सिजादर्पण १९ बैशाख काठमाडौं । रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । यसअघि रौतहटको वृन्दावन नगरपालिका(९ भुसहामा एक जना पुरुष र देवाही गोनाही नगरपालिका(१ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।
जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्टमा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् ।
