Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

फ्ल्यासब्याकमा बामदेव : जब प्रचण्डले सचिवालयमा ‘भकुण्डो’ छिराए


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, बैशाख २०, २०७७

फ्ल्यासब्याकमा बामदेव : जब प्रचण्डले सचिवालयमा ‘भकुण्डो’ छिराए

सिजादर्पण १९ वैशाख, काठमाडौं । बुधबार साँझको सचिवालय बैठकमा अप्रत्याशितरुपमा पहिलो बरियताका अध्यक्ष केपी ओलीले आफूले छाड्नुपर्ने हो भने बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि प्रचण्डले भने, म बल्ल बुझ्दैछु पार्टीमा बामदेवलाई कसरी भकुण्डो बनाइएको रहेछ भनेर ।

आफूसहितको भैंसेपाटी गठबन्धनले बामदेवलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने र संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुलाउने प्रस्ताव ल्याउँदा भइसकेको निर्णय समेत कार्यान्वयन गर्न नमानेका ओलीले एकाएक प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएपछि प्रचण्डले बामदेवलाई ‘भकुण्डो’सँग तुलना गरेका हुन् ।

तत्कालीन एमाले र हालको नेकपाभित्र प्रचण्डले भनेजस्तै पटक पटक भकुण्डो बनेका बामदेव गौतम यसपट गोलपोष्टमा छिर्लान् त रु

विगत केही दिनयता सांसदका हस्ताक्षरदेखि विभिन्न दौडधूपमा चलेको नेकपाको राजनीतिमा विहीबारयता सन्नाटा छाएको छ । गौतम स्वयंले कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रचण्ड र माधव नेपाल पक्षले बामदेवलाई ओलीले पुनः भकुण्डो बनाउन रणनीतिक चालबाजी गरेको आरोप लगाइरहेका बेला गौतमले निकटस्थहरुसँग यसपटक ओलीबाट धोका नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सचिवालय बैठकअघि बामदेवपत्नी सांसद तुलसा थापालाई बालुवाटारमै बोलाएर भेटेका थिए ।

ओली पक्षका नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा निर्वाचित भएको हुनाले ओलीले छाड्नुपर्ने कारण नरहेको बताउँदै आएका छन् । ईश्वर पोखरेल, बिष्णु पौडेल लगायतका नेताहरु मौन रहेका बेला पृथ्वीसुब्बा गुरुङहरु ओलीले राजीनामा दिन नहुने भनेर मुखर भएका छन् ।

यो भनेको फेरि पनि बामदेवलाई भकुण्डो बनाउने चालबाजी त होइन रु प्रश्न उठेका छन् ।

बामदेवको विगत २५ वर्षको राजनीतिक उचार(चढावलाई मात्र हेर्दा पनि उनी पटक(पटक विभिन्न नेता, गुट र शक्तिको भकुण्डो बन्दै आएका छन् । सोझो तर प्रष्ट स्वभावका गौतमको राजनीतिक जीवनका केही घटनाक्रममा फर्किँदा उनी प्रचण्डले भनेजस्तै भकुण्डो बनेको बुझ्न सकिन्छ ।

यो आलेख पछिल्ला घटनाक्रमको विवरण होइन र अब के हुन्छ भन्ने आँकलन पनि होइन । नेकपा उपाध्यक्ष बामदेव गौतम कसरी विभिन्न कालखण्डमा उपयोग भए रु प्रचण्डले भकुण्डो भनेपछि एकपटक फ्ल्यासब्याकमा मात्र जान खोजिएको हो ।

२०५१ देखि २०५४ सम्म

तत्कालीन नेकपा एमालेले २०५१ को मध्यावधि निर्वाचनमा ८८ सिट जितेर सबैभन्दा ठूलो दलको हैसियतमा अल्पमतको सरकार चलायो । तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री र महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री भएर सरकारमा गएपछि बामदेव गौतमलाई उपमहासचिव बनाएर पार्टी काममा लगाइयो ।

सरकारबाट एमाले हटेपछि विधान विपरीतको उपमहासचिव पद खारेज गर्ने भन्दै नेपाल पक्षले बामदेवलाई हटायो । त्यतिञ्जेल पार्टीमा बामदेवको शक्ति निकै बढिसकेको थियो । तर, उपमहासचिवबाट हटाइएपछि माधव नेपालविरोधी खेमाले बामदेवलाई भकुण्डो बनायो ।

बामदेवको साथ लिएर झलनाथ खनाल, सीपी मैनाली, राधाकृष्ण मैनालीलगायतका नेताहरुले माधव नेपाललाई महासचिवबाट हटाउने अभियान चलाए । साहना प्रधानलगायतका असन्तुष्ट नेताहरुको समर्थनमा माधव नेपाललाई हटाएर झलनाथलाई महासचिव बनाउने अभियानमा बामदेव लागे ।

एमालेको केन्द्रीय कमिटीमा लामो छलफल भयो । र, माधव नेपालविरुद्धको अविश्वास प्रस्तावमा केन्द्रीय कमिटीको बहुमत रहृयो । तर, नेपालले सो निर्णय नै हुन नदिई माइन्युट बोकेर हिँडेपछि केही दिनमा झलनाथ पक्षको बहुमत गुमेको स्मरण नेकपा नेताहरु गर्छन् ।

त्यसयता बामदेव गौतम तत्कालीन एमालेको लडाइँमा सधंै माधव नेपालको विपक्षमा उभिँदै आए ।

त्यही बिन्दूबाट शुरु भएको एमालेको विवाद २०५३ असोजमा महाकाली सन्धी संसदबाट अनुमोदन गर्ने बेला पार्टी विभाजनको तहसम्म पुग्यो । महाकाली सन्धीको विपक्षमा उभिएका गौतमले २०५४ को महाधिवेशनपछि पार्टी फुटाएर नेकपा माले गठन गरे ।

अन्तिममा आफ्नो पक्षका १४ जनालाई केन्द्रीय सदस्य बनाउन माधव नेपाल र केपी ओली पक्षले नमानेपछि गौतमले पार्टी फुटाएका थिए ।

२०५५ देखि २०५८ सम्म

संसदको तत्कालीन ठूलो दल एमाले फुटाउन सत्तारुढ नेपाली कांग्रेसले पनि सकेसम्म साथ दिएको थियो । तत्कालीन सभामुख रामचन्द्र पौडेलले एमाले संसदीय दलले बामदेवसहित १० सांसदलाई कारवाही गरेको पत्रलाई बैधानिकता नदिई ४० प्रतिशत संख्या पुर्‍याएर पार्टी फुटाइदिएको आरोप एमालेले लगाएको थियो ।

एमाले विभाजन लगत्तै तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बामदेवको मालेलाई सरकारमा सहभागी गराए । तर, केही महिनामै गिरिजाप्रसादले बामदेवलाई भकुण्डो बनाइदिए । मालेलाई सरकारबाट हटाएर एमाले गिरिजाको सरकारमा सहभागी भयो । र, त्यही सरकारले २०५६ को चुनाव गरायो ।
त्यो आम चुनावअघि अहिलेका प्रधानमन्त्री तथा तत्कालीन एमालेका नेता केपी शर्मा ओलीले यही पंक्तिकारसँगै रामेछापको मन्थलीमा बसेर दिएको अन्तर्वार्तामा ‘मालेले आउने चुनावमा सानदार जिरो सिट ल्याउनेछ’ भनेका थिए ।

इन्टरनेटको पहुँच नभइसकेको त्यो जमानामा भाइरल शब्द प्रयोगमा नभए पनि त्यो अन्तर्वाताको शीर्षकले राष्ट्रिय चर्चा पाएको थियो । नभन्दै, चुनावमा बामदेवसहित मालेका सबै उम्मेदवार पराजित भए र देशभरका २०५ सिटमध्ये एक ठाउँ पनि जित्न सकेन । चुनावमा बामदेवलाई जनताले ‘भकुण्डो’ बनाए ।

चुनावमा माले पराजित भएपछि तत्कालीन विद्रोही माओवादीका अध्यक्ष प्रचण्डले पनि बामदेवलाई भकुण्डो बनाउन खोजेकै हुन् । चुनाव हारेर निराश बनेका बामदेवसँग प्रचण्डको संवाद चलिरहेकै थियो, बामदेवहरु जनयुद्धमा जान सक्ने अवस्थामा थिएनन् । तर, प्रचण्डले बामदेवकै कार्यकर्ताहरु चुँडेर धेरैलाई माओवादी बनाए ।

भरत ढुंगाना, हिमाल शर्मा, कृष्ण केसी लगायतका तत्कालीन मालेका युवाहरुको राम्रो पंक्ति माओवादी बन्यो । तीमध्ये धेरै युवा तत्कालीन राज्यपक्षबाट बेपत्ता भए । बामदेव त्यसबेला न त संसदीय राजनीतिमा अलग अस्थित्वमा टिक्ने, न त प्रचण्डसँग जाने अवस्थामा भएपछि २०५८ सालमा पुनः एमालेमै मिसिए ।

२०५८ देखि २०६५ सम्म

उनी एमालेमा फर्किए पनि सीपी मैनाली, ऋषि कट्टेलहरु फर्किएनन् । एमालेमा फर्किएपछि पनि बामदेवसहित पूर्वमालेहरुलाई तत्कालीन एमालेबाट दोस्रो दर्जाको ब्यवहार कायमै रहेपछि बामदेवले कार्यकर्ताहरुलाई भनेका थिए, अब तपाईहरु माधव नेपाल, केपी ओली, कतातिर लाग्दा राजनीति सुरक्षित हुन्छ, उतै लाग्नुस्, मैले तपाईहरुको संरक्षण गर्न सक्दिनँ ।

त्यसपछि एमालेमा बामदेव पुनः भकुण्डो बनिरहे ।

छैठौं महाधिवेशनमा माधव र केपीको पेलान सहन नसकेर पार्टी फुटाएका बामदेव सातौं महाधिवेशनमा जनकपुर पुगेर केपी ओलीको पक्षमा उभिए । त्यतिबेलै बामदेव टिम तितर(बितर भयो । महाधिवेशनमा माधव पक्षकै जित भयो । तर, ओली(बामदेव गठबन्धन महाधिवेशन नसकिँदै तितर(बितर बन्यो ।

२०५९ देखि २०६४ सालसम्मको राजनीतिमा बामदेवको भूमिका पार्टी र राष्ट्रिय राजनीतिमा निणरयक भएन । यद्यपि उनी विद्रोही माओवादीसँग वार्ता गर्न तत्कालीन एमालेका महासचिव माधव नेपालको अनुमतिमा होलेरीसम्म पुगे । तर, उनले गरेको ६ बुँदे सहमति पार्टीले जिम्मा लिएन र तत्कालिन महासचिव माधव नेपालले पुनः एकपटक उनलाई भकुण्डो बनाइदिए ।

बामदेव गौतम २०६४ सालको पहिलो संविधानसभा चुनावमा माओवादीसँग सहकार्य गर्नुपर्छ भन्ने पक्षमा थिए । उनी प्रचण्डसँग संवाद र निकट सम्बन्धमै थिए । तर, तत्कालीन एमालेका नेताहरुको दम्भले गर्दा सहकार्य भएन, पार्टीसँगै बामदेव पनि बर्दियामा माओवादीकै सरला रेग्मीसँग नराम्ररी पराजित भए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहयोग गरेका बामदेवलाई माओवादीले नै भकुण्डो बनाइदियो ।

चुनाव हारेर फर्किएपछि तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डलाई नयाँ बजारस्थित निवासमै पुगेर बामदेवले सोधेका थिए, तपाईले मलाई किन चुनाव हराउनुभयो रु तर, संयोग नै मान्नुपर्छ, चुनाव हारे पनि बामदेव गौतम प्रचण्डकै पहिलो प्रधानमन्त्रित्वकालमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री भए ।

उनी उपप्रधानमन्त्री भएकै बेला एमालेको आठौं महाधिवेशन भयो । यसपटक बामदेव झलनाथ खनालको भकुण्डो बने ।

सातौं महाधिवेशनमा ओलीलाई साथ दिएका गौतमले आठौं महाधिवेशनमा झलनाथलाई साथ दिएकै कारण खनाल एमालेको अध्यक्ष निर्वाचित भए । खनाल रुक्माङगत कटवाललाई प्रधानसेनापतिबाट हटाउन प्रचण्डसँग सहमति गरेर चीनतिर गए ।

चीनबाट फर्केर आइनपुग्दै माधव नेपाल(केपी ओली पक्षले खनाललाई अल्पमतमा पारिदियो । बामदेव गौतमले झलनाथलाई साथ त दिए । तर, झलनाथ सेनापति हटाउने सहमतिमा टिक्न सकेनन् । अन्ततः बामदेव नै स्थायी कमिटीको निर्णय बोकेर बालुवाटार गए । प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरियो । त्यसबेला बामदेवले झलनाथलाई ‘ढोडको लौरो’ को संज्ञा दिएका थिए ।

त्यसपछि बामदेव

प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएपछि पनि बामदेवले झलनाथको साथ छाडेनन् । २०७० सालको दोस्रो संविधानसभामा बर्दिया र प्युठान दुवैतिरबाट चुनाव जितेर आएपछि बामदेव पुनः शक्तिशाली भए ।

तर, संसदीय दलको चुनावमा बामदेव पुनः केपी ओलीको भकुण्डो बन्न पुगे ।

त्यतिबेलासम्म झलनाथ खनाल र माधव नेपालबीच गठबन्धन बन्दैथियो । नवौं महाधिवेशनबाट माधव अध्यक्ष र खनाल संसदीय दलको नेता बन्ने सहमतिमा बामदेव भड्किए । त्यसपछि उनी ओलीतिर लागे । उनकै सहयोगमा ओली झलनाथलाई हराएर संसदीय दलको नेता बने ।

त्यसबेला ओली र बामदेवबीच ओली पार्टी अध्यक्षमा निर्वाचित भएपछि बामदेवलाई संसदीय दलको नेता बनाउने समझदारी भएको थियो । गौतम सुशील कोइराला सरकारमा उपप्रधानमन्त्री भएर गए । ओलीलाई नवौं महाधिवेशनमा बामदेवले साथ दिए, ओली माधव नेपाललाई हराएर पार्टी अध्यक्षमा निर्वाचित भए ।

पार्टी अध्यक्ष र संसदीय दलको नेता दुवै पदमा जिताउन निणरयक भूमिका खेलेका गौतमलाई ओलीले पूर्वसमझदारी अनुसार संसदीय दलको नेता बनाएनन् । त्यसपछि गौतमले पुनः आफू भकुण्डो बनेको महशुस गरे ।

त्यसयता उनी पार्टीमा बीचको भूमिकामा देखिन थाले ।

संविधान जारी गर्ने र संविधानपछि ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको समर्थन जुटाउनेसम्म पनि बामदेवले साथ दिए । स्थानीय तहको निर्वाचनमा माओवादी कमजोर भए पनि एमालेको बहुमत आउन त्यही माओवादी बाधक हुने देखिएपछि बामदेवले संघ र प्रदेशको चुनावताका एमाले(माओवादी एकताको पहल गरेकै हुन् ।

यहीवीच, बर्दियामा चुनाव हारेपछि गौतम रन्थनिए । चुनाव हार्ने विभिन्न कारणमध्ये ओली पक्षको असहयोग र अन्तरघात पनि उनले औंल्याए । यहाँ पनि उनले आफूलाई भकुण्डो बनाइएको महसुस गरे ।

एमाले(माओवादी एकता भएको आगामी जेठ ३ गते दुई वर्ष पुग्दैछ । यो दुई वर्षको बीचमा बामदेव गौतम कहिले ओलीबाट त कहिले प्रचण्डबाट भकुण्डो बनेकै हुन् ।
उपनिर्वाचन लडेर संसदमा आउने र प्रधानमन्त्री बन्ने आकांक्षाले उनी यता र उता गरिरहे । अन्तिममा काठमाडौं ७ मा रामवीर मानन्धरलाई राजीनामा गराउने र मन्त्री बनाउने गरी प्रचण्डनिवासमा रातारात लिखत गरेपछि ओली भड्किए । बामदेवको उपचुनाव लड्ने यात्रामा ब्रेक लाग्यो ।

यसबीचमा बामदेव जता लाग्यो, सचिवालयमा त्यतै बहुमत पुग्ने भएपछि बामदेवले भरपूर फाइदा पनि लिए । विधानमै संशोधन गरेर उपाध्यक्ष बनाइए, संगठन विभागको प्रमुख भए । उनी अझ शक्तिशाली र निणरयक बन्दै जाँदा पछिल्लो कालखण्डमा उनी प्रचण्ड(माधव गठबन्धनको भकुण्डो बने ।

बामदेवको भैंसेपाटीस्थित निवास पछिल्लो समय केपी ओलीविरोधी सचिवालय सदस्यहरुको जमघटस्थल बन्यो । संविधान संशोधन गरेर राष्ट्रियभा सदस्यसमेत प्रधानमन्त्री बन्नेदेखि बामदेवलाई राष्ट्रपतिबाट मनोनित गर्नेसम्मका भैंसेपाटी गठबन्धनका प्रस्ताव त्यहीँ तयार भएका थिए । जुन कुरा ओलीले कार्यान्वयन गरेनन् ।

अध्यादेश प्रकरणपछि ‘क्लाइमेक्स’मा पुगेको नेकपाको विवाद ओलीको राजीनामा कि पार्टी विभाजन भन्ने तहमा आइपुग्दा बामदेव पुनः निर्णायक ठाउँमा छन् । र, उनी एकपटक फेरि भकुण्डो बन्ने हुन् कि भन्ने चर्चा नेकपामा छ ।

सचिवालय बैठकमा प्रचण्डले बामदेवलाई भकुण्डो बनाइएको प्रसंग त्यसै ल्याएका होइनन् ।

बुधवार साँझ आएको केपी ओलीको प्रस्तावले बामदेव सतर्क तर उत्साहित भएका छन् । उनले संविधानविददेखि नेकपाका नेता(कार्यकर्तासँग परामर्श थालिसकेका छन् । एक बारको जुनीमा प्रधानमन्त्री बन्ने अवसर उनी कुनै पनि मूल्यमा छाड्न चाहँदैनन् ।

केही साताअघि गौतमसँग भेट्दा उनले भनेका थिए, ‘तपाई पत्रकारहरु म उपचुनाव लड्ने वा संविधान संशोधन गरेर आउने कुरामा किन बिरोध गर्नुहुन्छ रु म प्रधानमन्त्री भएँ भने यो देशलाई १० वर्षमै चीनको हाराहारीमा पुर्‍याउँछु । पत्रकारहरुको पनि अलग्गै संसद बनाउँछु र तपाईहरु सबै सांसद १’

केही दिनअघि पूर्वमाओवादी खेमाका एक स्थायी कमिटी सदस्य गौतमलाई भेट्न भैंसेपाटी पुगेछन् । उनी पार्टीभित्रका समस्याबारे कुरा गर्न चाहान्थे । तर, करीव डेढ घण्टाको भेटमा गौतमले आफू प्रधानमन्त्री बनेपछि के गर्ने भन्ने योजना र नीति कार्यक्रम मात्र सुनाएर पठाएछन् ।

अब के हुन्छ रु अनुमानमात्र लगाउन सकिन्छ । केपी ओलीले सुविचारित ढंगले बामदेवलाई प्रधानमन्त्री बनाउन खोजेका हुन् कि तत्कालको संकट टार्न बामदेव कार्ड फालेर भैंसेपाटी गठबन्धन भत्काउन खोजेका हुन् रु दुवैखाले आशंका छन् । बामदेवले अहिले नै दुवै पक्षलाई बिच्काउन चाहेका छैनन् ।

बितेका साढे दुई दशकमा बामदेव जसरी प्रयोग भए । वा, भकुण्डो बने, त्यसबीचमा उनले सत्ताको फाइदा पनि राम्रैसँग लिएका छन् । स्थिर नेता नहुनुको फाइदा र बेफाइदा पनि उनले पाएकै छन् । सम्भवतः उनको राजनीतिक जीवनको उत्तरार्धमा भकुण्डो बन्ने कि गोलपोष्टमा छिर्ने भन्ने यो निणरयक मोड हुन सक्छ ।

पटक(पटक पार्टीभित्र विभिन्न नेता र गुटहरुबाट प्रयोग हुँदै भकुण्डो बनेका र नेताहरुको विवादमा निणरयक बनेर सहायक पदहरु हात पार्दै आएका गौतमको अबको आकांक्षा प्रधानमन्त्री मात्रै हो ।

तर, उनी यसपटक पनि केपी ओलीको भकुण्डो मात्र बन्ने हुन् वा शनिबार बस्ने सचिवालयको बैठकमा उनलाई प्रधानमन्त्री बनाउने गरी प्रस्तावै आउँछ ?अहिले बामदेव आफैं पनि अनुत्तरित छन् । अनलाइन खवरबाटसावार ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn