सिजादर्पण १७ वैशाख, रौतहट । रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथ्यांकमा कोरोना अपडेटः( नेपालसंक्रमित ५४ निको भएको १६ मृत्यु ० वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।क्वारेन्टाइनमा रहेकै बेला गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट ९आरडीटी० विधिबाट गरिएको परीक्षण र जनकपुरको ल्याबमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेभिट आएको थियो ।तर घर गएर परिवार समुदायमा१०दिबिताइसकेपछिसंक्रमणपुष्टिभएको छ ।त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै छन् ।
काठमाडौंबाट वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । र, त्यसक्रममा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।स्थानीय प्रशासनले वृन्दावन नगरपालिका ९ भुसाहा क्षेत्र र देवाही गोनाही नगरपालिका १ को क्षेत्रलाई सिल गरेको छ । समुदायको बृहत रुपमा स्क्रिनिङ गर्नुपर्ने भएकोले दुवै वडालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।
