सिजादर्पण ७ जेठ, सिञ्जा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले हवाईमार्गमार्फत स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि जुम्ला ल्याएको छ ।हुम्लाका पाँच स्थानबाट ६००, कालीकोटका नौ स्थानबाट ६५३ जनाको र मुगुका दुई स्थानबाट पनि हेलिकोप्टरबाट स्वाब जुम्ला ल्याइएको हो ।
गाडीबाट ल्याइएको थप ५०० जनाको गरी एक हजार ७५३ जनाको स्वाब जुम्ला ल्याइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।जुम्ला ल्याइएको स्वाब भने दर्ता गरेर परीक्षण
गरिने प्रयोगशाला प्रमुख विवेक पुनमगरले बताए ।यसअघि जुम्लाको ८४७ जनाको एकै दिन स्वाब सङ्कलन गरेर परीक्षण गरिएको नतिजा नेगेटिभ आएको छ

स्वाब सङ्कलन गर्न चिकित्सकको टोलीलाई गत वैशाख २८ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले जुम्ला पुगेर निर्देशन दिपछि हेलिकोप्टरमार्फत टोली जिल्ला(जिल्ला खटाइएको थियो ।
प्रतिष्ठानले यसअघि जोखिम जिल्ला बाहिरबाट आएका व्यक्ति, स्वास्थ्यकर्मी र पत्रकारको एक हजार ३१२ जनाको जुम्लामै पिसीआर परीक्षण गरी नतिजा नेगेटिभ आएको छ । त्यसअघि पनि ३२४ जनाको हेलिकोप्टरमार्फत काठमाडौँ स्वाब पठाएर परीक्षण गराइएको थियो ।तर केहि समय पहिले भने साधन नपुगेको भए पनि अहिले भने परिक्षण कार्य सुरुभयको छ ।
