साहिल देवान,
सिजादर्पण २९ बैशाख बारा। नेपाल प्रेस युनियन बारा शाखाका सदस्य एवंम नेपाल पत्रकार महासंघ बाराका केन्द्रिय पार्षद पवन यादव माथी सांघातीक हमला गर्ने हमलाकारीहरुलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
कलैया उपमहानगरपालिका वडा नं। १ स्थिीत भरत चाौकमा रहेको पत्रिकाको कार्यालयबाट काम सकेर घर फर्कदै गर्दा पत्रकार यादव माथी आईतवार बेलुका ८ बजे वडा नं।२ को हनुमान मन्दिर नजिक हमला भएको थियो ।
सांघातीक आक्रमणमा संलग्न रहेका कलैया उपमहानगरपालिका वडा नं। १ का नारायण सर्राफ र वडा नं। ३ का छोटु भन्ने इरफान मंसुरलाई बारा प्रहरीले पक्राउ गरेको बारा प्रहरीका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए । घटनामा अन्य दुई आक्रमणकारी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक मिश्रले जानकारी दिए ।
पत्रकार यादवमाथी गए राती भएको आक्र्रमणका कारण निघारमा चोट लागेको पिडीत पत्रकार यादवले जानकारी दिए,संग संगै आक्रमणका कारण पत्रकार यादवले वोकेको ल्यापटप,क्यामरा र मोवाईलमा क्षती पुगेको उनले साझेदारीलाई बताए । सांघातीक आक्रमणमा संलग्न रहेका अन्य दुईको खोजी तलास जारी रहेको बारा प्रहरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले बताए ।
