सिजादर्पण सम्वाददाता बैशाख ४ कालिकोट । विश्व कोरना भाइरसको महामारिवाट आक्रान्त वनेकावेला कालिकोट को नरहरिनाथा गाउँपालिका का जनप्रतिनिधि आफै पनि वस्तिमा लकडाउन न लाइ व्यवस्थित गर्न क्रियासिल भएर लागेका छन । हाल नेपालमा भाइस संक्रमित कोसंख्या करिव १३ जना पुगेको छन । विदेश वाट आएका व्यक्ति हरुमा मा यस्तो संक्रमित देखापरेको स्वास्थ्य मन्त्रा लयका प्रवक्ता विकास देवकोटा ले जानकारि दियका छन ।
हाल सरकारले भाइरस नफैलिन दिनका लागि मुलुकभरमा चैत्र ११ गतेवाट लकडाउन लागुगरेको हो । कर्णाली प्रदेश सरकारले पनि प्रदेश का १० ओटै जिल्ला मा लकडाउन लाइ कडाइगर्न स्थानिय सरकार लाइ निर्देशन गरेको छ । कालिकोट जिल्ला को नरहनिाथ गाउँपालिको सदरमुकाम मादम देखि पश्मितिर पर्दछ । अछाम जिल्ला सग सिमाना जोडियकोले यो गाउँपालिकामा लुकीछिपि मानिस हरु लाइ आउन नदिनका लागि रुप्सा नाकामा प्रहरी चेकजाच गर्ने गरेको र गाँउपालिकाले आवागमनमा समेत कडाइ गरेको नरहरिनथ गाउँपालिका का अध्यक्ष धिर वहादुर विष्टले जानकारि दियका छन ।
यो पालिकामा यस्तो संक्रमण वाट जनता हरुलाइ सचेत पार्नकालागि सवैवडा हरुमा लगडाउनलाइ पालना गर्न आवाहान गरेको र लगडान मा समस्यापरेका हरु आर्थिक स्थिति कमजोर भएका हरु र ज्यालामजदुरि गरि खाने कालगि भोकै वस्नुनपरोस भनेर सवै वडा हरुवाट त्यस्ता व्यक्ति छनौट गरि २८० जना लाइ राहात वितरण पनि गरेको र प्रत्यक घरमा सावुन माक्स वितरण गरेको पनि विष्टले जानकारि दियका छन ।गाउगाउँमा स्वयमसेवक परिचालन गरेर वडा हरुमा स्वास्थ्य समस्या लाइ पनि पालिकामा जानकारि ल्याने र त्य स्ता समस्या परेकालाइ समाधान गर्ने गरेको विष्टले वताए ।
४८ जना भारत वाटआयका हरुलाइ क्वारेन्टाइनमा राखेर स्वास्थ्यकर्मिको चेकजाच पछि घर मा पठायको र ६ जना नति अभःै क्वारेनटाइन मा राखेको वताए ।४५ जना स्वयमस्वक परिचालन पनि गरेका छन भने झोलामा औषधिवोकेर ३२ जना स्वस्थ्य कार्मि प्रत्यक गाउँ वाडमा पुग्नेगरेका छन । पालिका मा २ ठाउ हेल्प डेस्क क्वारेन्टाइनपनि व्यवस्था गरेको र विपत व्यवस्थापन कोष मा कवि २०लाख छुटयाको छ । नरहरिनाथ गाउँपालिकामा ४५०० घरधुरि रहेका छन ।
गाउँपालिकामा कोरना महामारिको प्रवाह नगरि सवैजनप्रतिनिधि हरु क्रियाशिल भयर लागेको र कोरना भाइरसलाइ परास्त गर्नकालागि सिगो नरहरिनाथ गाउपालिका एक भएर लाग्ने अध्यक्ष धिर व विष्ट ले सिजादर्पणसग वतावताए । कोहि त्यस्तो संक्रमित विरामि भएपछि प्रदेश अस्पताल सुर्खेत र कर्णाणी स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्ला मा उपचार गर्न लिन सकिने समेत विष्टले वताए ।
