सिजादर्पण २ जेठ म्याग्दी ।। मुलुक अहिले कोरनाको कहर वाट गुज्रिरहेकोछ । देशै भरि सकारले गत चैत्र महिनाको ११ गतेवाट लकडाउन को घोषणा सगै लागु गरेको हो । लकडाउन लागुभयको आज करिव ५० दिन भएको छ ।
आम जनताको दैनिकि निकै कस्टकर वन्दै गयको छ ।आर्थिक रुपमा मुलुक को स्थिाति नाजुक वन्दै गयको अर्थविद हरु को भनाइ छ । नेपालमा तिन तहको सरकार छ जहाँ स्थानिय सरकारले पनि प्रमुख भुमिका निर्वाह गरिरहेको छ ।
गण्डकी प्रदेश को म्याग्दी जिल्लामा रहेको मालिका गाउँ पालिका म्यगदी को ग्रामिण भेकमा पर्ने गाउँपालिका मध्यको एक हो। कोरना भाइरसवाट बाट सवै लाइ सचेत वनाउनकालागि गाउँपालिकाले स्वस्थ्य समन्धि सवैलाइ विभिन्न कार्यक्रम गरि सतर्कता अपनाउन आग्रह गरेको गाउँ पालिका का अध्यक्ष श्रीप्रसाद रोका मगरले वताउनुभएको छ ।
स्वास्थ्य सन्देश गाउँपालिका भरि प्रचार प्रसार गरि सवै लाइ सावुनपानिले हात धुने र घरवाहिर जादा सेनिटाइजर, माक्स, को प्रयोग गर्नेवारे गाउँपालिमा रहेकाका स्वास्थ्य कर्मि हरुले वडामा चेकजाच गरि नागरिकहरु लाइ सचेत गरेको र त्यसका लागि फिवर गन र पिपि जस्ता साधानको प्रयोग गर्ने गरियको छ ।कोहि कसैलाइ इमरजेन्सी विरामि परेमा सदरमुकाम म्याग्दी बजार र पोखरा लेजानका लागि रेकक्रसको एम्वुलेन्सको पनि प्रयोग गरिने भएकोछ ।
विश्वका विकसित मुलुकमा पनि कोरना कहर भएकावेला नेपालमा पनि त्यसको प्रभान पर्ने भएकोले सवैनागरिक हरु सचेत हुने र अरुलाइ पनि सचेत गनुपर्ने सवैको दायित्व भयको ले स्थानिय नागरिक हरु लाइ सामाजिका दुरि कायम गरि गाँउमा खेति पाति गर्ने किषान लाइ अनुरोध गरेका छौ । यस्तो तिव्रगतिमा डढेलोझै संसार भरि फैलियको कोरना भाइरस लाइ सवै मिलेर नियन्त्रण गर्न सवैको दायित्व भएको छ ।
यस्तो समयमा कोरना भाइरस वाट आफु र अरुलाइ वचाउन सवै गम्भिर भययर लाग्नु पर्छ भन्दै अध्यक्ष रोका मगरले सिजादर्पण मार्फत सन्दशेपनि दियका छन ।
