Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको ध्यान : कोरोना भगाउने कि कुर्सी जोगाउने ?


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, बैशाख १४, २०७७

प्रधानमन्त्रीको ध्यान : कोरोना भगाउने कि कुर्सी जोगाउने ?

सिजादर्पण १४ वैशाख, काठमाडौं । अध्यादेश प्रकरण र समाजवादी पार्टी फोर्ने असफल षड्यन्त्रबाट ‘ब्याक’ भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले माधवकुमार नेपाल र वामदेव गौतमजस्ता शीर्षनेताहरुसँग सघन छलफलमा जुटेका छन् ।

यो छलफल कोरोना महामारीबाट देशलाई कसरी जोगाउने भन्ने चिन्तामा केन्द्रित नभई आफ्नो कुर्सी कसरी जोगाउने भन्ने चिन्ताबाट बढी निर्देशित देखिन्छ ।बेमौसममा अर्काको पार्टी फुटाउनका लागि प्रधानमन्त्रीकै निर्देशनमा सांसदको ‘अपहरण’ गरिएपछि ओली सरकार राष्ट्रिय बेइज्यतीको शिकार बनेको छ ।

समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवलाई जबरजस्ती काठमाडौं ल्याइएको खुलासा भइसक्दा पनि प्रधानमन्त्रीले यसको जवाफ जनतालाई दिन सकेका छैनन् ।

अहिले प्रधानमन्त्री ओली पार्टीभित्रका सबै तहमा अल्पमतमा परिसकेका छन् । संसदीय दलमा पनि उनी अल्पमतमा छन् । संसदीय परम्पराअनुसार पार्टीमा अल्पमतमा परिसकेपछि र गम्भीर नैतिक प्रश्न उठिसकेपछि के गर्नुपर्छ, त्यसको जानकार उनी पक्कै छन् ।प्रधानमन्त्रीको नैतिकतामाथि नै पार्टीभित्रैबाट प्रश्न उठेकाले अब बस्ने स्थायी कमिटी वा केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको माग हुन सक्ने प्रष्ट देखिएको छ । र, त्यस्तो भएमा उनी अल्पमतमा पर्ने निश्चित छ ।

पार्टी सचिवालयबाट नभएर महेश बस्नेत, गोकुल बास्कोटा र सर्वेन्द्र खनालहरुको सल्लाह( सहकार्यमा चलिरहेका प्रधानमन्त्री ओली पार्टी पद्दतिमा चल्नुको साटो फेरि पनि गणितीय जोडघटाउमा लाग्ने र आफ्नो पक्षमा बहुमतमा लाग्ने खेलमा लागेका छन् ।

यसका लागि उनले नेकपाका सांसदहरुको नामावली संकलन गरेर विपक्षमा रहेकाहरुलाई आफ्नो गुटतिर ल्याउने खेल सुरु गरिरसकेका छन् । यही सिलसिलामा प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतमसँग बालुवाटारमा लामो छलफल गरेका हुन् ।यी छलफलहरुमा पनि उनी पार्टी निर्णय मानेर चल्नेतर्फ नभई पूर्वमाओवादी र पूर्वएमालेको कार्ड खेल्न चाहन्छन् भन्ने संकेत देखिइसकेको छ ।

अहिले पनि प्रधानमन्त्री ओली आफूलाई माधवकुमार नेपाल र वामदेव गौतमहरुले विगतमा जस्तै साथ दिन्छन् र सत्ता जोगाइदिन्छन् भन्ने आशमै छन् ।
लोकमानसिंह पथमा ओलीको स्खलन
सबैलाई थाहा भएकै कुरा हो, विगतमा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले कसैलाई तर्साउनका लागि १३ पन्ने फारम भराएर ब्ल्याकमेलिङको राजनीति अघि बढाएका थिए । अहिले प्रधानमन्त्री ओलीको अगुवाईमा त्यही लोकमानसिंहपथको दोस्रो संस्करण अगाडि बढाइएको खुलासा भइसकेको छ ।

समाजवादी पार्टीका सांसद डा। यादवलाई मधेसबाट काठमाडौं लिएर आउँदा नेकपा सांसद कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ०ले गाडीभित्रै ब्ल्याकमेलिङ गर्दै भनेका थिए, अब सर्वेन्द्र खनालजी अख्तियारको आयुक्त बन्दै हुनुहुन्छ, त्यसपछि तपाईलाई उहाँले जोगाउन सहयोग गर्नुहुनेछ ।

केपी ओलीका आदेश पालक सांसद श्रेष्ठको यो भनाइ राजनीतिका नाममा भएको ब्ल्याकमेलिङ बाहेक अर्थोक केही होइन । र, यो लोकमानसिंह कार्कीकै तरिका हो ।

यसअघि बालुवाटार प्रकरणमा माधव नेपाललाई तर्साउन खोजिएको चर्चा हुने गरेको थियो । सांसद सुरेन्द्र यादवको वयानपछि ओली गुटको अपराधिक तौरतरिका प्रष्ट भएको छ ।

आफ्ना विपक्षीलाई सिध्याउन कसरी अख्तियारको कार्ड प्रयोग गरिँदोरहेछ भन्ने यो घटनाबाट छर्लङ्ग भएको छ । यादवको ‘अपहरण’ पछि प्रष्ट भएको छ ।

बालुवाटार जग्गा प्रकरणमा माधव नेपाललाई प्रहार गर्ने प्रेम राई अनि सांसद सुरेन्द्र यादवलाई प्रधानमन्त्रीले भेट्न खोज्नुभएको छ भन्दै जबरजस्ती उठाएर ल्याउने सर्वेन्द्र खनाल दुबैलाई प्रधानमन्त्री ओलीले अख्तियारको आयुक्त बनाउन चाहन्थे भन्ने कसैबाट लुकेको कुरा होइन । र, यसैका लागि एकलौटी निर्णय गर्न पाउने गरी उनले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउन चाहेका थिए, जसमा असफल भए ।

हुन त अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओली सरकारकै सेवा गरिरहेको छ । अख्तियारका जिम्मेवार तहमा रहेका व्यक्तिकै छोरा र नेकपा नेताका परिवारजनवीच व्यापारिक पार्टनरसीप रहेकाले अख्तियारले नेकपामाथि कुनै एक्शन गर्न सकेको छैन । स्वास्थ्य मन्त्रालयको भ्रष्टाचार प्रकरणमा अख्तियार मौन छ । बालुवाटार प्रकरणमा दोषीहरुलाई कारवाही गर्न सकेको छैन । विष्णु पौडेल, कुमार रेग्मीहरुलाई जोगाएको छ । सरकारको एसम्यान पूर्वप्रशासकलाई अख्तियारको नेतृत्व दिँदा प्रष्टाचारीमाथि कारवाही गर्ने हिम्मत आउँदैन रहेछ र सरकारले चाहेका व्यक्तिमाथि एक्सन गर्ने हतियारका रुपमा आयोगको दूरुपयोग हुँदोरहेछ भन्ने अहिलेको आयोगलाई हेर्दा स्पष्ट हुन्छ । घटनाक्रमबाट के देखिन्छ भने अख्तियारजस्तो संवैधानिक अंग ओली गुटको ब्ल्याकमेलिङ गर्ने अस्त्र बन्न पुगेको छ ।

तर, के अब माधवकुमार नेपालले बालुवाटारको अस्त्रबाट डराएर ओलीका हर कदममा साथ देलान् रु अनि सिंगो पार्टीलाई एकतावद्ध बनाउनुपर्नेमा प्रचण्डविरुद्ध खेल्न चाहने ओलीको षडयन्त्रको साक्षी बन्लान् रु

अनि, वामदेव गौतम प्रधानमन्त्रीको कुनै गुलियो प्रलोभनमा फस्लान् रु सम्भवतः प्रधानमन्त्री ओली र उनका सारथीहरु अझै पनि यही आशमा देखिन्छन् । उनीहरु अझै पनि ‘लोकमानपथ’ बाटै अगाडि बढ्न सकिने आशमा छन् ।

‘निकै ढीलो भइसक्यो’

नेकपाका कतिपय नेताहरुको विश्लेषणअनुसार प्रधानमन्त्री ओलीको षडयन्त्र, जालझेल, धम्की र प्रलोभनको राजनीति यति धेरै भइसकेको छ कि अब यही तरिकाले उनले माधव नेपाल, वामदेव गौतम र प्रचण्डहरुलाई फकाउन वा गलाउन सक्ने स्थिति देखिँदैन ।

केपी ओलीनिकट एकथरि नेताहरु अहिले पनि संसदीय दलमा ओलीका साथमा ४० प्रतिशत भन्दा बढी सांसदहरु रहेकाले उनलाई पार्टीले सरकारबाट हटाउन खोजेमा ओलीले अर्को पार्टी खोल्न सक्ने बताउँदैछन् ।

यो अवस्थामा अब उनीहरुले विभिन्न सांसदहरुलाई आफ्नो गुटमा आउ, तिमीलाई मन्त्री बनाइदिन्छु, तिम्रो जीवन सुधारिदिन्छु भन्न सक्छन् । समानुपातिकबाट आएका सामान्य सांसदहरुलाई भौतिक प्रलोभन दिएर आफ्नो गुटमा तान्न सक्छन् ।

विपक्षी गुटका कतिपय सांसदलाई मुद्दा हालिदिउँ रु तिम्रा जहान परिवार छैनन् रु इत्यादि भनेर मधेस बस्नेत र सर्वेन्द्र खनालहरुले धम्क्याउन पनि सक्छन् । अर्को पार्टीका सांसदलाई त अपहरण गर्ने र ३० लाखसम्म खर्च दिन्छु भन्ने सक्नेहरुले आफ्नै दलभित्र अब किनबेचको खेल खेल्दैनन् भन्ने ठाउँ रहेन ।

त्यसैले, अब ओली समूहको अर्को खेल भनेको नेकपाका नेता र सांसदहरुलाई आफूतिर तान्नका लागि हरसम्भव कोसिस गर्नु नै हो । र, यही खेलको सुरुवात माधव नेपाल र वामदेव गौतमसँगको भेटबाट सुरु भएको हो ।

तर, नेकपाका एक स्थायी कमिटीका नेता भन्छन्, ‘प्रधानमन्त्रीले जे गर्न खोज्लै हुनुहुन्छ, त्यो निकै ढीलो भइसक्यो ।’

तर, जनताका वीचमा यति साह्रो नाङ्गो भइसकेपछि केपी ओलीको नेतृत्वमा खुल्ने नयाँ पार्टीप्रति जनताको भरोसा कस्तो होला रु गणितको अंक मिलाएर महेश बस्नेत, सर्वेन्द्र खनालहरुको सहारामा खोलिने त्यस्तो पार्टीको छविचाहिँ कस्तो बन्ला रु यसको जवाफ खोज्ने जिम्मा उनकै गुटका नेताहरुको हो ।सही राजनीतिको निर्धारण गणितले होइन, निष्ठा र सिद्धान्तले गर्छ योसमाचार अनलाइनखवरमा प्रकाशनछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn