Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कविता : प्रियसीलाई जन्मदिनको शुभकामना !


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, बैशाख २०, २०७७

कविता : प्रियसीलाई जन्मदिनको शुभकामना !

मेरी प्यारी जीवनसंगिनी

                                             सुदर्शन

मेरी प्रिय अर्धा्ङ्गिनी
एक साम्यवादी वीराङ्गना
तिम्रो जन्मदिवसको शुभकामना !

तिम्रो जन्मदिवसका अवसरमा
कोरोना जन्माउने कोरोनाविरुद्धको किल्लाबाट
यसका विरुद्ध तिम्रो निरन्तर क्रान्तिको शुभकामना
यसमा तिम्रो विजयको शुभकामना !

तिम्रो जन्मदिवसका अवसरमा
तिमीमार्फत नोबल कोरोना भाइरस जन्माउने
नोबल लिबरल भाइरसविरुद्ध लडिरहेका
मेरा प्रिय कमरेडहरूलाई
समर विजयको शुभकामना
रणभूमिका पैकेलाहरूलाई
निरन्तर विजयको शुभकामना
प्यारा–प्यारा जनगणहरूको
सुस्वास्थ्यको शुभकामना
प्यारा–प्यारा प्रियजनहरूको
सुरक्षाको शुभकामना
गर्दै जाऊँ दुवै विषालुहरूको सामना ।

मेरी प्यारी जीवनसंगिनी
मेरी प्रिय अर्धा्ङ्गिनी
एक साम्यवादी वीराङ्गना
तिम्रो जन्मदिवसको हार्दिक शुभकामना !

क्वारेन्टाइनको बङ्करबाट निश्चय नै तिमीले
देश पढिरहेकी छ्यौ होली
कोरोना जन्माउने कोरोनाले थुनेको किल्लाबाट
म पनि देशको गहन अध्ययन गरिरहेको छु
कालापहाडबाट फर्केको एउटा युवक
महाकालीपारि दार्चुलामा आएर
दार्चुलामा रहेकी आफ्नी सुवा
र गेदामेदालाई भेट्न आतुर छ ।
पारिका लिबरल भाइरसका प्यादाहरूले वारि लखेट्छन्
र वारिकाले पारि लखेट्छन्
आखिर उसले जीवन हत्केलामा राखी
महाकालीमा हामफालेको छ
डुब्ने हो कि तैरने हो, थाहा छैन
काठमाडौँ उपत्यकाका सुनसान सडकहरूमा
झिटीझाम्टा र चिचिला नानीहरू च्यापेर
पसिना बेची छाक टार्नेहरूको लर्को लागेको छ
लिबरल भाइरसका प्यादाहरूले
यो गल्लीबाट निस्के पनि लखेट्छन्
त्यो गल्लीबाट निस्के पनि लखेट्छन्
पश्चिमतिर गएको लर्कोले–
बलिन्द्रधारा आँसु बगाइरहेको छ ।
पूर्व्तिर फर्केको पङ्क्तिले–
हृदयभरि आगो दन्काउँदैछ ।
कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दैछ ।
लिबरल कोरोना भाइरसका ऐँजेरुहरूले
कोरोना भाइरसका नाममा
बिरामीको औषधीसमेत डकारिरहेका छन्
काम–कुरो एकातिर थन्क्याएर
कुम्लो बोकी ठिमीतिर लाग्दैछन् ।
काशी जाने गन्तव्य लिएर
कुतीतिर उक्लँदैछन् ।
जनतालाई निषेधाज्ञामा थुनेर
आफू सडकमा साँढेझैँ डुक्रँदैछन् ।
आफ्नै बलको विश्वास नभएर
जङ्गबहादुरहरू अरूका विधायकहरू चोर्दैछन्
तिनले किन अध्यादेश ल्याए र किन फिर्ता लिए ?
निषेधाज्ञामा थुनिएका मानिसहरू आक्रोश पोख्दैछन् ।
खोजौँ यसको विकल्प र गरौँ समस्याको सामना ।

मेरी प्यारी जीवनसंगिनी
मेरी प्रिय अर्धा्ङ्गिनी
एक साम्यवादी वीराङ्गना
तिम्रो जन्मदिवसको हार्दिक शुभकामना !

तिमीले क्वारेन्टाइनको दुर्गमा रहेर
विश्वलाई पढिरहेकी हौली
म मेरो विश्वविद्यालयको चार पर्खालभित्र रहेर
पृथ्वीलाई गहनतापूर्वक पढिरहेको छु ।
सुनसान छन् वुहानदेखि न्युयोर्कसम्मका सडकहरू
मसानघाट बनेका छन् चिकित्सालयहरू
खाली छैनन् कतै पनि कब्रिस्तानहरू
लासहरू थाङ्नामा बेरेर फालिएका छन्
नोबल लिबरल भाइरसका मातापिताहरू
देखेर दङदास छन् उद्दण्ड सन्तानका लीला–कला
भन्न त भन्छन् केही मानिसहरू
कोरोना भाइरसले धनी र गरिब छुट्ट्याउँदैन
शासक र शासित बेग्ल्याउँदैन
म यो कुरा निरपेक्ष रूपले मान्दिनँ
किनभने यो कोरोनाले
बकिङ्घम प्यालेसकी महारानी र जोनसोनलाई माफी दिएको छ ।
बिचरा गरिब दारिमया र बोरेम्बोलाई मारिदिएको छ ।
यसलाई पराजित गर्न नोबल लिबरल भाइरसले सक्दैन
किनकि नोबल कोरोना भाइरस हिटलरको पागल सन्तान हो
यतिबेला तिमीले देख्यौ नि !
चीन, उत्तरकोरिया, क्युबा र भियतनामलाई
हिङ नभए पनि हिङ बाँधेका टाला हुन् ती
अझ तिमीलाई थाहा छ त्यहाँ
माओ, किम इल सुङ, हो ची मिन्ह र फिडेल क्यास्ट्रो आज पनि जिउँदै भएको भए
र वैज्ञानिक समाजवादले निरन्तरता पाएको भए
यो संसारमा कोरोना जन्मनै डराउँथ्यो होला
जसरी स्टालिनसँग हिटलर डराउँथ्यो
किनभने वैज्ञानिक समाजवाद
पूर्ण रूपले प्रकृतिवादमा विकास भएर
मानवतावाद–बराबर हुन्छ
अनि मानवतावाद पूर्ण रूपले विकास भएर
प्रकृतिवाद–बराबर हुन्छ
त्यसैले मेरी प्रियसी
तिम्रो जन्मदिवसका अवसरमा
गराँै लिबरल कोरोना भाइरसँग लड्ने प्रतिबद्धता
बुझौँ यही हो नोबल कोरोना भाइरसको जन्मदाता ।

मेरी प्यारी जीवनसंगिनी
मेरी प्रिय अर्धा्ङ्गिनी
एक साम्यवादी वीराङ्गना
तिम्रो जन्मदिवसको हार्दिक शुभकामना
तिम्रो जन्मदिवसको शुभकामना !

२०७७ बैशाख, १८ नख्खु कारागार

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn