Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चर्का नारा र गुलिया कुरा गर्ने जनप्रतिनिधिको जनता सग सम्पर्क छैन एम्बुलेन्सको साइरन सुन्दै तर्सिन्छन् नरैनापुरवासी


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, जेष्ठ ११, २०७७

चर्का नारा र गुलिया कुरा गर्ने जनप्रतिनिधिको जनता सग सम्पर्क छैन एम्बुलेन्सको साइरन सुन्दै तर्सिन्छन् नरैनापुरवासी

सिजादर्पण जेठ ११, जेठ  बाँके l साइरन बजाउँदै एम्‍बुलेन्स र प्रहरीको गाडी आउनासाथ नरैनापुरवासी त्रसिन्छन्। गाउँपालिकामा फेरि संक्रमित फेला परेको आंकलन गर्छन्। र, गाउँघरमा हल्लीखल्ली मचिन्छ। गाउँघरमा फेरि निराशा छाउँछ।

कालो बादल मडारिएर पृथ्वीलाई अन्धकार बनाए जस्तै नरैनापुर गाउँपालिकालाई कोरोनाले धपक्क ढाकेको छ। नरैनापुरका सर्वसाधारण निराश छन्। गाउँघर निरस छ। कोरोना +। एउटै वडाका ५३ जनामा संक्रमण देखिएपछि गाउँका कोही बाहिर निस्कने आँट गरेका छैनन्।

किसान खेतबारीमा जान सकेका छैनन्। कोरोनाको त्रासले गाउँघरमा भएका पसल बन्द छन्। सहज अवस्था भएका बेला चर्का नारा र गुलिया कुरा गर्ने जनप्रतिनिधिहरु घरभित्र लुकेका छन्। अप्ठेरो परेका बेला अग्रपंतीमा उभिएर जनताको सेवामा तल्लीन हुनुपर्ने समयमा उनीहरु गाउँपालिका, प्रशासन, प्रहरी र स्वास्थ्यकर्मीविरुद्ध सर्वसाधारणलाई भड्काउन आफ्नो समय खर्चिरहेका छन्। ‘यो विषम परिस्थितिमा सबैले सहयोग गर्नुपर्ने थियो, तर कसैले सहयोग गरिरहेका छैनन्।

म एक्लैले के पो गर्न सक्छु र,’ गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बेला–बेला गुनासो गर्छन्।

एम्बुलेन्सको साइरन सुन्दा मनमा चिसो पस्छ चर्को स्वरमा एम्वुलेन्स र प्रहरीको गाडी साइरन बजाउँदै गाउँपालिका भित्रिदा नरैनापुर गाउँपालिका–६, गंगापुरका सोहनलाल यादवको मनमा चिसो पस्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन पनि उनी नियमित रुपमा हेर्छन् र सुन्छन्। पत्रकार सम्मेलन आउने समय आयो भने फेरि उनको मुटुको चाल बढ्न थाल्छ।

कोरोनाका कारण एक युवकको मृत्यु र संक्रमितको संख्या दिन प्रतिदिन थपिदै गएपछि हरेक दिनको दिउँसो चार बज्नै लाग्दादेखि नै उनको मन दुख्न थाल्छ। आज फेरि कति जना थपिने हुन् भन्ने चिन्ताले उनलाई दिनमा चैन र रातमा निद्रा लाग्दैन।

भन्छन्, ‘अन्य गाउँपालिकामा एकजना थपिदा मेरो गाउँपालिकामा १० भन्दा माथि थपिन्छन्, अव फेरि कुन गाउँको कति जना थपिने हुन् भनेर चिन्ता लाग्छ। एम्बुलेन्स र प्रहरीको गाडी देख्नासाथ मन दुख्छ, मुटुले ढ्याङ्ग्रो ठोक्न थाल्छ।’ सोहनलाल यादवलाई मात्र होइन, नरैनापुर गाउँपालिका–५, मटेहियाका मकबुल अहमद मुकेरीलालाई पनि यस्तै हुन्छ। साइरन बजाउँदै एम्बुलेन्स र प्रहरीको गाडी आउँदा शरीर सिरिंग हुन्छ। शरिरमा काँडा फुल्छ। ‘

अब त सुत्केरी बोकेको एम्बुलेन्स आउँदा पनि कोरोना संक्रमितलाई लिन आयो कि भन्ने लाग्छ,’ उनले भने, ‘मन डराएर सुत्दा निद्रा लाग्दैन, खान बस्दा खाना रुच्दैन। शरिरमा केहि हुनासाथ कोरोना संक्रमण भयो कि भन्ने शंका लाग्छ।’ उनको गाउँपालिकामा अहिलेसम्म एक सय १४ जनामा कोरोना संक्रमण भएको छ।

एउटै गाउँका ५३ जनामा कोरोना देखिएपछि गाउँमा त्रास सिर्जना भएको छ। ‘दैनिकजसो कोरोना संक्रमितलाई लिन एम्वुलेन्स आउन थालेपछि पूरै गाउँपालिकामा नैराश्यता छाएको छ। कसैको अनुहार चम्किलो छैन,’ नरैनापुर–२, लक्ष्मणपुरका त्रिभुवन यादवले भने। संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएपछि गाउँपालिकालाई सील गरिएको छ।

अति आवश्यक काम बाहेक घर बाहिर निस्कन प्रतिवन्ध लगाइएको छ। आफ्नो मान्छेलाई कोरोना संक्रमण भए पनि अनुहार हेर्न पाएका छैनन् नरैनापुरबासीले। उनीहरुले आफ्नो मान्छेलाई नेपालगन्ज, कोहलपुर र खजुरा नलैजान दबाब दिन्छन्। संक्रमितलाई लिन गएको एम्वुलेन्स र प्रहरीको गाडीलाई घेरा हालेर प्रतिरोध गरिरहेका छन्।

बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंह भन्छन्, ‘स्थानीयले सहयोग नगर्दा संक्रमितलाई आइसोलेशनमा ल्याउन समस्या भएको छ। संक्रमितलाई आइसोलेशनमा ल्याउने काम हाम्रो होइन, तर यो काम पनि हामीले नै गर्नु पर्दा हैरानी भएको छ।’ गल्दै गयो गाउँपालिका गाउँपालिकामा संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि अध्यक्ष इस्तियाक अहमद शाह पनि हैरान भएका छन्।

उनी दिनरात नभनी कोरोना संक्रमितको व्‍यवस्थापन, उपचार र क्वारेन्टाइन सुधारका लागि प्रयासरत छन्, तर उनले प्रयास गर्दागर्दै पनि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निराश भएका छन्। ‘अनेक प्रयास गर्दा पनि दैनिकजसो कोरोना संक्रमित थपिन छोड्दैनन्। व्‍यवस्थापन गरेर हैरान भइसकेँ। अब त थाकिसकेँ,’ उनले भने। उनले अब गाउँपालिकाको सम्हाल्न नसक्ने भन्दै तत्काल उच्चस्तरीय चिकित्सक र सुरक्षाकर्मीको माग गरेका छन्।

शनिबार जिल्ला प्रशासनलाई पत्र पठाउँदै गाउँपालिकाले केहि ब्यक्तिले संक्रमित र उनीहरुका परिवारलाई उक्साउने र कोरोना भाइरसका बारेमा गलत भ्रम सिर्जना गरी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमितलाई क्वारेन्टाइनबाट भगाउने जस्ता क्रियाकलाप गरेको जानकारी गराएको छ। सहयोग गर्न संघीय सरकारसँग अनुरोध क्वारेन्टाइनबाट समुदायस्तरमा कोरोना संक्रमण फैलिने र स्थिति भयावह हुने सम्भावना देखिएको गाउँपालिकाले औँल्याएको छ।

गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला सुरक्षा समिति र कोरोना भाइरस संक्रमण नियन्त्रण तथा ब्यवस्थापन समितिलाई बोधार्थ पठाएको छ। ‘कोरोना संक्रमण गाउँपालिकाको नियन्त्रण भन्दा बाहिर गइसकेको छ,’ गाउँपालिकाले भनेको छ। बाँकेमा फेला परेका एक सय ४२ संक्रमित छन्। तीमध्ये नरैनापुरका एक सय १४ जना छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn