Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

शिक्षक हड्तालले नयाँ भर्ना अनिश्चितकालका लागि बन्द


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, बैशाख २, २०८२

शिक्षक हड्तालले नयाँ भर्ना अनिश्चितकालका लागि बन्द

सिँजादर्पण, लुम्बिनी। सामुदायिक विद्यालयहरुमा मंगलबारबाट नयाँ विद्यार्थी भर्ना शुरु भए पनि देशकै उत्कृष्ट विद्यालयको रुपमा घोषित कालिका मानवज्ञान विद्यालय बुटवल र शान्ति नमूना मावि मणिग्राममा नयाँ शैक्षिक सत्र शुरु हुँदा पनि विद्यालयले भर्नालगायत सम्पूर्ण शैक्षिक गतिविधि अनिश्चितकालका लागि बन्द गरेका छन् ।१४ दिनदेखि काठमाडौँमा जारी सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले गरेको शैक्षिक हड्तालमा राखिएका मागहरुको सम्बोधन नभएपछि विद्यालय भर्ना लगायतका सबै कार्यक्रम बन्द गर्नु परेको उक्त विद्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

बुटवल उपमहानगरपालिका–१० पूर्वकालिकानगरमा रहेको कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

हाल चलिरहेको शिक्षक महासंघको शिक्षक कर्मचारी आन्दोलनले सिर्जना गरेको शैक्षिक हड्तालको विसम परिस्थितिले गर्दा विद्यालयको पूर्वनिर्धारित भर्ना लगायतका सम्पूर्ण कार्यक्रमहरु शिक्षक कर्मचारी आन्दोलनलाई मध्यनजर गरी अर्को सूचना नआउँदासम्म स्थगित गरिएको सुचनामा सूचित गरिएको छ ।

शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडानसहित गत चैत २० गतेदेखि शिक्षक तथा कर्मचारीहरुले काठमाडौं केन्द्रित आन्दोलनलाई जारी राख्दै आएका छन् ।

उनीहरुको शैक्षिक हड्तालका कारण विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण, वार्षिक परीक्षाको नतिजा प्रकाशन लगायतका शैक्षिक गतिविधि प्रभावित भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित श्री शान्ति नमूना माविले पनि सूचना जारी गरी नयाँ शिक्षा ऐन लागू गर्ने मागका साथ गरिएको शैक्षिक हड्तालका कारण विद्यार्थी भर्ना लगायत विद्यालयका कार्यक्रमहरु अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले जारी गरेको सूचनामा शैक्षिक हड्ताल समाप्त हुनासाथ विद्यालयमा नयाँ विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाउने र सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुने उल्लेख छ ।

रुपन्देहीका कालिका मानवज्ञान मावि र शान्ति मावि नेपालमा सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने सरकारी विद्यालयको सूचीमा पर्दछन् । त्यहाँ करिब १२ हजार विद्यार्थीहरु अध्ययनरत छन् । नमूना विद्यालयको रुपमा परिचित कान्ति माध्यामिक विद्यालय बुटवलले पनि भर्ना अभियान स्थगित गरिएको सूचना जारी गरेको छ ।

विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीद्धारा हस्ताक्षरित सूचनामा हाल चलिरहेको शिक्षक महासंघको शिक्षक, कर्मचारी आन्दोलनले सृजना गरेको शैक्षिक हड्तालको विषम परिस्थितिले विद्यालयको पूर्वनिर्धारित समयमा भर्ना कार्यक्रम अर्को सूचना जारी नहुँदासम्म स्थगित गरिएको स्पष्ट जनाईएको छ । प्रधानाध्यापक ज्ञवाली भन्छन्, ुआज मात्रै मलाई झण्डै एक सय भन्दा अभिभावकले फोन गरेर कहिलेबाट भर्ना खुल्छ भनेर सोध्नुभयो ।ु

नवीन औद्योगिक कदर बहादुर रीता माध्यामिक विद्यालयले पनि भर्ना अभियान स्थगित गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतद्धारा हस्ताक्षरित सूचनामा नेपाल शिक्षक महासंघद्धारा विगतका सम्झौता कार्यान्वयन गर्दै नयाँ शिक्षा ऐन लागू गर्ने मागका साथ गरिएको शिक्षक आन्दोलनमा उठाइएका मागहरुको सम्बोधन नहुँदा आन्दोलनको समयावधि लम्बिँदै गएको र अर्को सूचना जारी नभएसम्म नयाँ अभियानलाई चालु नगरिएको जनाएको छ ।

विद्यालयका प्रअ वस्नेतले भने, ुआज मात्रै धेरै अभिभावक विद्यालयमा आउनुभयो, आफ्ना छोराछोरीलाई भर्ना गर्न तर यता भर्ना अभियान रोकिएकाले फर्किनु भयो ।ु

यसले निजी विद्यालय जान नसक्ने सामान्य परिवारका बालबालिकाहरु नैसिर्गिक अधिकार शिक्षाबाट बञ्चित हुन पुग्ने चिन्ता बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn