
सिजादर्पण काठमाण्डौ ३ बैशाख । कोरोनाभाइरसले छिमेकी भारतमा पनि महामारीको रुप दिँदैछ । पछिल्लो चौबिस घण्टामा मृत्यु र संक्रमितको संख्यामा बृद्धि भएसँगै भारतमा पनि नियन्त्रण बाहिर जाने अनुमान गर्न थालिएको छ ।बुधबार विहानसम्म आइपुग्दा भारतमा मृत्यु हुनेको संख्या ३९६ पुगेको छ भने संक्रमितको संख्या १२ हजार नजिक पुगेको छ । एकैदिन संक्रमित हुनेको संख्या एक हजारभन्दा बढी रहेको छ ।भारतको महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा प्रभावित छ । त्यहाँ अहिलेसम्म एक सय ७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने दुई हजार ६ सयभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ ।त्यस्तै मध्य प्रदेशमा ५० जनाको यो भाइरसको कारण मृत्यु भएको छ । दिल्लीमा ३० जना र गुजरातमा २८ जनाको मृत्यु भएको छ ।भारतिय संञ्चार माध्या हरुले उल्लेख गरेका छन ।
