सिजादर्पण १५ जेठ काठमाण्डौ l नेपाल कम्युनिस्ट पार्टीले जेठ १० गते रुकुम चौरजहारीमा भएको घ’टनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ । सो पाटीका प्रवक्ताले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर घटा’इएको घटनाले वर्तमान राज्य ब्यवस्थाको मूल्य, मान्यता, संविधान र कानुनको समेत खिल्ली उडाएको बताएका छन् ।
विज्ञप्तिमा प्रकाण्डले मान्छेको ज्या’न लिने र वे’पत्ता पार्ने गरी घ’टाइएको घट’नाका योजनाकार, संलग्न ब्यक्ति र घट’नालाई तोडमोड गर्ने संरक्षकहरुको आत’तयी, जंगली सामन्ती फा’सिवादी, श्रमजीवी र दलित समुदाय वि’रोधी तत्वहरुको आफ्नो पार्टीले कडा नि’न्दा र भत्र्सना गर्ने उल्लेख गरेका छन् । विज्ञप्तिमा प्रवक्ताले नेपाल र नेपाली जनताको शिर निउर्याउने र वेइ’ज्जती गर्ने, जातीय भे’दभाव गर्ने अप’राधी र मानवताविरो’धी तत्वहरुको यथासक्य पहिचान गरी कडा भन्दा कडा कार’वाही गर्न र मृ’तक तथा वे’पत्ताका परिवारहरुलाई उचित राहतको ब्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
यस्तै विज्ञप्तिमा नेपाली जनयु’द्धको समयदेखि खडा भएको जनवादी साँस्कृतिक मान्यताका वि’रुद्ध जेहाद छेडेको र विवाहसम्वन्धी ब्यक्तिगत स्वतन्त्रता र मानव अधिकार ह’नन भएको भन्दै उक्त घट’ना कुनै पनि हालतमा सैह्य नहुने कुरा उल्लेख छ । साथै विज्ञप्तिमा चौरजहारी घट’ना दलाल पुँजीपति वर्गको कथित संसदीय ब्यवस्थाभित्र लुकेको सा’मन्ती निरंकुशतावादी, उत्पीडित वर्ग समुदाय एवं जाति विरोधी चरित्र सामन्ती ब्राह्मणवादी संकृतिको सक्कली अनुहार नेपाली जनताको सामु उदांगीएको भन्दै सवै वर्ग, क्षेत्र र समुदायको लागि बैज्ञानिक समाजवादी राज्यव्यवस्था हुनुको विकल्प नरहेको कुरा उल्लेख छ ।
विज्ञप्तिको अन्त्यमा घटनामा संलग्न अपरा’धीलाई क’डा कार’वाही गर्न सन्बन्धित सबैलाई आग्रह गर्दै यदि दोषीलाई उन्मुक्ति दिने कोसीस गरिए उक्त मु’द्दा जनअदालतमा प्रवेश गराउने चेता’वनी दिंदै उक्त कदममा आम जनताको साथ र सहयोग रहने विश्वास गरिएको छ । विज्ञप्तिको पुर्णपाठ…

