सिजादर्पण सम्वाददाता ११ बैशाख कालिकोट । पचालझरना गाँउपालिकामा कोरनाभाइरस विरुद्धको लकडाउनलाइ प्रभावकारिरुपमा लागु गर्नकालागि पालिकापा सवै जनप्रतिनिधि र कर्मचारि हरु क्रियाशिलरुपमा लागिपरेको पचालझरना गाउँपालिका का अध्यक्ष खडकराज सेजुवालले वताए ।
लकडाउनकको अबधिमा सवै वडाहरुमा स्थानिय नागरिक हरलाइ सचेत पार्नकालागि ३ चरणको कामगरेका छौ पहिलो चरणमा मा सवै वडामा नागरिकहरु लाइ कोरना भाइरस वारे चेतना मुलक सन्देश दियर २५०० गोटा सावुन वितरण गरेको छौ। दाश्रो चरणमा १५००० थान माक्स वितरण गरेका छौ र तेश्रो चरणमा वाहिरका जिल्ला र छिमेकि मुलुक भारतवाट आयका लाइ क्वारेनटाइन माराखेर स्वास्थ्यपरिक्षण गरि घरमा पठाइ घरमा सुरसक्षित वस्नका लागि सवैलाइ आग्रह गरेको गाँउपालिकाका अध्यक्ष्य वताए काछन ।
लकडाउनको वेला जनताइ भोकमरिको समस्या हुननदिन कालागि राहत वितरण गरेको र राहत भने वाहिरवाट खरिद नगरि स्थानिय किषानवाट कालिकोटमै उत्पादन गरियको अर्गानिक उत्पदन मकै र,कोदो ,खरिद गरेर गाँउपालिकामा करिव १८० जनालाइ पति व्याक्ति ५० कि लो कादरले राहत उपलब्ध गरायको स्थानिय लाइ कमसल खालको खाद्य सामग्री नहोस भनेर लोकल उत्पादित वस्तु लाइ राहत वितरण गरेको सेजुवाल ले जानकारि दिए ।
पचालझरना गाँउपालिका मा पहिले नै विपतकोष मा करिव रु१० लाख छुटयाको थियो भने अहिले भने कोरनामहामारिलाइ मध्यनजर गरि पालिका वाट रु ३५ लाख र कर्णालाी प्रदेश सरकार ले १५ लाख सहयोगर्ने भयपछि । विपद कोष ५० लाख जम्मा हुने भयाको छ ।
विभिन्न संघसस्था हरुले पनि पचालझरना गाउँपालिकामा सहयोग गर्ने प्रतिवद्धता जनाएकाछन । स्वास्थ्य को सन्दर्भमा गाउँपालिकामा करिव ५० जना स्वास्थ्य कर्मि हरु क्रियाशिल रुपमा रहेका छन र सवै वडामा कर्मचारिहरु सक्रियरुपमा लागिपरेको अवस्था छ भने इमरजेन्सि स्वास्थ्य सेवाका लागि एक एम्वुलेन्स पनि तयारी अवस्थामा रहेको छ र कोरना महामारि वाट वच्नर वचाउन एक आपसमा सवैको सकारात्मक सहयोको खाचो भयको पचालझरना गाँउपालिकाका अध्यक्ष खडकराज सेजुवाल ले सिजादर्पण सग वताएका छन ।

