Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेकपा विवाद उस्तै, विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, बैशाख २०, २०७७

नेकपा विवाद उस्तै, विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय

सिजादर्पण २० बैशाख काठमाडौं । चिनियाँ राजदूत हाउ याङ्छीले नेकपाका शीर्ष नेतासँग भेट गर्दै अहिलेको असहज परिस्थितिमा मिलेर अघि बढ्न आग्रह गरेकी छन् । सत्तारूढ नेकपाका शीर्ष नेताबीचको विवाद उत्कर्षमा पुगिरहेको अवस्थामा चिनियाँ राजदूत हाउ याङ्छीले सक्रियता देखाउँदै मेलमिलापको बाटोमा जान नेताहरूलाई सुझाएकी हुन् ।

राजदूत याङ्छीले शुक्रबार बिहान खुमलटार पुगेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल र त्यसलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्रस्थित निवासमा भेट गरी छलफल गरेकी छन् । उनले नेकपामा देखिएको अहिलेको विवादलाई चीनले चासोका साथ हेरिरहेको उल्लेख गर्दै मिलेर अघि बढ्न नेताहरूलाई सुझाव दिएकी हुन् ।

नेकपाको सम्भावित विभाजन रोक्न र मिलेर जान चिनियाँ राजदूत हाउ याङ्छीले नेकपाका नेतालाई चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट सुझाव आएको भन्दै ध्यानाकृष्ट गराएकी छन् ।

नेकपा एक नेताका अनुसार राजदूत याङ्छीले अहिलेको अवस्थामा विवाद गरेर कोही कसैलाई फाइदा नपुग्ने र उल्टै नेकपालाई नै नोक्सानी हुने भएकाले मिलेर अघि बढ्नुको विकल्प नभएको सुझाव दिएकी छन् ।

दाहाल–नेपाललाई अहिलेको विवाद निरूपण गर्न पार्टी बैठकमा गम्भीर रूपमा छलफल गरेर अगाडि बढ््नुपर्ने र कम्युनिस्ट पार्टीलाई नोक्सान पुग्ने गरी नेतृत्व फेर्ने विषयमा लाग्दा संकट आउन सक्ने भन्दै गम्भीर हुन आग्रह गरेको बताइएको छ ।

स्रोतका अनुसार नेकपाको सम्भावित विभाजन रोक्न र मिलेर जान उनले नेकपाका नेतालाई चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट सुझाव आएको भन्दै ध्यानाकृष्ट गराएकी छन् ।

दुई दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओले नेपाललगायतका नेतासँग तीन घण्टा लामो भिडियो कन्फरेन्स गरेका थिए ।

राजदूत हाउ याङ्छीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी थिइन् । प्रधानमन्त्री ओलीसँगको भेटमा उनले सबै जनालाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिएकी थिइन् ।

एक सातापहिले चिनियाँ राष्ट्रपति सी चिनपिङले टेलिफोनमार्फत राष्ट्रपति भण्डारीसँग वार्ता गरी प्रधानमन्त्री ओलीको सुस्वास्थ्य र खुसीका लागि दिएको शुभकामनालाई ओली पक्षले वर्तमान राजनीतिक संकटमा चीनको ओलीलाई समर्थन रहेको अर्थका रूपमा प्रस्तुत गर्दै आएको छ ।

राष्ट्रपति सीको भण्डारीसँग फोन वार्तापछि राजदूत याङ्छीले भण्डारीसँग एक्लै भेट गरेकी थिइन् । राजदूत याङ्छीले बिहीबार राति प्रधानमन्त्री ओलीलाई भेटेको एक दिनपछि सत्तारूढ नेकपाका अन्य दुई शीर्ष नेतालाई शुक्रबार भेट गरेकी हुन् ।

नेकपा विवाद उस्तै
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा उत्पन्न विवाद झन् बल्झिँदै गइरहेको छ । शीर्ष नेताहरू आफ्नो अडानबाट पछि हट्ने संकेत नदेखिएपछि आज ९शनिबार० बस्ने भनिएको बैठकमा समेत विवाद उही रूपमा बढ्न सक्ने देखिएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग पार्टी शीर्ष नेताले उठाउँदै आएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायतका शीर्ष नेताहरू ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट पहिला राजीनामा दिनुपर्ने अडानमै छन् ।

गत सचिवालय बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेपछि शुक्रबार दाहाल, नेपालसहितका नेताले छलफल गरेका छन् । कोटेश्वरस्थित नेपाल निवासमा भएको छलफलमा दाहाल–नेपाल समूहले ओलीको प्रस्ताव अस्वीकार गर्दै पहिला राजीनामा दिनुपर्ने अडानमै सहमत भएको एक नेताले बताए ।

ओली निकट नेकपा स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा नदिने बताए । अहिले तत्काल राजीनामा दिने कुनै सम्भावना नरहेको बताउँदै जनमतको अपमान कुनै नेताले गर्न नहुने बताए ।

‘अहिले नै राजीनामा दिने कुरा गर्नु भनेको जनमतको अपमान गर्नु हो । त्यस्तो काम कुनै नेताले गर्न नहुनेमा म बिश्वस्त छु,’ थापाले भने, ‘कसैले भन्दैमा प्रधानमन्त्रीज्यूले राजीनामा दिनैपर्छ भन्ने छैन ।’ नेकपाका अर्का नेता रघुजी पन्तले प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिएर निकास खोल्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले शनिबार हुने सचिवालय बैठक अघि शुक्रबार दाहाल र नेपालसँग छुट्टाछुट्टै छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै छलफल गरेका ओलीले आफूले गरेको प्रस्तावबारे दाहाल–नेपालसँग कुरासमेत बुझ्न खोजेको र दुवै नेताले उक्त प्रस्ताव स्वीकार नभएको जवाफ दिएको एक नेताले बताए ।योसमाचार राजधानिमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn