुकुम र मुगुमा केही खाद्यन्न अभाव छ भन्ने पाइएको छ । त्यस्तो रिपोर्ट आउने बित्तिकै तुरुन्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खाद्यन्न आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्री भट्टले जानकारी दिए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार मेट्रिक टन चामल मौज्दात छ । त्यस्तै २० हजार मेट्रिक टन धान सञ्चित छ। साल्ट्र ट्रेडिङसँग नुन करिब १० महिनालाई पुग्ने मौज्दात छ । त्यस्तै दशैँ तिहारसम्म चिनीको कुनै अभाव नहुने देखिएको छ। साल्ट ट्रेडिङसँग दुई/तीन महिनाका लागि पुग्ने चिनी मौज्दात रहेको छ । “हामीसँग चिनीको कुनै अभाव छैन, भर्खरै उखु क्रसिङ भएको छ”, उनले भने ‘उद्योगीसँग पुरानो चिनी पनि मौज्दात रहेको छ । नयाँ चिनी उत्पादन गर्ने काम पनि भइरहेको छ ।’

सात दिनलाई पुग्ने पेट्रोलियम पदार्थको मौज्दात रहेको उनको भनाइ छ । लकडाउनको समयमा अत्यावश्यकबाहेक अन्य सवारी सधान नचल्दा इन्धनको खपत न्यून छ ।

ग्यास अभाव हुन्न

ग्यासको अभाव हुन नदिन नयाँ ढङ्गले योजना बनाइएको उनको भनाइ थियो । केहीगरी ग्यास आउन सकेन भने कसरी आपूर्ति गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको उनले बताए। अत्याश्वक क्षेत्रमा ग्यासको अभाव हुन नदिन एक लाख सिलिण्डर ग्यास भरेर तयारी अवस्थामा राख्न र बाँकी एक लाख सिलिण्डर तत्कालै ग्यास भर्न मिल्ने गरी तयारी हालतमा बस्न पनि उद्योगीलाई निर्देशन दिइएको मन्त्री भट्टले बताए।

उनले आपूर्तिमा कुनै समस्या आउन नदिने दृढतासमेत व्यक्त गरे। ‘हामीलाई जनता र सञ्चारमाध्यमको सहयोग चाहिन्छ’, उनले भने ‘अभाव भएका स्थानबारे सही जानकारी दिनुपर्छ हाम्रो टोली त्यहाँ पुगिहाल्छ ।’

दैनिक ज्यालादारी मजदूरको जीवनयापनमा समस्या आउन सक्नेतर्फ सरकारकाले गम्भीतापूर्वक ध्यान दिएको उनले बताए।

‘दैनिक ज्यालादारीले काम नभई तलब पाउँदैनन्, नेपाल सरकारका निकायमा पनि सयौँको सङ्ख्यामा दैनिक ज्यालादारीका कर्मचारी छन् । त्यस्तै निजी क्षेत्रमा पनि त्यस्ता मजदुर छन् । ज्यालादारी मजदुरको हातमुख जोर्ने विषयलाई कसरी समाधान गर्ने भन्नेतर्फ लागेका छौँ’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn