सिजादर्पण ६ बैशाख सुर्खेत कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी बबईमा अलपत्र ८० नागरिकको व्यवस्र्कनुभएको छ ।लकडाउनका कारण अलपत्र परेका नागरिकको अवस्था बुझ्न आज कर्णालीको प्रवेशद्वार मानिने भेरीगङ्गा नगरपालिका सुर्खेतको बबई पुग्नुभएका कानूनमन्त्री भण्डारीले उक्त नगरपालिकाका प्रमुख तथा वडाध्यक्षसँग समन्वय गरेर उनीहरुलाई त्यहाँ व्यवस्थापन गरेर फर्कनुभएको हो । “अलपत्र विभिन्न ठाउँमा आएर अलपत्र परेका नागरिकलाई त्यहाँको क्वारेन्टाइनमा राखेका छौँ”, उहाँले भन्नुभयो, “खानपिनको समस्या भए कर्णाली प्रदेशले उनीहरुलाई सहयोग गर्नेछ ।”
बबईमा निर्मित क्वारेन्टाइनमा सुर्खेत, दैलेख, कालीकोट, जुम्लालगायतका नागरिक रहेका उहाँको भनाइ थियो । त्यसैगरी, मन्त्री भण्डारीले ३८ जना राखिएको छिन्चु क्वारेन्टाइनको पनि अवलोकन गरिएको बताउनुभयो । यहाँको समग्र लकडाउनको अनुगमन गर्नुभएका मन्त्री भण्डारीले अलपत्र परेका नागरिकलाई क्वारेन्टाइनमा सम्पर्क राख्न आग्रह गर्दै उनीहरुको खानपिनको व्यवस्था सरकारले गर्ने जनाउनुभएको छ ।एनपिन्यूज वाट
