Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चितुवासँग आधा घण्टा घम्साघम्सी : चितुवा मर्‍यो, रामबहादुर घाइते


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, बैशाख २५, २०७७

चितुवासँग आधा घण्टा घम्साघम्सी : चितुवा मर्‍यो, रामबहादुर घाइते

सिजादर्पण २५ वैशाख, तनहुँ । वैशाख पूर्णिमाको पूजाका लागि भानु गाउँपालिका–४ तनहुँका रामबहादुर कुमालले कुखुरा किनेर ल्याए । वुधबार राति खोरमा कसैले कुखुरा चोरेको जस्तो लाग्यो उनलाई । हत्तपत्त उठे र लाइट बालेर खोरतिर लागे ।

उनका दाजु भरत पनि उठे र हल्लाखल्ला भयो । कुखुरा चोरेर लैजादै गरेको मान्छे देखेपछि उनीहरु पछि पछि लागे । भरतका छोराहरू टीकाराम, गंगाराम, दीपेन्द्र र रामबहादुरका १३ बर्षका छोरा समीर पनि उठेर बाबुहरुको पछि दौडिए ।

केही पर खोल्सामा पुगेपछि कुखुरा चोरहरु कता भागे पत्तो भएन । ‘कुखुरा चोरेर भागेका मान्छे देखियो तर पत्ता लगाउन सकिएन’ भरतले भने । लगत्तै खोल्सा नजिक पुगेका रामबहादुरका छोरा समीरलाई चितुवाले आक्रमण गर्‍यो । रामबहादुरले छोरा जोगाए । तर, चितुवाले रामबहादुरमाथि नै आक्रमण गर्‍यो ।

रामबहादुरको हात नै चितुवाको मुखभित्र पर्‍यो । भाइलाई चितुवाले लडाएको देखेपछि दाइ भरत चितुवामाथि जाइलागे ।

‘भाइलाई चितुवाले लडाएको देखेँ, मेरो त त्यसपछि दिमाग नै के भयो भयो, झ्याम्पै चितुवामाथि घोडा चढेर न्याकेँ, त्यसपछि छोराहरुलाई ढुंगा ल्याउन भने’ घटना सम्झिदै भरत भन्छन् ।

घटना राति करिब तीन बजेको हो । भरतले चितुवालाई न्याके । छोराहरुले ढुंगा र लाठीले लगातार प्रहार गरे । जसोतसो गरेर चितुवाको मुखबाट रामबहादुरको हात निकाले । ‘चितुवाको मुखमा ढुंगा कोचेर भाइको हात निकालेँ, चितुवाले भाग्न निकै बल गरिरहेको थियो, जोडले अठ्याएर मार्‍यौं’ भरतले अनलाइनखबरसँग भने ।

चितुवा र उनीहरुका बीचमा झण्डै आधा घण्टाभन्दा बढी समय घम्साघम्सी चल्यो । रामबहादुर नेपाली सेनाबाट निवृत्त भएका हुन् । दाजु भरत र उनका छोराहरु कृषि काम नै गर्छन् । घाइते भएका रामबहादुरको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । उनको हातको एउटा औला भाँचिएको दाजु भरतले अनलाइनखबरसँग बताए ।

अन्दाजी १५ किलो तौल र करिब ३ वर्षको पोथी चितुवालाई उनीहरुले मारेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । ‘बाहिरी भाग खुइलिएको चितुवा हेर्दा रोगी जस्तो थियो’ बरालले भने । मृत चितुवा डिभिजन वन कार्यालय दमौली ल्याइएको छ ।

तनहुँको भानु नगरपालिकाको वडा नं। १, २, ३ र ४ बढी चितुवा प्रभावित क्षेत्रमा पर्दछ । यहाँ विगत तीन बर्षदेखि चितुवाको आतंक छ । भानुबाहेक आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिका क्षेत्रमा पनि चितुवाले बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको छ ।

अहिलेसम्म स्थानीयले ७ वटा चितुवालाई खोरमा पारेका छन् । बुधबार राति मारिएको सहित यस क्षेत्रमा चारवटा चितुवा स्थानीयले मारेका छन् । गएको वैशाख ३ गते तनहुँको बन्दीपुर गाउँपालिका ४ स्थित लोहीपाखा सामुदायिक वनमा राखिएको फलामे खोरमा चितुवा मृत अवस्थामा फेला परेको हो ।

खोरमा परेको उक्त चितुवालाई रडले घोचेर मारेको पाइएको छ । वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाका विभिन्न १६ स्थानमा खोर निर्माण गरी पासो थापिएको छ ।

चितुवा र मानवबीचको बढ्दो द्वन्द्व न्यूनिकरणका लागि प्रयास हुँदै आए पनि त्यसले मूर्त रुप पाउन सकेको छैन । जसले गर्दा मानव र वन्यजन्तु दुबैको नोक्सानी भइरहेको छ ।श्रोत अनलाइन खवरवाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn