Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सरकारको नपुसकताका कारण नेपालमा भारतको हस्तक्षेप वढेको विद्रोही नेकपाको आरोप


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, जेष्ठ ४, २०७७

सरकारको नपुसकताका कारण नेपालमा भारतको हस्तक्षेप वढेको विद्रोही नेकपाको आरोप

काठमाडौँ । बिद्रोही नेपाल कम्युनिस्ट पार्टीले नेपालली भूमि लिपुलेकमाथि भारतीय हस्तक्षेप नेपाल सरकारकाे नपुसकताका कारण भएकाे बताएकाे छ । नेकपा सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज कञ्चनले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली भूमि मिचेर भारतले बाटो बनाउन खोज्दा, नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरू मिचिँदा पनि संसदवादी सत्ता मूकदर्शक देखिएकाे बताएका छन् । यसले नेपाललाई दिन–प्रतिदिन भारतले नेपाललाई पराधीन बनाउन लागेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली भूमि मिचेर भारतले बाटो बनाउन समेत एक नबोलेको भन्दै ओली सरकारलाई नपुंसकको संज्ञा दिएका छन् । साथै यस्तो दलाल पुँजीवादी सत्ताको अन्त्यका लागि सङ्घर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टीहरूलगायत नेपाली सेना र नेपाल प्रहरीलाई समेत अपिल गरेका छन् ।

नेता कञ्चनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७७ साल वैशाख २५ गते भारतले नेपालको लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडकको उद्घाटन गरेको समाचार प्रकाशनमा आएको छ । भारतीय साम्राज्यवादको यो हर्कत सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरताको एक उत्कर्षका रूपमा आएको छ । त्यसले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको छ । हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी नेपालको भूमि हडप्ने भारतीय साम्राज्यवादी हर्कतको भत्र्सना विरोध गर्दछ ।’

उनले नेपाली भूमिबाट आफ्नो हर्कत पूर्ण रूपले बन्द गरी नेपालको सार्वभौमिकताको सम्मान गर्न भारतीय सरकारसँग माग पनि गरेका छन् । ‘त्यस क्षेत्रबाट भारतीय हर्कत पूर्ण रूपले बन्द गरी नेपालको सार्वभौमिकताको सम्मान गर्न भारतीय सरकारसँग माग गर्दछ । साथै त्यहाँबाट नहटेमा राष्ट्रिय स्वाधीनताको सङ्घर्ष गर्ने चेतावनी दिन चाहन्छौँ । नेपाली भूभागमा भारतले बेरोकटोक बाटो बनाउँदा पनि चुपचाप बस्ने सामाजिक दलाल पुँजीवादी केपी वली सरकारको भारतीय साम्राज्यवादप्रतिको दलाली र लाचारी खुला रूपमा प्रकट भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

‘भारतले नेपालको भूभाग हडप्ने प्रक्रियामा परोक्ष–अपरोक्ष सहभागी नहुन जनवादी गणतन्त्र चीन सरकारलाई समेत नेकपाले अपिल गरेको छ नेपालको सार्वभौमिकतामाथि भारतीय साम्राज्यवादले हमला गरेको मामिलामा संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय निकायहरूलाई ध्यान पुर्याउन पनि नेकपाको आग्रह छ ।‘भारतले नेपालको भूभाग हडप्ने प्रक्रियामा परोक्ष–अपरोक्ष सहभागी नहुन जनवादी गणतन्त्र चीन सरकारलाई हाम्रो पार्टी अपिल गर्दछ । नेपालको सार्वभौमिकतामाथि भारतीय साम्राज्यवादले हमला गरेको मामिलामा संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय निकायहरूलाई ध्यान पुर्याउन पनि हाम्रो पार्टी आग्रह गर्दछ ।’ बिज्ञप्तिमा भनिएको छ ।

कञ्चनले नपुंसक, दलाल पुँजीवादी सत्ताको अन्त्यका लागि सङ्घर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टीहरूलगायत नेपाली सेना र नेपाल प्रहरीमा हार्दिक अपिल गरेका छन् । ‘भारतले बाटो बनाउन खोज्दा, नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरू ठाउँठाउँमा मिचिँदा पनि संसद्वादी सत्ता मूकदर्शक देखिएकाले नेपाललाई दिन–प्रतिदिन पराधीन बनाउन लागेको छ । यस्तो नपुंसक, दलाल पुँजीवादी सत्ताको अन्त्यका लागि सङ्घर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टीहरूलगायत नेपाली सेना र नेपाल प्रहरीमा हार्दिक अपिल गर्दछ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn